Dictionary

All Word

23551 गोरखधन्दा ना. १.तारका धेरै मुन्द्रा वा काठका टुक्रा जुक्तिसाथ जोड्ने र छुट्ट्याउने बुद्धि - बलको खेल।
23552 गोरखधन्दा ना. २. गोरखनाथले निर्माण गरेको, मनलाई एकाग्र गराउने त्यस्तो धन्दा वा काम।
23553 गोरखधन्दा ना. ३. धेरै अलमलिनुपर्ने वा छुटकारा नपाइने झमेलाको काम, कोतेधन्दा।
23554 गोरखनाथ ना. प्राचीन समयका एक प्रसिद्ध हठयोगी अवधूत महात्मा, कनफट्टा मत चलाउने नाथसम्प्रदायका एक प्रसिद्ध साधु, चौरासी सिद्धमध्ये एक गोरक्षपा।
23555 गोरखनाथ गुफा ना. नेपालको गोरखा जिल्लामा पर्ने एक प्रसिद्ध गुफा।
23556 गोरखपन्थ ना. सिद्ध एवं महात्मा गोरखनाथले चलाएको सम्प्रदाय वा म।
23557 गोरखपन्थी ना. १.गोरखनाथले चलाएको मतको अनुयायी साधु, कनफट्टा जोगी।
23558 गोरखपन्थी ना. वि. २. गोरखसम्प्रदायको अनुयायी।
23559 गोरखपान ना. १.गोरखमुण्डी झार।
23560 गोरखपान ना. २. सोही झारको पेय रस वा त्यसैलाई पिउने काम।
23561 गोरखमुण्डी ना. हे.गोरखमुन्डी।
23562 गोरखमुन्डी ना. राता केसर, ससाना डल्ला फूल र मसिना पात हुने धातुवर्द्धक तथा सुशोधक आयुर्वेदिक एक झार।
23563 गोरखा ना. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने गण्डकी अञ्चलको एक जिल्ला, गोर्खा।
23564 गोरखा दक्षिण बाहु ना. वि. सं. १९५२ मा स्थापित विभिन्न श्रेणीमा विभक्त नेपालको राष्ट्रिय पदक।
23565 गोरखा दरबार ना. नेपालको गोरखा जिल्लामा रहेको गोरखा राज्य खडा भएपछि गोरखाका राजाले निर्माण गरेको एक ऐतिहासिक दरबार।
23566 गोरखापत्र सं. १९५८ मा साप्ताहिकका रूपमा प्रकाशित हुन थालेको, त्यसपछि हप्तामा दुई पटक र त्यसपछि हप्तामा तीन पटक प्रकाशित हुँदै सं. २०१७ देखि दैनिक हुन पुगेको नेपाल सरकारको मुखपत्र।
23567 गोरखाली वि. १.गोरखामा रहने; गोरखाको।
23568 गोरखाली वि. २. गोरखा जिल्लाका निवासी।
23569 गोरखाली वि. ना ३. विदेशीहरूले वीरताको ख्याल गरी नेपालीहरूलाई भन्ने शब्द।
23570 गोरखेलहुरी ना. हे. गोर्खेलौरी।
23571 गोरम ना. काँचो आँपका चानामा मसला हाली पागमा पकाएको लेदो खाद्य पदार्।
23572 गोरस ना. गाईका दुधबाट बन्ने पदार्थ (दुध, दही, मही, घिउ आदि)।
23573 गोरा ना. १.युरोप, अमेरिका आदिका गोरोवर्णका जाति।
23574 गोरा ना. वि. २. गौर वा गोरो वर्ण भएको।
23575 गोराइ ना. गोरो हुनाको भाव वा अवस्था, गोरोपन।
23576 गोराखिलो वि. धेरै दहीदुध खाएको खाइलाग्दो।
23577 गोरा पल्टन ना. अङ्ग्रेज आदि जातिको पल्टन वा सेना।
23578 गोरिल्ला ना. हे. गुरिल्ला।
23579 गोरु ना. १.गाईको बाछो वा बहरलाई गाईका पछि लागेर दुर्बल होला र खेतीपातीको काम नदेला भनी सुमरेर बलिष्ठ राख्ने काम गरिएको घरपाला पशु, बयल।
23580 गोरु ना. वि. २. अबुझ र सोझो,मूर्ख।
23581 गोरुचुटाइ ना. गोरुलाई चुटेजस्तो चुटाइ साह्रै चर्को पिटाइ।
23582 गोरुजोताइ ना. गोरुलाई जस्तै रातोदिन काममा दल्ने काम काममा दिइने सकस वा घोट्टा।
23583 गोरु तिहार ना. गोवर्धन पूजा र गोरुको पूजा गरिने भाइटीकाको अघिल्लो दिन हलतिहार।
23584 गोरुमुते ना. १.एकप्रकारको झार।
23585 गोरुमुते ना. वि. २. बेकम्मा, रद्दी।
23586 गोरुमुते ना. ३. अबुझ, मूर्ख।
23587 गोरुमुते ना. ४. बाङ्गोटिङ्गो (गोरुमुते अक्षर आदि)।
23588 गोरुमोलाइ ना. नापजोख नगरी कुनै वस्तुको मोटामोटी मूल्य राख्ने काम हचुवा।
23589 गोरुसिङ्गे वि. १.गोरुका सिङजस्तो आकारको ('ञ' अक्षर )।
23590 गोरुसिङ्गे वि. ना. २. पश्चिम तराईमा राजमार्गछेउमा रहेको यस नामको ठाउँ।
23591 गोरे वि. गोरो वर्ण भएको, गोरो छाला हुने।
23592 गोरेटो ना. मानिस वा गाईगोरु आदि पशु ओहोरदोहोर गर्दा टेकिएर बनेको सानो वा झिनो बाटो डोरेटो।
23593 गोरो वि. श्वेतवर्ण भएको, सेतो रङको।
23594 गोरोचन / गोरोचना ना. पहेँलो र सुगन्धी डाँठ हुने तथा घोटेर चन्दन बनाइने एक प्रकारको बुटी।
23595 गोर्खा ना. हे. गोरखा।
23596 गोर्खाली वि. गोर्खाको गोर्खामा रहने वा बस्ने, गोरखाली।
23597 गोर्खेउलो वि. गोर्खा वा गोर्खालीसम्बन्धी; गोर्खालीको।
23598 गोर्खेलौरी ना. काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय, गोरखेलहुरी।
23599 गोल वि. १.बाटुलो, वृत्ताकार, मण्डलाकार।
23600 गोल वि. ना. २. वृत्ताकारको बनोट वा रचना।