Dictionary

All Word

24301 चक्रपाल ना. २. सेनाको एक प्रभागको अधिकारी।
24302 चक्रपाल ना. 3. क्षितिज।
24303 चक्रपूजा ना. एक किसिमको तान्त्रिक पूजा, षट्चक्रलाई सम्झेर गरिने मानसिक पूजा।
24304 चक्रभ्रम वि. १. चक्र झैँ घुम्ने। ना.
24305 चक्रभ्रम वि. २. चर्खा, चक्का।
24306 चक्रमण्डलाकार ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिका वर्ग, अर्द्धचन्द्र आदि मण्डलको आकार।
24307 चक्रमर्द ना. चक्राकारको बिच हुने र पहेँलो फूल फुल्ने एक बुटो; ताप्रे।
24308 चक्रमुद्रा ना. वैष्णवहरूले शरीरमा डाम्न प्रयोग गर्ने चक्राकारको मुद्रा विशेष।
24309 चक्रयान ना. पाङ्ग्रा लागेका गुड्ने गाडी।
24310 चक्रलक्षण ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका संयोग, सङ्कोचन, प्रसरण लक्षण।
24311 चक्रलोक ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका भुवर्लोक, स्वर्लोक, महर्लोक आदि।
24312 चक्रवर्ण ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका पीत, श्वेत, रक्त आदि वर्ण।
24313 चक्रवर्ती ना. सम्राट् संसारका प्रभु समुद्रसम्म फैलिएको राज्यका स्वामी।
24314 चक्रवाक ना. चखेवा।
24315 चक्रवात ना. भुमरी परेजस्तो घुमी घुमी निम्न चापतिर जोडसँग बहने वायु, निम्न चाप वायु, हावाको भुमरी, आँधीबेरी।
24316 चक्रवाती वि. चक्रवातसम्बन्धी निम्न चापीय वायुसम्बन्धी; चक्रवातजस्तो; चक्रवातको प्रभाव हुने (जलवृष्टि, वर्षा )।
24317 चक्रवीज ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका लँ, वँ, रँ आदि।
24318 चक्रवृद्धि वि. १. बारम्बार बढ्दै जाने।
24319 चक्रवृद्धि वि. २. ब्याजमाथि पनि ब्याज लागी बढेको (धन)।
24320 चक्रवृद्धि ब्याज ना. मूलधनबाट आएको ब्याजको पनि ब्याज, ब्याजमाथिको ब्याज।
24321 चक्रव्यूह ना. १. युद्धका समयमा रचिने चक्राकार मोर्चा, बाटुलो आकारको सैन्यदलको मोर्चा।
24322 चक्रव्यूह ना. २. जाल, षड्यन्त्र।
24323 चक्रशक्ति ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान आदिका सिद्धिबुद्धि, सावित्री आदि शक्ति।
24324 चक्रस्थिति ना. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका जननेन्द्रियको निम्न प्रदेशको मेरुकेन्द्र, उर्ध्वप्रदेशको मेरुकेन्द्र, मेरुमध्यस्थ नाभि आदि।
24325 चक्राकार ना. चक्रका दलमा रहने अक्षर।
24326 चक्राङ्क ना. वैष्णवहरूका शरीरमा चक्राङ्कित तप्त धातुद्वारा अङ्कित गरिएको चिह्न।
24327 चक्राङ्कन ना. वैष्णवहरूद्वारा शरीरमा डामेर चक्रको चिह्न बनाइने कार्य।
24328 चक्राङ्कित वि. १. चक्रको चिह्न अङ्कित भएको। ना.
24329 चक्राङ्कित वि. २. एक वैष्णव सम्प्रदाय।
24330 चक्रायुध ना. १. विष्णु।
24331 चक्रायुध ना. २. कृष्ण।
24332 चक्रावतरण ना. ठुलो चक्कर काटेर वायुयान ओलने कार्य वा प्रक्रिया।
24333 चक्री वि. १. चक्र भएको, चक्रयुक्त। ना.
24334 चक्री वि. २. विष्णु।
24335 चक्री वि. ३. चखेवा।
24336 चक्री वि. ४. चक्रवर्ती राजा। ५ षड्यन्त्र रच्ने व्यक्ति, षड्यन्त्रकारी।
24337 चक्री वि. ६. कुमाले। स्त्री. चक्रिणी।
24338 चक्रेटो ना. आधुनिक स्थलसवारीका साधन (साइकल, रिक्सा, मोटर आदि ) चल्ने सडक।
24339 चक्षु ना. १. आँखा, नेत्र, लोचन। २ दृष्टि, दर्शन, हेर्ने शक्ति।
24340 चक्षुगोचर वि. आँखाले देखिने दृष्टिगोचर, आँखाले देख्न भ्याइने।
24341 चक्षुदान ना. १. प्राणप्रतिष्ठा दिने बेलामा मूर्तिका आँखामा भरिने रङ।
24342 चक्षुदान ना. २. औषधोपचारद्वारा आँखाका खराबी, रोग आदिलाई ठिक पार्ने कार्य।
24343 चक्षुदान ना. ३. आफ्नो मृत्युपछि आँखा नदेख्ने अन्य कसैलाई आफ्ना आँखा दिनका निम्ति जीवन छँदै कबुल गरी दिइने आँखा, आँखाको दान।
24344 चक्षुमल ना. चिप्रा; कचेरा।
24345 चक्षुरिन्द्रिय ना. देख्ने इन्द्रिय; आँखा।
24346 चक्षुष्य वि. १. आँखालाई फाइदा गर्ने।
24347 चक्षुष्य वि. २. हेरिरहूँजस्तो राम्रो। ना.
24348 चक्षुष्य वि. ३. गाजल।
24349 चख ना. आश्चर्य; अचम्म ताजुप, विस्मय।
24350 चखन ना. खाने वा स्वाद विचार गर्ने काम।