Dictionary

All Word

24201 चँदुवा ना. कुनै धार्मिक संस्कार गर्नाका लागि तयार गरिएको यज्ञमण्डप वा जग्गेका माथि चारै सुरमा बाँस आदिका माथिल्ला भागमा धागो वा डोरीद्वारा बाँधी हावामा हल्लिने गरी माझमा टाँगिने झल्लर भएको वा नभएको चौकुने कपडा, देवमण्डप, पूजाकक्ष, राजसिंहासन वा अन्य कुनै विशिष्ट आसन वा मठ-मण्डपमाथि छतजस्तो गरी टाँगिने झल्लरदार कपडा वा सुनचाँदी आदिबाट बनेको झुलजस्तो वितान, वितान।
24202 चँवर ना. हे. चमर।
24203 चइत ना. हे. चैत (महिना)।
24204 चइन ना. हे. चैन।
24205 चउ ना. खास गरी काठमाडौँ उपत्यकामा मालसामान आदि बोक्न प्रयोग गरिने, खर्पनको वरिपरि कुनै घेरा वा बिट नभई खुला रहेको चेप्टो परेको एक साधन।
24206 चउर ना. १. खनजोत नगरी त्यसै रहेको वा छोडिएको दुबो वा ससाना घाँसपात उम्रने, केही रुखबिरुवा वा पोथ्रा बिच-बिचमा र किनारमा भए पनि प्रायः खुला रहने, सार्वजनिक रूपमा प्रयोग गरिने समथरिलो फराक जमिन; गौचर, चौर।
24207 चउर ना. २. कसैको भूस्वामित्व भए पनि खनजोत नगरिएको र खेतीपाती नलगाई त्यसै रहेको वा छाडिएको दुबो र ससाना घाँस उम्रने खुला र समथरिलो जमिन।
24208 चउन्न ना. / वि. हे. चवन्न।
24209 चउन्नी ना. चवन्नी।
24210 चउन्नौं वि. चवन्नौं।
24211 चक ना. सेतो वा फुस्रो, धुलो माटोबाट बन्ने र ब्ल्याकबोर्ड वा कालोपाटीमा लेख्न प्रयोग गरिने दुई इन्चजति लामो डोलो साधन, खमट्टी।
24212 चकचक ना. कुनै काम कुरामा पनि एकाग्र वा केन्द्रित नभई चाहिँदो वा नचाहिंदो गरिहाल्ने र तत्कालै त्यसलाई चटक्कै बिर्सी, छोडी फेरि अर्को हुँदो हुँदो कामकुरा गर्ने तथा सानोठुलो ओइँसमेत गर्ने बालसुलभ छाँटा, चञ्चलता, चपलता; छुकछुक, चुलबुल, छुलबुल (उदा.- यो केटो त कति चकचक गरिरहन्छ हँ ! एक छिन धैर्य गरेर बस्नु भनेको छँदै छैन !)।
24213 चकचकाइ ना. चकचकाउने भाव, क्रिया वा प्रक्रिया।
24214 चकचकाउनु अ.क्रि. चकचक गर्ने हुनु, चकचके हुनु, चञ्चल स्वभावको हुनु।
24215 चकचकी ना. १. चकचक गर्ने काम, चकचक। २ शक्ति वा प्रभुत्वको बोलबाला रोबरवाफ र धाकको अभिवृद्धि, अस्वाभाविक र अवाञ्छित चर्को उन्नति, चहकमहक।
24216 चकचके वि. चकचक गर्ने स्वभाव भएको, चुलबुले, चञ्चल, नमुने, छुकछुके।
24217 चकचक्याइँ ना. चकचक गर्ने स्वभाव वा प्रवृत्ति, चञ्चलता, चपलता; चुलबुलेपन।
24218 चकटी ना. पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा अस्तरभित्र रुवा हाली बिच-बिचमा तगी खोलसमेत हालेर तयार गरिएको सानोसानो लम्पटजस्तो आसनी, गलैँचाको टुक्राजस्तो एक जना बस्ने आसनी, चकला; गद्दी।
24219 चकडी ना. पाङ्ग्राजस्ता साना-साना दुई फिर्ताका माझमा बलियो धागोको एक छेउ बाँधेर धागाको अर्को छेउ औँलामा बाँधी ती फिर्कालाई तलमाथि पारेर तान्दै छोड्दै गरी घुमाइने एक खेलौना, घुर्रा।
24220 चकना ना. साना-साना चक्का वा टुक्राटाक्री, चाना।
24221 चकनाचुर वि. १. टुक्रा टुक्रा हुने गरी फुटेको; शतचूर्ण भएको; धुलोपिठो भएको। ना.
