Dictionary

All Word

23801 घृणास्पद वि. घृणा गर्न योग्य; घिन मान्नुपर्ने; निन्दनीय।
23802 घृणित वि. घृणा गर्न लायक; घृणा हुने वा हुन सक्ने; निन्दनीय।
23803 घृत ना. घिउ।
23804 घृतकौशिक ना. कौशिक कुलमा उत्पन्न भएका गोत्रप्रवर्तक एक ऋषि।
23805 घृतकौशिक गोत्र ना. घृतकौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम।
23806 घृष्ट वि. १. घोटिएको वा रगेडिएको।
23807 घृष्ट वि. २. घिसिएको।
23808 घृष्ट वि. ३. घिसारिएको; तानिएको। ना.
23809 घृष्ट वि. ४. ध्वनिविज्ञानअनुसार घर्षणबाट उत्पन्न हुने उष्मीभूत व्यञ्जन।
23810 घेर्नु स.क्रि. कुनै वस्तुलाई चारैतिरबाट मानिस वा अन्य केही चिजले घेरा दिनु; घेरामा पार्नु; छेक्नु।
23811 घेरा ना. कम्पाउन्ड वा पर्खालको बार; चौगिर्दा।
23812 घेराइ ना. घेर्ने क्रिया वा प्रक्रिया।
23813 घेराइनु क.क्रि. घेर्न लाइनु।
23814 घेराउ ना. घेरा दिने काम।
23815 घेराउनु प्रे. क्रि. घेर्न लाउनु।
23816 घेरादार वि. घेरा दिने; घेरा भएको।
23817 घेराव ना. घेर्ने वा घेरा दिने काम; घेराउ।
23818 घेरिनु क.क्रि. घेरा दिइनु; घेर्ने काम गरिनु।
23819 घेरो ना. १. चारैतिरबाट लगाइएको छेको; वरिपरिको बार।
23820 घेरो ना. २. कुँडुलो परेको फेरो।
23821 घेरो ना. ३. वृत्ताकार परिधि।
23822 घेरो ना. ४. रेखो।
23823 घेरोघेरो क्रि.वि. घेरो नछुट्ने गरी; घेरो वा रेखो हुँदै।
23824 घेवर ना. चामलको पिठो वा गहुँको मैदामा घिउ वा नौनी फिटेर घिउमै पकाइने, एक प्रकारको रोटी; घिउरोटी।
23825 घेवा ना. तामाङ जातिले मरेका मानिसका निम्ति गर्ने अन्त्येष्टि क्रिया; सुद्धाइँ।
23826 घेवारे ना. घिउको बेपारी; घिउ बेच्ने व्यक्ति।
23827 घैँटाघैँटी ना. सानाठुला धेरै घैँटाको समूह।
23828 घैँटी ना. सानो घैँटो; सानो खालको माटाको गाग्रो।
23829 घैँटे ना. १. नबढेको; पुड्को; बामपुड्के; डल्ले (व्यक्ति)।
23830 घैँटे ना. २. घैँटो जस्तो; घैँटाका छाँटको। स्त्री. घैँटी।
23831 घैँटो ना. १. माटाको घडा; गोल्फु।
23832 घैँटो ना. २. सानो खालको गाग्रो।
23833 घैँटो ना. ३. मान्छेको मनपेट (प. ने.)।
23834 घैघराना ना. घर र घरसित सम्बन्धित विषय वा कुरा; घरगृहस्थी; घरघराना; घरायस; घरसार।
23835 घैमल ना. १. धेरै धुलोमुलो वा फोहर वस्तु; कसिङ्गर; घुरान।
23836 घैमल ना. २. काम नलाग्ने; बेकम्मा; रद्दी।
23837 घैया ना. १. पानी नलाग्ने पाखाबारीमा रोपिने एक किसिमको धान। वि.
23838 घैया ना. २. अघि पाक्ने; अघैया।
23839 घैयामकै ना. घैयाबारीमा पातलोपातलो गरी छरिएको मकै।
23840 घैला ना. १. माटाको घडा; गाग्रो।
23841 घैला ना. २. हाँडी।
23842 घैलाघैली ना. सानाठुला घैलाहरू।
23843 घैली ना. सानो घैलो।
23844 घैले वि. ठुलठुला कल्चौँडा वा फाँचा हुने; घैलाजस्ता फाँचा हुने (गाईबस्तु)।
23845 घोक्नु स.क्रि. कुनै पुस्तकका विषय, पाठ आदि मुखले बारबार भन्नु वा आवृत्ति गर्नु; त्यसरी रट्नु वा रफत गर्नु।
23846 घोकना ना. घोक्ने काम वा प्रक्रिया।
23847 घोकन्ता वि. घोकन्ते; घोकुवा।
23848 घोकन्ताम् वि. नबुझी घोक्ने।
23849 घोकन्ती वि. घोकिएको; रफत गरिएको। (उदा.- घोकन्ती विद्या धावन्ती खेती। उखान )।
23850 घोकन्ते वि. घोकेर पढ्ने; घोकेरै कण्ठ गर्ने।