Dictionary

All Word

23451 घिरिङ ना. २. कुनै कामको असफलता वा विफलता।
23452 घिरिङ ना. ३. घिर्नी; घिर्रो।
23453 घिरौँलो ना. खस्रा र चोसाचोसा परेका पात, पहेँला फूल र लामालामा फल फल्ने, नङ्ग्रा हुने एक जातको लहरो वा तरकारी खाइने त्यसैको फल; तोरियाँ।
23454 घिकौँलो ना. निगाले उखुका जस्ता पात र डाँठ हुने, नीला फूल फुल्ने, झुप्पा-झुप्पा परेर विभिन्न रङका चिल्ला फल फल्ने एक बोट वा त्यसैको फल।
23455 घिर्नी ना. १. रगडिने, घस्रिने र घोटिने ठाउँमा जडिने धातु वा काठका साना पाङ्ग्रा।
23456 घिर्नी ना. २. डोला डन्डीमा घुम्ने, परिधिमा खाल्डो परेको पाङ्ग्रो; घिर्रो।
23457 घिर्नी पाङ्ग्रो ना. जमिनमुनिको पानी निकाल्ने एक प्रकारको साधन।
23458 घिर्र क्रि.वि. पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने किसिमले।
23459 घिर्र घिर्र क्रि.वि. त्यस्तो शब्द पटकपटक आउने गरी।
23460 घिर्रा ना. कुनै वस्तु गुडाएर लैजानलाई सजिलो पार्न जडिएको पाङ्ग्रो।
23461 घिर्रिनु अ.क्रि. पाङ्ग्रो लागेको वस्तु घिर्र आवाज आउने गरी तानिनु।
23462 घिर्रो ना. घुमाई-घुमाई खेलिने एक प्रकारको बाटुलो आकारको खेलौना वा त्यसैको खेल।
23463 घिर्याइ ना. घिर्याउने काम वा प्रक्रिया।
23464 घिर्याइनु क.क्रि. घिर्र आवाज आउने गरी तानिनु; घिर्याउने काम गरिनु।
23465 घिर्याउनु स.क्रि. घिर्र आवाज आउने गरी तान्नु; घिस्स्याउनु।
23466 घिर्लिङ ना. खोला वा नदीमा वारपार गर्नाका निम्ति टाँगिएका लट्ठामा झुन्डयाइएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखि ठुलोमा मोटर तार्न हुनेसम्मको तानेर वा यन्त्रद्वारा चलाइने साधन वा वाहन एक प्रकारको तुइन।
23467 घिर्लिङ बाटो ना. घिर्लिङ टाँगिने वा घिर्लिङ भएर गइने बाटो; घिर्लिङजस्तो बाटो।
23468 घिवालु वि. धेरै घिउ लाग्ने।
23469 घिसार्नु स.क्रि. कुनै वस्तुलाई नउचाली तान्नु; घिच्च्याउनु; घिस्स्याउनु; घिउनु।
23470 घिसाराइ ना. घिसार्ने क्रिया वा प्रक्रिया।
23471 घिसारिनु क.क्रि. घिसार्ने काम गरिनु।
23472 घिस्रनु अ. क्रि. हे. घस्रनु।
23473 घिस्राइ ना. घिस्रने काम वा प्रक्रिया।
23474 घिस्राइनु क.क्रि. घिस्रिने पारिनु।
23475 घिस्राउनु स.क्रि. घिसार्नु।
23476 घिस्रिनु अ. क्रि. घस्रिनु।
23477 घिस्र्याइ ना. घिस्रिने काम वा प्रक्रिया।
23478 घिस्र्याइनु क.क्रि. घिस्रिने पारिन्।
23479 घिस्र्याउनु प्रे. क्रि. घिस्रिने पार्नु; घिस्रिन लाउनु।
23480 घिस्र्याहट ना. घिस्रिने काम वा अवस्था।
23481 घिस्सा ना. बग्गीमा लाग्ने घोडा सधाउनका लागि बग्गीको सट्टा तान्न लगाइने एक प्रकारको यान।
23482 घिस्सिनु अ. क्रि. १. घिच्चिनु; तानिनु।
23483 घिस्सिनु अ. क्रि. २. अरूको करबलमा परेर जानु।
23484 घिस्सिनु अ. क्रि. ३. घोटिएर थोत्रो हुनु।
23485 घिस्स्याइ ना. घिस्सिने क्रिया वा प्रक्रिया।
23486 घिस्स्याइनु क.क्रि. घिसारिनु; घिच्च्याइनु।
23487 घिस्स्याउनु स.क्रि. १. घिसार्नु; घिच्च्याउनु।
23488 घिस्स्याउनु स.क्रि. २. तान्नु; खिच्नु।
23489 घिस्स्याउनु स.क्रि. ३. उपयोग गरेर थोत्रो पार्नु।
23490 घिस्स्याहट ना. घिस्सिने काम वा अवस्था।
23491 घुँक्क क्रि.वि. नरमाइलोसित वा चित्त दुखाएर आवाज निकाली रुने गरी; मुटुमा भक्कानो पारी वा पर्ने गरी रुने किसिमले।
23492 घुँक्कघुँक्क क्रि.वि. नटुटाई वा एकनाससित घुँक्क गर्ने किसिमले।
23493 घुँगरु ना. हे. घुँगुरा; घुडरु।
23494 घुँगी ना. १. निगाले चितुवा।
23495 घुँगी ना. २. शङ्खजस्तो गुँडमा बस्ने एक जातको किरो
23496 घुँगी ना. ३. त्यसैको शङ्खजस्तो गुँड।
23497 घुँगी ना. ४. अर्काले भनेको नखाने एकोहोरो स्वभावको व्यक्ति।
23498 घुँगुरा ना. १. हल्लाउँदा छमछम आवाज आउने, सानासाना घण्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना, चाँप, घुडुरा।
23499 घुँगुरा ना. २. फलफूलका लहराको नङ्ग्रा।
23500 घुँगुरा ना. 3. कपाल आदिमा पर्ने मुन्द्रा।