Dictionary

All Word

23901 घोटाइनु क.क्रि. घोट्न लाइनु; रगेडाइनु।
23902 घोटाउ ना. घोट्ने काम।
23903 घोटाउनु प्रे. क्रि. १. घोट्न लाउनु; रगेडाउनु।
23904 घोटाउनु प्रे. क्रि. २. मिहिनेतसाथ घोकाउनु।
23905 घोटाघोट ना. १. परस्परमा एकले अर्कालाई घोट्ने काम।
23906 घोटाघोट ना. २. कसाकस।
23907 घोटाहा वि. घोट्ने खालको; घोट्ने।
23908 घोटिनु क.क्रि. घोट्ने काम गरिनु; रगडिनु।
23909 घोटिलो वि. घोटिएजस्तो; घोटिएको।
23910 घोटी १ ना. हाडे बयर।
23911 घोटी २ ना. दुधे नानीहरूलाई खुवाउने एक प्रकारको औषधी।
23912 घोटुवा वि. घोटिएको; घोटिने।
23913 घोट्टा ना. १. भाङको पात भिजाएर मरिच मिसाई बेसरी पिँधेर वा घोटेर तयार पारीकन गोला वा गोलीका रूपमा खाइने मादक पदार्थ अथवा त्यसरी तयार पारिएको भाङको लेदोमा बदाम, किसमिस, सुकुमेल आदि पौष्टिक पदार्थ तथा दुध र चिनी हालेर सर्वतका रूपमा पान गरिने नसालु पदार्थ।
23914 घोट्टा ना. २. कामको रगडाइ; घोटाइ।
23915 घोट्टा ना. ३. बारम्बारको रफत वा अभ्यास; मिहिनेत।
23916 घोडकरैत ना. घोडाजस्तो परेको करैँत; एक अत्यन्त बिखालु सर्प।
23917 घोडगदाहा ना. मधेसका जङ्गलमा पाइने घोडाकै बान्कीको र घोडा जस्तै दगुर्ने गधा।
23918 घोडचढी वि. १. घोडा चढ्ने; घोडा चढेर सवार हुने; घोडसवार। ना.
23919 घोडचढी वि. २. त्यस्तो व्यक्ति।
23920 घोडचढी रिसल्ली ना. विदेशमा रहने वा विदेशबाट आएका राजदूतहरूले प्रमाणपत्र पेस गर्न जाँदा घोडा चढेर अगाडि पछाडि लाग्ने घोडचढी सिपाही; रिसल्ला।
23921 घोडचढी सबार ना. घोडचढी रिसल्ला।
23922 घोडताप्रे ना. तिच्छरो स्वादका पात हुने, घोडाका टापका आकारका राता फूल फुल्ने, आँख्ला - आँख्लाबाट जरा निस्कने, आयुर्वेदमा स्मृति र मेधा बढाउने मानिएको एक प्रकारको लहरे भुइँझार, माण्डूक- ब्राह्मी।
23923 घोडदौड ना. १. बाजी राखेर वा बाजी जित्न घोडा दौडाउने खेल।
23924 घोडदौड ना. २. घोडेजात्रामा काठमाडौँको टुँडिखेलमा दौडाइने र देखाइने घोडाको प्रसिद्ध दौड।
23925 घोडसवार ना. घोडचढी।
23926 घोडा ना. घोडो।
23927 घोडाखरी ना. सुक्खा ठाउँमा उम्रने, आँपका जत्रा ससाना नरम पात हुने, मकैका ढोडको जस्तो गुदी हुने, हातले पात चलाउँदा सेतोसेतो हुने एक प्रकारको ससानो बोट।
23928 घोडागाडी ना. घोडाले तान्ने गाडी; बग्गी; एक्का; टमटम।
23929 घोडेजात्रा ना. १. चैतको कृष्णपक्षको चतुर्दशीका दिन काठमाडौँको टुँडिखेलमा सार्वजनिक प्रदर्शनका उद्देश्यले देखाइने घोडदौडको प्रसिद्ध जात्रा।
23930 घोडेटो ना. घोडा चढेर हिँड्न सकिनेसम्मको बाटो; चौपाया जनावर आदिमा मालसामान लदाएर आवतजावत गर्न हुने खालको बाटो।
23931 घोडे दुबो ना. कुशका जस्ता फूल फुल्ने साह्रो र ठुलो एक जातको दुबो।
23932 घोडे बन्सो ना. लामा लामा पात हुने, टुप्पामा एक प्रकारको फूल फुल्ने र मसिना गेडा पनि लाग्ने बन्सो घाँस।
23933 घोडे लात ना. बालकहरूले लात्ती उचाल्दै हान्दै गरी खेल्ने एक प्रकारको खेल।
23934 घोडे साबुन ना. लुगा धुने डल्लो आकारको एक थरी साबुन।
23935 घोडो ना. १. चार खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामा लामा भुत्ला हुने, सवारीको काममा आउने तथा मालसामान बोकाउन र गाडीमा जोत्नसमेत हुने प्रसिद्ध घरपाला पशु।
23936 घोडो ना. २. बन्दुकको गोली चलाउँदा खिचिने एक पुर्जा।
23937 घोडो ना. ३. बुद्धिचालको खेलमा चालिने एक गोटी। स्त्री. घोडी।
23938 घोत ना. १. किरियापुत्रीहरूलाई भेट्न आउँदा सम्झाउनी र सघाउका निम्ति ल्याइने चामल, चिनी, घिउ, मरिच आदि वस्तु; बिचार।
23939 घोत ना. २. घत; बिचार।
23940 घोत्लिनु अ.क्रि. १. ज्यादै पिर परेका बखतमा मुन्टो निहुराएर बस्नु; झोक्राउनु।
23941 घोत्लिनु अ.क्रि. २. चिन्ताले घोरिनु; सोचाइमा पर्नु।
23942 घोत्ल्याइँ ना. घोत्लिनेपन वा अवस्था; घोत वा विचारका विभिन्न तत्त्वको समीक्षण; विचारमग्नता; सोचधर्मिता।
23943 घोत्ल्याइ ना. घोत्लिने भाव, क्रिया वा प्रक्रिया।
23944 घोत्ल्याइनु क.क्रि. घोत्लिने पारिनु।
23945 घोत्ल्याउनु प्रे. क्रि. घोत्लिन लाउनु।
23946 घोत्ल्याहट ना. घोत्लिने अवस्था वा काम।
23947 घोत्ल्याहा वि. घोत्लिने; घोत्ल्याइँ भएको।
23948 घोप्नु स.क्रि. १. काँढा, सियो आदिले घोच्नु; खोप्नु; रोप्नु।
23949 घोप्नु स.क्रि. २. अरिङ्गाल, बारुलो आदिले खिल्नु; छेड्नु।
23950 घोप ना. १. घोपेको वा घोचेको डोब; डाम; घाउको चोट।