Dictionary

All Word

24051 घ्याँक्नु स.क्रि. ३. गाँज्नु; अँठ्‌याउनु।
24052 घ्याँक्नु स.क्रि. ४. ग्रस्त पार्नु; सिकिस्त पार्नु।
24053 घ्याँक्नु स.क्रि. ५. थिचोमिचो गर्नु; दबाउनु।
24054 घ्याँकिनु क.क्रि. घ्याँक्ने काम गरिनु।
24055 घ्याइँघ्याइँ क्रि.वि. १. धेरै मानिस बोल्दा, पढ्दा वा बाजाहरू बजाउँदा शब्द निस्कने चालले; ग्याइँग्याइँ।
24056 घ्याइँघ्याइँ क्रि.वि. २. कान कराउँदा शब्द आउने गरी।
24057 घ्याइँघ्याइँ क्रि.वि. ३. जाँतो, घट्ट आदि घुम्दा शब्द निस्कने गरी।
24058 घ्याङ ना. लामाहरूको पाठपूजा, जप आदि गर्ने ठाउँ; लामाहरूको गुम्बा वा देवमन्दिर।
24059 घ्याचघ्याच क्रि.वि. घचघच्याए जस्तै गरी हल्लने वा ठक्कर लाग्ने गरी; त्यसो हुँदा शब्द निस्कने किसिमले।
24060 घ्याच्च क्रि.वि. हिँड्दाहिँड्दै वा गुड्दागुड्दै टक्क रोकिने चालले; हिँड्दाहिँड्दै वा लड्दालड्दै खाडलमा परेर अड्ने किसिमले।
24061 घ्याप्रिङ ना. गुरुङहरूको पुरोहित।
24062 घ्याब्रुक ना. शेर्पा लामाहरूमा प्रचलित भ्यालीसमूहको सबभन्दा ठुलो बाजा।
24063 घ्याम्पी ना. १. सानो घ्याम्पो। वि.
24064 घ्याम्पी ना. २. घ्याम्पोजस्तो पेट भएकी; ठुलो पेट भएकी (स्त्री)।
24065 घ्याम्पे वि. १. १ घ्याम्पाजस्तो पेट भएको; भुँडीवाल।
24066 घ्याम्पे वि. २. ठुलो; बडेमाको।
24067 घ्याम्पे ऐँसेलु ना. ठुलाठुला टोप्रा हुने एक जातको ऐँसेलु।
24068 घ्याम्पे केरा ना. विशेष मोटो र थुम्क्याइलो बोट हुने एक जातको केरा।
24069 घ्याम्पे डाँडो ना. घ्याम्पाजस्तो आकार भएको डाँडो।
24070 घ्याम्पे भुँडी ना. घ्याम्पा जस्तै फुकेको भुँडी; गर्भ बोकेको ठुलो भुँडी।
24071 घ्याम्पो ना. १. अन्न राख्ने वा बिहा आदि कार्यमा पानी भरेर राख्ने माटो, पित्तल, तामा आदिको ठुलो गाग्रो; बिर्को लगाउन हुने धातुको ठुलो भाँडो।
24072 घ्याम्पो ना. २. धेरै जाँड खाने मान्छे।
24073 घ्यारघ्यार क्रि.वि. १. घाँटीमा कफ जमेको अवस्थामा सास फेर्दा शब्द आउने चालमा।
24074 घ्यार्र क्रि.वि. १. गह्रौं वस्तु घिसार्दा शब्द आउने ढङ्गले।
24075 घ्यार्र क्रि.वि. २. इन्जिनहरू चल्दा शब्द निस्कने किसिमले।
24076 घ्यू ना. हे. घिउ।
24077 घ्राण ना. १. सुँघ्ने इन्द्रिय; नाक।
24078 घ्राण ना. २. सुँघ्ने शक्ति।
24079 घ्राण ना. ३. बास्ना; सुगन्ध।
24080 घ्राणेन्द्रिय ना. सुँघ्ने वा सुँघेर वस्तुको गुण थाहा पाउने इन्द्रिय; नाक।
24081 घ्रातव्य वि. बास्ना लिन योग्य; सुँघ्न लायक।
24082 घ्वाँक वि. ठुलो; बडेमाको; अजङको।
24083 घ्वाँकघ्वाँक क्रि.वि. १. मोटर आदि सवारीको हर्न बजेजस्तो गरी आवाज आउने ढङ्गले।
24084 घ्वाँकघ्वाँक क्रि.वि. २. बाँदर, बाघ आदि कराउँदा शब्द आउने गरी।
24085 घ्वाँके वि. जखमले, जख्खु, ठुलो आकारको।
24086 घ्वाइँ ना. १. खेलमा तोकेका ठाउँमा मार्न वा पुर्याउन प्रयोग गरिएका वस्तुमा सबभन्दा ठुलो वस्तु।
24087 घ्वाइँ ना. २. तामाको पुरानो बाक्लो पाँचपैसे ढ्याक। वि.
24088 घ्वाइँ ना. ३. ठुलो; ढब्बू।
24089 घ्वाइँकासा ना. घ्वाइँ फ्याँकेर खेलिने एक प्रकारको खेल।
24090 घ्वाइँघ्वाइँ क्रि.वि. जाँतो, घट्ट आदि घुमाउँदा शब्द आउने चालमा।
24091 घ्वाइँय क्रि.वि. जाँतो, घट्ट आदि घुमाउँदा र यन्त्रका चक्का घुम्दा एकै झोक्कामा शब्द निस्कने गरी।
24092 घ्वाङघ्वाङ क्रि.वि. १. वर्षायाममा बढेको खोलो बग्दा आवाज निस्कने किसिमले।
24093 घ्वाङघ्वाङ क्रि.वि. २. ठुलो स्वरले कुकुर भुक्ता शब्द आउने गरी।
24094 घ्वाच्च क्रि.वि. १. सबै वस्तु एकै ठाउँमा पर्ने वा जाकिने ढङ्गमा; घ्वाप्प।
24095 घ्वाच्च क्रि.वि. २. ठुलो सुइराले शरीरको मासु आदि कमलो ठाउँमा घोच्ने किसिमले।
24096 घ्वातघ्वात क्रि.वि. बाक्लो वा लेदो पदार्थ एकैचोटि खन्याउने गरी।
24097 घ्वातघ्वाती क्रि.वि. घ्वातघ्वात पार्ने किसिमले।
24098 घ्वात्त क्रि.वि. बाक्लो लेदो पदार्थ एकैचोटि खस्ने वा खसाउने गरी; खन्याउने किसिमले।
24099 घ्वाप्प क्रि.वि. १. सियो आदि तिखो वस्तुले कमलो वस्तु वा ठाउँमा एकैपल्ट घोच्ने गरी।
24100 घ्वाप्प क्रि.वि. २. भाँडाबर्तन घोप्टिने गरी; भाँडाको वस्तु एकैचोटि पोखिने किसिमले।