Dictionary

All Word

23001 घपना ना. कुनै भाँडोमाथि घोप्टो पारेर छोपिने बिर्को; ढकना।
23002 घपनाघपनी ना. सानो घपना; ढकनी।
23003 घपु ना. १. जुवामा गन्दै नगनी धेरै रुपियाँपैसा थाप्ने काम; घप्पु।
23004 घपु ना. २. थप्ने काम; थप।
23005 घप्प क्रि.वि. एकैपल्ट घोप्ट्याउने वा पोख्ने किसिमले।
23006 घप्पु ना. १. लङ्गुरबुर्जा खेल।
23007 घप्पु ना. २. घपु।
23008 घबडाइ ना. घबडाउने भाव, क्रिया वा प्रक्रिया।
23009 घबडाइनु अ.क्रि. हे. घबराइनु।
23010 घबडाउनु अ.क्रि. है. घबराउनु।
23011 घबडाहट ना. घबराहट।
23012 घबराइ ना. घबराउने क्रिया वा प्रक्रिया।
23013 घबराइनु अ.क्रि. घबराउने होइनु; हडबडाइनु।
23014 घबराउनु अ.क्रि. १. दुःख वा डरबाट मन विचलित हुनु; हडबडाउनु।
23015 घबराउनु अ.क्रि. २. अत्यासमा पर्नु; आत्तिनु।
23016 घबराहट ना. घबराउने स्थिति, क्रिया वा प्रक्रिया।
23017 घमन्ड ना. आफआफ्नो बुद्धि, बल र सामर्थ्यलाई बेसी महत्त्व दिएर अरूलाई हेय ठानिने अहंभावनाको अनुचित तथा उग्र रूप; अभिमान सेखी; तुजुक; अहङ्कार; मैमत्ता।
23018 घमन्डी वि. घमन्ड भएको; घमन्ड गर्ने; तुजुकी; सेखीवाल; अभिमानी।
23019 घमाइलो वि. लामो झरी वा बदली उघ्रिएर घाम लागेको; घाम लागेको; घाम लाग्ने भएको; पहारिलो।
23020 घमाउनु अ.क्रि. घामले बेसरी तात्नु; टट्टाउनु।
23021 घमास ना. वर्षाकालमा हावा नचल्दा हुने गुम्स्याहट; उकुसमुकुस हुने गर्मी।
23022 घमासान ना. ठुलो डरलाग्दो लडाइँ वा झगडा; घम्साघम्सी।
23023 घमौरा ना. गर्मी याममा पसिनाबाट उने साना बिमिरा; गर्मीबाट छालामा आउने मसिना खटिरा।
23024 घम्साघम्सी ना. परस्परको लुछाचुँडी; मारामार; सङ्घर्ष; मुठभेड; ठुलो लडाइँ।
23025 घर ना. १. गारो लगाई छानु हालेर बनाएको मानिस बस्ने ठाउँ; गृह; आलय; भवन; निकेतन; निवासस्थान; आवास।
23026 घर ना. २. खाना; कोठा (थर्की आदिको )।
23027 घर ना. ३. कुण्डलीमा ग्रहको आफ्ना राशिको स्थान।
23028 घर ना. ४. गृहस्थीको व्यवस्था; गृहस्थी।
23029 घर ना. ५. पतिगृह।
23030 घरआँगन ना. १. घर र आँगन; घरको आँगन।
23031 घरआँगन ना. २. धेरै नजिकको ठाउँ; आँखाकै सामुन्नेको ठाउँ।
23032 घरकटेरो ना. मानिस बस्ने घर र गाईबस्तु बाँध्ने वा सरसामान राख्ने कटेरो।
23033 घरकेटो ना. छोरी बिहा गरेर दिनलाई हेरिने केटो वा त्यस्तो केटो र उसका घरको स्थिति।
23034 घरखर्च ना. घर-गृहस्थी चलाउनका निम्ति लाग्ने वा लागेको रुपियाँ, पैसा आदि सम्पत्ति।
23035 घर खानु टु. १. पतिका घरमा पठाइएकी छोरी चेलीले सो घरको कामधन्दा राम्ररी चलाउनु; बुहारीले राम्रोसँग घरको काम गर्नु।
23036 घर खानु टु. २. घरमा आगो लाग्नु; आगाले घर भस्म पार्नु।
23037 घरखायल ना. घर बनाउने ठाउँ; घर बनाएर बस्न पुग्ने जमिन; घरघडेरी।
23038 घरखेत ना. १. घर र खेत; घरजग्गा; घरबास गाँसबास।
23039 घरखेत ना. २. सर्वस्व।
23040 घरखेती ना. घर र खेती; घरखेत।
23041 घरखोप्री ना. केटाकेटीहरूले साना ढुङ्गाको घर बनाई खेल्ने एक खेल वा त्यस्तो खेलौना।
23042 घरगन्ती ना. घरको गन्ती; प्रत्येक घर।
23043 घरगाउँले ना. बिहामा दुलहीपट्टिका गाउँलेहरूलाई भनिने शब्द; दुलहीका दाजुभाइ; इष्टमित्र।
23044 घरगृहस्ठ वि. घरगृहस्थी भएको; घरजम भएको वा घरजम गरेर बसेको; गृहस्थ
23045 घरगृहस्थी ना. १. घरजम।
23046 घरगृहस्थी ना. २. घर र घरका सबै सरसामान।
23047 घरगौँथली ना. घरका दलिनहुँदो माटाको गुँड लगाएर बस्ने एक प्रकारको चरो।
23048 घरघडेरी ना. घर र त्यसले चर्चेको जग्गा जमिन।
23049 घरघर क्रि.वि. गाडी आदि चल्दा शब्द आउने किसिमले; साह्रो र ढुङ्ग्यान जमिनमा गह्रौँ र ठोस बस्तु घिस्सिँदा आवाज आउने गरी।
23050 घरघराइ ना. घरघराउने क्रिया वा प्रक्रिया।