Dictionary

All Word

23751 गौँडा गोस्वारा ना. वर्तमान प्रशासनिक सुधारभन्दा पहिले पहाड र मधेसमा शान्तिसुरक्षा आदिको काम गर्ने मुख्य अड्डा, गौँडा र गोस्वारा।
23752 गौँडे वि. १.गौँडो ढुकेर बस्ने, गौँडामा बस्ने (चोर)।
23753 गौँडे वि. २. गौँडोसम्बन्धी, गौँडोको।
23754 गौँडो ना. १.अन्तबाट जान नसकी त्यसै ठाउँबाट मात्र आवतजावत गर्नुपर्ने ठाउँ।
23755 गौँडो ना. २. घरबाट मूलबाटामा निस्कने सानो गोरेटो।
23756 गौँडो ना. ३. बाघ आदि वन्यजन्तुलाई पासो वा खोर थाप्ने ठाउँ।
23757 गौँत ना. हे. गउँ।
23758 गौँत्याइ ना. गौँत्याउने क्रिया वा प्रक्रिया।
23759 गौँत्याइनु क.क्रि. गौँत्याउन लगाइनु।
23760 गौँत्याउनु स.क्रि. गाईले मुत्नु,गउँत्याउनु।
23761 गौथली ना. १.टाउको, पखेटा र पुच्छर कालो र पेट सेतो हुने, प्रायः बर्खायाममा देखिने धोबीच रोज एक चरो; भीरमा गुँड लाउने भीरगौँथली र घरका दलीन आदिमा गुँड लाउने घरगौँथली नामको चरो।
23762 गौथली ना. २. घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो।
23763 गौथली फूल ना. लहरामा फुल्ने एक जातको फूल।
23764 गौ ना. गाई।
23765 गौगोटी ना. गाईबस्तुका घाँटीमा आउने एक प्रकारको खटिरा।
23766 गौचर / चरन ना. गाईबस्तु चराउनका निम्ति बसाहा वा त्रिशुल राखी छोडिएको बाँझो जमिन, गोचर।
23767 गौड ना. १.भारतको बङ्गाल प्रदेशको प्राचीन नाम।
23768 गौड ना. २. विन्ध्यपर्वतका उत्तरपट्टि बस्ने ब्राह्मण जातिको एक वर्ग।
23769 गौड ना. (कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वत- यी पाँचलाई पञ्चगौड भनिन्छ)।
23770 गौड ना. सोचविचार, चिन्तन मनन, घोत्ल्याइँ, हे. गौर पनि।
23771 गौडा ना. गढी बनाउन योग्य वा गढी बनाइएको ठाउँ (दिव्य.); गौँडा।
23772 गौडी ना. १.काव्यरचना गर्ने तीन रीति (पाञ्चाली, वैदर्भी र गौडी) मध्ये एक।
23773 गौडी ना. २. सखरको रक्सी।
23774 गौण वि. १.कुनै अर्को वस्तु वा कुराको तुलनामा महत्त्व,मान, विशेषता आदि कम भएको, मुख्य नभएको, अप्रधान (गौण उत्पादन, गौण उद्योग इ.)।
23775 गौण वि. २. मुख्य वा मूल अर्थबाट भिन्न लाक्षणिक ( गौण अर्थ, गौण भाव इ.)।
23776 गौण वि. ३ गुण जाहेर गर्ने, गुणबोधक।
23777 गौतम ना. १.इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आफ्नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म पत्थर पारिदिने एक ऋषि न्यायशास्त्रका प्रसिद्ध आचार्य र प्रणेता एक ऋषि।
23778 गौतम ना. २. बौद्ध धर्मका प्रवर्तक बुद्धको एक नाम।
23779 गौतम ना. ३. सप्तर्षिमध्येका एक ऋषि वा तारा।
23780 गौतम ना. ४. गौतम ऋषिको वंशमा जन्मेको व्यक्ति।
23781 गौतम गोत्र ना. गौतम ऋषिको कुल वा वंशको गोत्र, अत्रिगोत्र।
23782 गौतमी ना. १.गौतमकी पत्नी अहल्या।
23783 गौतमी ना. २. महाभारतप्रसिद्ध कृपाचार्यकी स्त्री।
23784 गौतमी ना. ३. गोदावरी नदी।
23785 गौदान ना. कुनै पुण्यकार्य वा प्रायश्चित्त आदिका लागि शास्त्रीय विधिले ब्राह्मणलाई गाई दान गर्ने कर्म, गोदान।
23786 गौधेरक ना. भाले कृष्णसर्प र पोथी गोहोरोबाट पैदा भएको तथा त्यसले टोकेमा मानिस तत्काल मर्छ भन्ने बताइएको,छेपाराको ढबको टाउकोदेखि पुच्छरसम्म सेता र काला ठाडा धर्सा देखिने, गुलाफी रङको ठुटो पुच्छर हुने एक बित्ताजति लामो जन्तु।
23787 गौन ना. प्रायः फरिया वा गुनिउँ लगाउन उपयोग हुने रङ्गीचङ्गी बुट्टा भएको एक जातको कपडा।
23788 गौना ना. द्विरागमन।
23789 गौमुखी ना. हे. गोमुखी।
23790 गौमुखे ना. १.बिहीँका छाँटका पात हुने एक जातको बोट वा त्यसैमा फल्ने चुच्चो घुँगुरिएको र बिचमा खाल्टो परेको फल।
23791 गौमुखे ना. वि. २. गाईको जस्तो मुख भएको।
23792 गौर वि . १.गोरो रङ्को सेतो, गोरो।
23793 गौर वि . २. चम्किलो, उज्ज्वल।
23794 गौर वि . ना. ३. पहेँला रङ।
23795 गौर वि . ४. सेतो रङ ५. केशर।
23796 गौर वि . ६. नफाटेको खुर हुने मृग।
23797 गौर ना. नेपालको नारायणी अञ्चलअन्तर्गत पर्ने रौतहट जिल्लाको सदरमुकाम।
23798 गौर ना. कुनै विषयमा घोरिएर गरिने सोचविचार, त्यसरी गरिने मनन वा चिन्तन।
23799 गौरव ना. १.गुरु अर्थात् महान् हुनाको अवस्था वा भाव; महत्त्व, महिमा, गहकिलोपन, गम्भीरता।
23800 गौरव ना. २ इज्जत, आदर, सम्मान प्रतिष्ठा।