Dictionary

All Word

23301 घाटगड्डी ना. जङ्गलबाट काठ काटेर नदीमा बगाई वा अरू कुनै प्रकारले ढुवानी गरी ल्याएर जम्मा गरिने ठाउँ।
23302 घाटा ना. बन्दबेपार गर्दा वा मालसामान खरिदबिक्री गर्दा साउँ वा परलभन्दा घटी हुने आय; हानि; नोक्सानी ; टुट्टा। विप. मुनाफा।
23303 घाटी ना. दुई पहाडका बिचको आवतजावत गर्ने जमिन वा बाटो।
23304 घाटी मार्ग ना. ठुलठुला पहाडका बिचमा नदीको पानी वा प्रवाहले काटेका ठाउँमा बनेको साँघुरो बाटो।
23305 घाटु ना. कुमारी युवतीहरूले मन्त्रसहितको गीत गाएर अङ्गविन्यासका साथ नाचिने पुराना कथामा आधारित गुरुङ-जातिको लोकनृत्य।
23306 घाटे ना. १. घाटमा बस्ने व्यक्ति।
23307 घाटे ना. २. पण्डा; तीर्थपुरोहित।
23308 घाटे ना. 3. मुर्दा पोलेर जीविका चलाउने व्यक्ति। वि.
23309 घाटे ना. ४. घाटसम्बन्धी; घाटको।
23310 घाटे दस्तुर ना. घाटमा मुर्दा पोल्दा तिर्नुपर्ने दस्तुर।
23311 घाटे पाथी ना. घाट लाग्ने खोलाका वरिपरिका गाउँमा माझीले वर्षको एक पटक घरैपिच्छे चन्दास्वरूप उठाउने एक पाथी अन्न।
23312 घाटे भूत ना. मसानघाटमा रहने भनिएको एक प्रकारको भूत।
23313 घाटे वैद्य ना. घाटमा लगिने अवस्थाका र घाटमा लगिएका बिरामीहरूको उपचार तथा तिनका आखिरी अवस्थाको विचार गर्ने, प्राय: घाटकै छेउछाउमा बसेका वैद्य।
23314 घात ना. १. हातहतियारले कसैलाई मार्नेपिट्ने काम; चोट; प्रहार; आघात; हत्या; वध।
23315 घात ना. २. धक्का; ठक्कर।
23316 घात ना. 3. खराबी; अहित।
23317 घात ना. ४. गणितमा कुनै सङ्ख्याले त्यसै सङ्ख्यालाई गुन्ने क्रिया वा त्यसबाट निस्कने गुणनफल।
23318 घात ना. ५. जिउ छाड्ने चाल; हत्तेहलाइ।
23319 घातक वि. १. घात गर्ने; मार हान्ने; प्रहार गर्ने।
23320 घातक वि. २. वध गर्ने; हत्यारो।
23321 घातक वि. ३. बिगार गर्ने; हानिकारक (घातक विचार, घातक दृष्टि, घातक रोग इ.)।
23322 घातकी वि. घातक हत्यारो।
23323 घातन ना. घात गर्ने क्रिया वा भाव; मार्ने काम।
23324 घातप्रतिघात ना. १. परस्परको हानाहान वा मारामार; ठुँगाठुँग।
23325 घातप्रतिघात ना. २. ठक्करका ठक्कर; मुक्काका मुक्का।
23326 घातप्रतिघात ना. ३. यसो गरूँ कि उसो गरूँको अवस्था भई मनमा उठेको सङ्घर्ष; मानसिक द्वन्द्व।
23327 घाताङ्क ना. कुनै सङ्ख्यालाई कुनै सङ्ख्याले गुणा गर्दा निस्किएको सङ्ख्या; गुणनफल।
23328 घाती वि. १. घात वा प्रहार गर्ने; हान्ने।
23329 घाती वि. २. हत्या गर्ने; हत्यारो।
23330 घाती वि. ३. नाश गर्ने; बिगार्ने।
23331 घान ना. १. एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि वस्तुको मात्रा।
23332 घान ना. २. एक पटकमा कुनै काममा लगाइने, पठाइने आदि वस्तु वा मानिसको समूह।
23333 घान ना. ३. कुनै हुलमुलमा परेर भएको पक्राउ वा सजाय।
23334 घान ना. ४. आइपरेको कुनै काम।
23335 घानी ना. कल, कोल आदिको ओखल; घान हाल्ने भाँडो।
23336 घाप्से हाल्नु अ.क्रि. टु युवकयुवतीले एकले अर्कालाई प्रेमले भरिएका कुराले घोचेर भन्नु; मायाले छेडपेच हान्नु।
23337 घाबन्दोबस्त ना. शान्तिसन्धि वा सम्झौताको काम। (उदा.- नेपाल र भोटका बिचमा धेरैपल्ट घाबन्दोबस्त भएको थियो।)
23338 घाम ना. १. सूर्यको तापयुक्त प्रकाश; सूर्यको राप; धूप।
23339 घाम ना. २. सूर्य।
23340 घामकिरी ना. गाइने किरो; भ्यालिन्चा (ड्रयागन फ्लाइ )।
23341 घामछायाँ ना. १. घाम र छायाँ; पहार र ओल।
23342 घामछायाँ ना. २. सुख र दुःख।
23343 घाम झुल्को ना. घामको झुल्को; सूर्योदय।
23344 घामड वि. १. घमन्डी; अभिमानी।
23345 घामड वि. २. हत्तेरो।
23346 घामड वि. ३. असजिलो; अप्ठेरो।
23347 घामड वि. ४. अबुझ; नासमझ।
23348 घामपानी ना. १. घाम लागिरहेका बेलामा परेको पानी; घाम र पानी।
23349 घामपानी ना. २. सुख र दुःख।
23350 घायल वि. घाउचोट लागेको; घाइते।