Dictionary

All Word

23351 घार ना. ठुलो र मोटो काठलाई मित्र खोपेर बनाइएको वा बाकसजस्तो, मौरी बस्ने घर; मौरीको गुँड; मौरीको छातो; पोलो।
23352 घारघारघुरघुर क्रि.वि. १. कुकुर, ब्वाँसा आदि हिंसक पशुहरूले आपसमा झगडा गर्दा कराउने चालमा। ना.
23353 घारघारघुरघुर क्रि.वि. २. त्यस्तो आवाज।
23354 घारघुर क्रि.वि. १. १ मही पार्दा शब्द निस्कने गरी।
23355 घारघुर क्रि.वि. २. नेती ताने झैँ कुनै वस्तु तान्ने चालमा। ना.
23356 घारघुर क्रि.वि. ३. जसोतसो गरी काम गर्ने ढङ्ग।
23357 घारघुर क्रि.वि. ४. पाङ्ग्रा भएका सवारीहरू चल्दा आउने शब्द।
23358 घारघुर क्रि.वि. ५. आपसको झगडा; बाझो; कलह; गडबडी।
23359 घारघुरे वि. १. घारघुर गर्ने। ना.
23360 घारघुरे वि. २. तेजपातका जस्ता पात र फुस्रो डाँठ हुने काँडादार बुटोविशेष।
23361 घारघुरे वि. ३. एक किसिमको बालखेल।
23362 घारी ना. १. झ्याम्म परेको बाक्लो जङ्गल।
23363 घारी ना. २. लेकको फेदी वा बेसीका माझको ससानो वन।
23364 घारी ना. ३. फेदी वा घाँचको जमिन।
23365 घारी ना. ४. बाँस, निगालो, केरा आदिको झाङ।
23366 घारे वि. घारोजस्तो; घारो भएको।
23367 घारेघुरे ना. फल तरकारी खाइने र पात बस्तुलाई स्याउला खुवाइने एक जातको टिमिलो।
23368 घारो ना. १. लामो, डोलो काठ; लाठो।
23369 घारो ना. २. मुर्दा बोक्ने बाँस।
23370 घाल स.क्रि. हाल्नु (प्राचीन नेपालीमा)।
23371 घालघुल क्रि.वि. दुई थरी झोल वस्तु मिलाउनलाई हल्लाउने वा त्यसरी हल्लाउँदा शब्द निस्कने गरी; घोल्ने वा मिसाउने किसिमले; हुँडल्ने ढङ्गमा।
23372 घाल्ल क्रि.वि. पन्यालो वस्तु पोखिँदा वा खन्याउँदा आवाज आउने किसिमले।
23373 घाल्लघाल्ल क्रि.वि. त्यस्तो शब्द पटकपटक आइरहने गरी।
23374 घाहा ना. घा; घाउ।
23375 घिउ ना. दुध, दही मथेर निकालिने सार वस्तु; पगालेको वा खारेको नौनी; घृत; घ्यू।
23376 घिउ कमिलो ना. घिउमा लाग्ने सानो जातको कमिलो।
23377 घिउकुमारी ना. भित्रपट्टि लस्सादार पदार्थ रहने, केत्तुकेका जस्ता पात हुने, बिचका डाँठमा साना र पहेँला फूल फुल्ने, पोलेका ठाउँमा लगाउँदा शीतल गर्ने र विषालु खटिरामा औषधी लगाइने एक प्रकारको बोट।
23378 घिउकेरा ना. मसिना कोसा हुने एक जातको केरा वा त्यसैको बोट।
23379 घिउखट्टे ना. घिउमा भुटेर वा मुछेर खाइने खट्टे।
23380 घिउखानी ना. १. घिउ खाने भनेर साहुले आसामीसित लिने, साउँ र ब्याजबाहेकको धन।
23381 घिउखानी ना. २. रैकर वा बिर्ता जग्गामा लगाइएको रकम वा दस्तुर।
23382 घिउखानी ना. ३. घिउ धेरै हुने ठाउँ।
23383 घिउखोर्सानी ना. पिरो कम हुने मोटो र लामो खालको खोर्सानी।
23384 घिउचिउरा ना. १. घिउमा मिसाएर वा भुटेर खाइने चिउरा।
23385 घिउचिउरा ना. २. दुई ओठ समातेर 'घिउ-चिउरा' भन्दा ओठ जोड्ने केटाकेटीको एक खेल।
23386 घिउबोडी ना. भित्र राता गेडा हुने मोटो र छोटो खालको एक जातको बोडी।
23387 घिउभेडो ना. १. पछिल्ला दुवै सपेटाका भित्रपट्टि बोसै बोसो भरिएर पोको हुने एक जातको भेडो।
23388 घिउमानिस ना. नरम स्वभावको बेस मान्छे।
23389 घिउरङ ना. घिउको जस्तो पहेँलोपहेँलो हल्का रङ।
23390 घिउरोटी ना. घेवर; भर।
23391 घिउसिमी ना. छिप्पिँदा पनि कमलो हुने र बोक्राको भित्री भागमा सेतो-सेतो घिउ जस्तै देखिने एक जातको सिमी।
23392 घिच्नु स.क्रि. १. नराम्रो किसिमले खानु; हसुर्नु।
23393 घिच्नु स.क्रि. २. अर्कालाई मन नपर्ने गरी खानु; अन्याय वा अपमान हुने गरी खानु।
23394 घिचन्ताम् वि. धेरै खान खोज्ने; घिचिरहने।
23395 घिचाइ ना. घिच्ने काम वा प्रक्रिया।
23396 घिचाइनु क.क्रि. घिच्न लाइनु; हसुराइनु।
23397 घिचाउनु प्रे. क्रि. घिच्न लाउनु; मन नपर्ने गरी करबलले खुवाउनु; हसुराउनु।
23398 घिचास वि. १. नराम्रो चालले खाने; घिच्ने।
23399 घिचास वि. २. धेरै खाने; अजीर्ण वा अपच हुने गरी खाने; घिचाहा।
23400 घिचाहा वि. घिच्ने; घिचुवा; घिचास।