Dictionary

All Word

24151 ङ‍्या‍काउनु प्रे. क्रि. ङ‍्या‍क्न लाउनु।
24152 ङ‍्या‍चाइ ना. ङ‍्या‍च्ने क्रिया वा प्रक्रिया।
24153 ङ‍्या‍चाइनु क. क्रि. ङ‍्या‍च्न लाइनु।
24154 ङ‍्या‍चाउनु प्रे. क्रि. ङ‍्या‍च्न लाउनु।
24155 ङ‍्या‍उँ क्रि.वि. १. बिरालो कराउँदा शब्द आउने गरी म्याउ। ना.
24156 ङ‍्या‍उँ क्रि.वि. २. बिरालाले कराएको आवाज।
24157 ङ‍्या‍उँ क्रि.वि. ३. बिरालो (बालबोलीमा)।
24158 ङ‍्या‍उरो ना. बिरालाको बच्चो; न्याउरो।
24159 ङ‍्या‍उली ना. हे. न्याउली (चरी, बाजा)।
24160 ङ‍्या‍उलो ना. हे. न्याउलो।
24161 ङ‍्या‍क्नु स.क्रि. १. गर्दनमा समातेर गाड्नु, ङ‍्या‍च्च पार्नु।
24162 ङ‍्या‍क्नु स.क्रि. २. आक्रमण गर्नु, झम्टनु।
24163 ङ‍्या‍क्नु स.क्रि. ३. गाँज्नु; अँठ्याउनु।
24164 ङ‍्या‍क्नु स.क्रि. ४. ग्रस्त पार्नु; सिकिस्त पार्नु।
24165 ङ‍्या‍क्नु स.क्रि. ५. थिचोमिचो गर्नु; दबाउनु।
24166 ङ‍्या‍किनु क. क्रि. ङ‍्या‍क्ने काम गरिनु।
24167 ङ‍्या‍कङ‍्या‍क क्रि.वि. १. गर्धनमा समातेर गाड्ने किसिमले; ङ‍्या‍ँक्ने चालले।
24168 ङ‍्या‍कङ‍्या‍क क्रि.वि. २. कुकुर आदिले पटक-पटक टोक्ने चालले।
24169 ङ‍्या‍क्क क्रि.वि. कुकुरजस्ता हिंस्रक जन्तुले एक्कासि झम्टेर टोक्ने ढङ्गले; घ्याँक्क।
24170 ङ‍्या‍ङ क्रि.वि. कुकुर आदिले टोक्ने किसिमले; ङ‍्या‍क्क।
24171 ङ‍्या‍ङङ‍्या‍ङ क्रि.वि. १. बिच-बिचमा अडिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले। ना.
24172 ङ‍्या‍ङङ‍्या‍ङ क्रि.वि. २. बोल्दाखेरिको नाके स्वर।
24173 ङ‍्या‍डङ‍्या‍ङ डुङडुङ क्रि.वि. नाके स्वर निकालेर अस्पष्टसँग बोल्ने किसिमले।
24174 ङ‍्या‍ङङ‍्या‍डे वि. नाके स्वर निकालेर बोल्ने; ङ‍्या‍ङङ‍्या‍ङ गरी अस्पष्ट बोल्ने।
24175 ङ‍्या‍ङ‍्ङ‍ क्रि.वि. कुकुरले टोक्दा चड्का आवाज "निकाल्ने किसिमले; ङ‍्या‍क्क।
24176 ङ‍्या‍च्नु स.क्रि. गर्दनमा समातेर थिच्नु वा गाड्नु; ङ‍्या‍चङ‍्या‍च पार्नु।
24177 ङ‍्या‍चङ‍्या‍च क्रि.वि. ङ‍्या‍ँक्ने चालले; गर्दनमा समातेर पटक-पटक गाड्ने किसिमले।
24178 ङ‍्या‍चङ‍्या‍चती/ङ‍्या‍चङ‍्या‍ची क्रि.वि. ङ‍्या‍चङ‍्या‍च पार्ने किसिमले।
24179 ङ‍्या‍चाङडुचुङ क्रि.वि. मन नलागी नलागी (खानेकुरो खाने चाल)।
24180 ङ‍्या‍चिनु क. क्रि. घ्याँकिनु।
24181 ङ‍्या‍च्च क्रि.वि. १. गर्दन समातेर थिच्ने चालले; ङ‍्या‍क्ने किसिमले।
24182 ङ‍्या‍च्च क्रि.वि. २. गर्दन नफुकेको वा छोटो र पुडको हुने किसिमले।
24183 ङ‍्या‍च्चे वि. गर्दन छोटो भएको; ङ‍्या‍च्च परेको; ग्याँचे।
24184 ङ‍्या‍प्प क्रि.वि. हे. क्याप्प।
24185 ङ‍्या‍रङ‍्या‍र क्रि.वि. १. कुकुर, बिराला आदिले झगडा गर्दा शब्द निकाल्ने किसिमले। ना.
24186 ङ‍्या‍रङ‍्या‍र क्रि.वि. २. त्यस्तो खालको शब्द।
24187 ङ‍्या‍रङ‍्या‍र ङुरङुर क्रि.वि. हे. ङ‍्या‍र्रङुर्र।
24188 ङ‍्या‍रङ‍्या‍री / ङ‍्या‍रङ‍्या‍र्ती क्रि.वि. अझै ङ‍्या‍रङ‍्या‍र गर्ने किसिमले।
24189 ङ‍्या‍र्र क्रि.वि. चड्कासित वा लस्काएर ङ‍्या‍रङ‍्या‍र गर्ने चालले।
24190 ङ‍्या‍र्रङुर्र क्रि.वि. त्यस्तो शब्द निस्किरहने गरी।
24191 ङ‍्या‍सङ‍्या‍स क्रि.वि. मन दुखाउने गरी।
24192 ङ‍्या‍सङ‍्या‍सङुसङुस क्रि.वि. चित्त नबुझेका कुरामा दुःख प्रकट गर्ने किसिमले।
24193 ङ्वारङ्वार क्रि.वि. लगातार ङ्वार्र गरी।
24194 ङ्वारङ्वारती/ङ्वारङ्वारी क्रि.वि. अझ चड्का ङ्वारङ्वार चालले।
24195 ङ्वार्र क्रि.वि. [अ.मू. ङ्वार् + र] कुकुर, बिराला आदिले रिसमा कम्पित गोल ध्वनिका साथ कराउने गरी।
24196 ङ्वार्रङुर्र क्रि.वि. त्यसरी नै पटकपटक कराउने गरी।
24197 ङ्वासङ्वास क्रि.वि. सामान्य आवाज निकालेर रुने चालले।
24198 ङ्वास्स क्रि.वि. विरक्तिएर अँध्यारो मुख लाई बस्ने किसिमले।
24199 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छैटौं व्यञ्जनवर्ण, तालव्य, वर्त्स्य, स्पर्शसङ्घर्षी, अघोष तथा अल्पप्राण व्यञ्जन वर्ण, चवर्गको पहिलो अक्षर लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, चरीचुच्चे च।
24200 चँगेरी ना. बेत वा बाँसका चोयाबाट बनाइएको फलफूल आदि राखिने डाली, करी वा कँडालीजस्तो एक किसिमको भाँडो चडेरी।