Dictionary

All Word

24351 चखन देउद्यौ वि. १. चाखीचाखी हिँड्ने, आसे, ढुकुवा।
24352 चखन देउद्यौ वि. २. लोभी।
24353 चखनी ना. चाख्नका निमित्त लिइने खाने चिज।
24354 चखनो ना. थोरै चाख्ने काम।
24355 चखन्ची ना. १. मानाको आठ भागको एक भाग भरिने भाँडो। वि.
24356 चखन्ची ना. २. चौथाइको आधा परिमाणको (एक चखन्ची चामल, एक चखन्ची तेज इ.)।
24357 चखन्ची वि. १. चाख्ने स्वभाव भएको; चाखेर हिँड्ने।
24358 चखन्ची वि. २. सानो चित्त भएको।
24359 चखली वि. उत्ताउली; चञ्चल स्वभावकी।
24360 चखलो वि. १. भड्किलो; उत्ताउलो।
24361 चखलो वि. २. निर्लज्ज, उच्छृङ्खल।
24362 चखाइ ना. चाख्ने क्रिया वा प्रक्रिया।
24363 चखाइनु क.क्रि. चाख्न लाइनु।
24364 चखाउनु प्रे.क्रि. १. चाख्न लाउनु।
24365 चखाउनु प्रे.क्रि. २. अनुभव गराउनु।
24366 चखुवा वि. १. चाखेर हिँड्ने स्वभावको; चाख्ने बानी भएको।
24367 चखुवा वि. २. खानको लोभी।
24368 चखिलो वि. १. चाख लाग्दो।
24369 चखिलो वि. २. स्वादिलो।
24370 चखेटो ना. राडी, पाखी आदिको सानो टुक्रा।
24371 चखेत्रो ना. बास्नादार फूल फुल्ने, भोगटेका छाँटका ठुलठुला फल फल्ने एक वृक्ष, सोही वृक्षको फल।
24372 चखेल ना. हे. चठेल।
24373 चखेवा ना. नदीका किनारमा रहने, कविहरूले प्रणयवियोगको उपमा दिंदा प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक।
24374 चखेवा हाँस ना. घरपालुवा हाँसभन्दा सानो हुने रातो रङको एक जातको हाँस।
24375 चडेरी ना. हे. चँगेरी।
24376 चङ्ख वि. १. बाठो, चतुरो, चलाख।
24377 चङ्ख वि. २. होसियार बिउँझो, सचेत, सावधान।
24378 चड्खु ना. दुई बेग्लाबेग्लै तुना तानेर खोल्न र बन्द गर्न सकिने पैसा हाल्ने कपडा वा छालाको थैली।
24379 चड्खे ना. चड्ख, बाठो।
24380 चड्खे चरो ना. फिस्टाजस्तो सानो एक जातको चरो।
24381 चङ्गा वि. १. फुर्तिलो, स्वस्थ, स्वच्छ।
24382 चङ्गा वि. २. नीरोगी स्वस्थ तन्दुरुस्त।
24383 चङ्गा वि. ३. सुन्दर, स्वच्छ।
24384 चङ्गा ना. कागज वा कपडाका टुक्रामा हलुङ्गो सिन्काको फ्रेम हाली धागो छोडेर हावामा उडाइने खेलौना; त्यस्तो खेलौना उडाइने साधन वा खेल।
24385 चङ्गी वि. १. फुर्तिलो रमाइलो।
24386 चङ्गी वि. २. विभिन्न रङको रङ्गीको पूरक (जस्तो- रङ्गीचङ्गी )।
24387 चङ्गुल वि. १. पक्षीहरूको पन्जा।
24388 चङ्गुल वि. २. कुनै वस्तु उठाउँदा बन्ने औँलाको त्यस्तो आकार वा स्थिति।
24389 चङ्गुल वि. ३. कसैलाई फसाउन तयार पारिएको जालसाज ; फन्दा, पासो।
24390 चचली पैयाँ ना. घेरो लागेर एक अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल, चकलीपापा।
24391 चचह/चचहै ना. १. पिङ खेल्दा वा रुखका हाँगामा सैसैला खेल्दा भनिने शब्द, त्यसरी भुल्ने काम। वि. बो.
24392 चचह/चचहै ना. २. पिङ वा रुखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द आहै।
24393 चञ्चल वि. १. चकचके, चुलबुले, छुकछुके, चनमते।
24394 चञ्चल वि. २. अधीर, हतपत्ते, सम्भ्रमी; अस्थिर।
24395 चञ्चलता ना. चञ्चल हुनाको भाव वा अवस्था, अस्थिरता, अधीरता; चुलबुल्याइँ।
24396 चञ्चला ना. १. बिजुली।
24397 चञ्चला ना. २. लक्ष्मी, सम्पत्ति।
24398 चञ्चला ना. ३. रगण, जगण, रगण, जगण, रगण र एक लघु हुने एक वार्णिक छन्द।
24399 चञ्चलाश्री ना. धनदौलत, सम्पत्ति।
24400 चञ्चले वि. हे. चन्चले।