Dictionary

All Word

23951 घोप ना. २. पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ।
23952 घोपाइ ना. घोप्ने क्रिया वा प्रक्रिया।
23953 घोपाइनु क.क्रि. घोप्न लाइनु।
23954 घोपाउनु प्रे. क्रि. घोप्न लाउनु; घोचाउनु।
23955 घोपाहा वि. घोप्ने खालको।
23956 घोपिनु क.क्रि. घोप्ने काम गरिनु।
23957 घोपिलो वि. घोप्ने खालको।
23958 घोपुवा वि. घोप्ने; घोप्ने काम गर्ने।
23959 घोप्टिनु अ.क्रि. १. जमिनतिर मुख फर्काएर पस्रनु; घोप्टनु।
23960 घोप्टिनु अ.क्रि. २. उभिन्डो पर्नु; उभिन्डिनु।
23961 घोप्टे ना. १. भर्याङको मुखमा घोप्टो पारेर लगाइने वा भऱ्याङको सिरान थुन्ने खापा। वि.
23962 घोप्टे ना. २. घोप्टो परेको; उभिन्डिएको।
23963 घोप्टे ना. ३. घोप्टो अनुहार भएको।
23964 घोप्टे ना. ४. जति दिए पनि नपुग्ने वा सबै आफैँ खाऊँ भन्ने। स्त्री. घोप्टी।
23965 घोप्टो वि. १. तलतिर मुख पारेर लडेको वा पछारिएको।
23966 घोप्टो वि. २. उभिन्डो परेर रहेको; जमिनतिर मुख फर्केको।
23967 घोप्ट्याइ ना. घोप्ट्याउने क्रिया वा प्रक्रिया।
23968 घोप्ट्याइनु क.क्रि. घोप्टो पारिनु।
23969 घोप्ट्याउनु स.क्रि. घोप्टने पार्नु; उभिन्डो गराउनु; उभिन्ड्याउनु।
23970 घोप्ट्याहट ना. घोप्टिने काम वा अवस्था।
23971 घोप्ट्याहा वि. घोप्ट्याउने खालको; घोप्ट्‌याउने काम गर्ने।
23972 घोर वि. १. देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर (घोर वर्षा, घोर आवाज इ.)।
23973 घोर वि. २. मात्रा, मान आदिका दृष्टिमा पल्लो फाल पुगेको (घोर तपस्या, घोर निद्रा इ.)।
23974 घोर वि. ३. साह्रै नजाती वा गर्न नहुने (घोर पाप, घोर अपराध, घोर अन्याय इ.)।
23975 घोर वि. ४. निकै बाक्लो; घना (घोर जङ्गल )।
23976 घोर वि. ५. साह्रै धेरै; अत्यन्त।
23977 घोर वि. ६. गम्भीर; गहिरो।
23978 घोर घमासान ना. ठुलो लडाइँ; ठुलो मारकाट; भयङ्कर युद्ध।
23979 घोरतर वि. १. ज्यादै डरलाग्दो। ना.
23980 घोरतर वि. २. शिव।
23981 घोरनाके वि. ठुलो नाक भएको घोक्रिएको नाक हुने; ढोडनाके।
23982 घोरमुखा वि. नराम्रो अनुहार भएको; मन नपर्दो अनुहारको; डरलाग्दो अनुहार हुने।
23983 घोरल ना. रातोरातो र कालोकालो वा खैरो रङ भएको, ठुला खालको बाख्राका आकारको, जङ्गलमा बस्ने र घाँस खाने एक जातको मृग।
23984 घोराही ना. पश्चिम नेपालको राप्ती अञ्चलअन्तर्गत भित्री मधेसमा रहेको, दाङदेउखुरी जिल्लाको सदर मुकाम।
23985 घोरिनु अ.क्रि. १. गौर गर्नु; विचार गर्नु; गम्नु।
23986 घोरिनु अ.क्रि. २. घोत्लिनु।
23987 घोरिनु अ.क्रि. ३. सम्झने चेष्टा गर्नु।
23988 घोरी ना. १. रक्तविकारबाट सानासाना खटिरा उछ्रने एक प्रकारको चर्मरोग; छालाबाट छारो उड्ने चर्मरोग। वि.
23989 घोरी ना. २. त्यस्तो रोग लागेको; घोऱ्याहा।
23990 घोऱ्याइँ ना. १. नचाहिँदो चाल; उपध्य्राइँ; फट्याइँ।
23991 घोऱ्याइँ ना. २. घोरिने वा निहुरिएर सोच्ने क्रिया वा अवस्था।
23992 घोऱ्याइ ना. घोरिने क्रिया वा प्रक्रिया।
23993 घोऱ्याइनु क.क्रि. घोरिन लाइनु।
23994 घोऱ्याउनु प्रे. क्रि. घोरिन लाउनु; एकोहोऱ्याउनु।
23995 घोऱ्याहट ना. घोरिने काम।
23996 घोऱ्याहा वि. घोरिने काम गर्ने; एकोहोरो।
23997 घोऱ्याहा १ वि. घोरीको रोग लागेको; घोरी।
23998 घोऱ्याहा २ वि. डोरी वा दाम्लाका तीन पोयामध्ये एक पोयो ठिक ठाउँमा नबसी अर्को पोयामा घोडा चढेको।
23999 घोर्ले वि. १. रातो, कालो र खैरो रङको शरीर तथा निधारमा सेता वा काला र ठाडा दुई धर्सा भएको (खसी, बाखा, आदि)।
24000 घोर्ले वि. २. ढङ्ग नपुऱ्याई सिँगार गर्ने (व्यक्ति)।