24222 चकनाचुर वि. २. चाना, चकानु।
24223 चकबन्दी ना. भूमिसुधार कार्यक्रमअन्तर्गत रैतीहरूको जग्गाको चकला मिलाउने अभियान, चकलाबन्दी।
24224 चकमक ना. फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा सिलिकायुक्त पत्थर वा दर्शनढुङ्गो, पहिलेपहिले आगो सल्काउनाका लागि प्रयोग गरिने ढुङ्गा वा पत्थरको एक उपकरण।
24225 चकमन्द / चकमन्न वि. कतैबाट कुनै आवाज नआएको, निशब्द, सुनसान, चनखमन्द।
24226 चकला ना. १. रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी।
24227 चकला ना. २. बिचमा अरूको जग्गा नपरेको सानो वा ठुलो भाग त्यस्तो भूखण्ड।
24228 चकला ना. ३. पलेटी कसेर बस्न हुने सानो चारसुरे आसनी।
24229 चकलाबन्दी ना. हे. चकबन्दी।
24230 चकलादार ना. कुनै ठुलो इलाकाको सरकारी प्रतिनिधि भई मालपोत उठाउने पदाधिकारी।
24231 चकली पाँपाँ ना. हे. चचलीपैयाँ।
24232 चकलेट ना. १. कोकोको बियाँ भुटी पिंधेर बनाइएको धुलो, तरल वा लस्सादार पदार्थ।
24233 चकलेट ना. २. त्यसैबाट तयार पारिएको वा लेप लगाइएको चुस्ने गुलियो खानेकुरो।
24234 चकलेटी ना. १. रातो र खैरोको मिश्रणबाट बनेको रङ। वि.
24235 चकलेटी ना. २. त्यस्तो रङको।
24236 चकाचक वि. १. चहकिलो; उज्यालो। क्रि.वि.
24237 चकाचक वि. २. भरपुर मनग्य पुग्दो गरी।
24238 चकानाचकानी ना. सानाठुला धेरै चकनाको समूह।
24239 चकानु ना. चक्काचक्का पारेर काटिएका टुक्रा, चानु, चाना।
24240 चकार्नु अ.क्रि. च' अक्षरबाट उच्चारण हुने मैथुनबोधक शब्द बोल्नु, चकारीका शब्दले गाली गर्नु।
24241 चकार ना. देवनागरी वर्णमालाको छैटौं व्यञ्जनवर्ण; चवर्गको पहिलो अक्षर; 'च' अक्षर।
24242 चकार ना. १. अश्लील गालीका रूपमा प्रयोग हुने शब्द।
24243 चकार ना. २. कसैले चोरेर ल्याएको चिज चोरको हातबाट नै चोर्ने चोर, चोरमाथिको चोर।
24244 चकारी ना. १. चकारको काम चोरी।
24245 चकारी ना. २. मैथुन, सम्भोग।
24246 चकाराइ ना. चकार्ने क्रिया भाव वा प्रक्रिया।
24247 चकारिनु क.क्रि. चकार्ने काम गरिनु।
24248 चकाली ना. हे. चकारी।
24249 चकित वि. १. छक्क परेको, विस्मित; आश्चर्यमा परेको।
24250 चकित वि. २. प्रकम्पित, भयभीत, डराएको।