Dictionary

All Word

22951 घनश्याम ना. २. राम।
22952 घनश्याम ना. ३. कृष्ण। वि.
22953 घनश्याम ना. ४. पानी बोक्ने बादलजस्तो कालो।
22954 घनश्रेणी ना. बादलको ताँती; मेघमाला।
22955 घन सेन्टिमिटर ना. १ X १ X १ सेन्टिमिटरको वस्तु वा नाप।
22956 घना वि. १. झ्याम्म परेको; वरपरबाट नजिकिंदै जोडिएको; बाक्लो।
22957 घना वि. २. खाँदिएको; सघन।
22958 घना वि. ३. धेरै; प्रशस्त; छेलोखेलो।
22959 घनाकार ना. लमाइ, चौडाइ तथा मोटाइ ( उचाइ वा गहिराइ ) बराबर भएको आकृति।
22960 घनात्मक वि. १. लम्बाइ, चौडाइ र मोटाइ बराबर हुने। ना.
22961 घनात्मक वि. २. लम्बाइ, चौडाइ र मोटाइका गुणनबाट निस्केको फल।
22962 घनात्मकता ना. घनात्मक हुनाको भाव वा स्थिति।
22963 घनान्धकार ना. घोर अन्धकार; गाढा अँध्यारो; चुक घोप्ट्याएजस्तो अँध्यारो।
22964 घनघसाइ ना. चर्को मिहिनेत; कठोर परिश्रम।
22965 घनिष्ठ वि. १. ज्यादै नजिकको; निकटको।
22966 घनिष्ठ वि. २. खुब घना; बाक्लो।
22967 घनिष्ठता ना. घनिष्ठ हुनाको भाव वा स्थिति; सामीप्य; निकटता।
22968 घनीमाव ना. १. गाढा हुनाको भाव; घनत्व, घनता।
22969 घनीमाव ना. २. एकै ठाउँमा थुप्रो लाग्ने काम; केन्द्रीभूत भाव।
22970 घनीभूत वि. १. घना भएको; साह्रो; जमेको।
22971 घनीभूत वि. २. केन्द्रीभूत।
22972 घनीभूत वि. ३. गाढा; बाक्लो।
22973 घनू वि. हे घना।
22974 घनेरा वि. १. प्रशस्त; मनग्गे; ज्यादा; धेरै। ना.
22975 घनेरा वि. २. थुप्रो; रास।
22976 घनेराबात ना. जसो होला भन्ने ठुलो आँट; हिम्मत; साहस।
22977 घनौटो ना. गोल चलाउने अङ्कुसे परेको हतियार।
22978 घन्कनु अ.क्रि. १. धेरै जनाले एकैसाथ बोल्दा, गर्दा वा लोली मिलाउँदा ठुलो आवाज आउनु; धेरै बाजा एकैचोटि बज्दा ठुलो स्वर निस्कनु।
22979 घन्कनु अ.क्रि. २. रन्को छुट्नु; प्रतिध्वनि निस्कनु।
22980 घन्काइ ना. घन्कने क्रिया वा प्रक्रिया।
22981 घन्काइनु क.क्रि. घन्कने पारिनु।
22982 घन्काउनु प्रे. क्र. घनघन्न आवाज निकाल्नु; घन्कने पार्नु।
22983 घन्किनु अ. क्रि. घन्न आवाज निस्कनु; घन्कनु।
22984 घन्को ना. घन्केको ध्वनि; घन्काइ; रन्को।
22985 घन्क्याइ ना. घन्किने क्रिया वा प्रक्रिया।
22986 घन्काइनु क.क्रि. घन्किने पारिनु।
22987 घन्काउनु प्रे. क्रि. घन्नघन्न आवाज निकाल्नु; घन्कने पार्नु।
22988 घन्किनु अ.क्रि. घन्न आवाज निस्कनु; घन्कनु।
22989 घन्को ना. घन्केको ध्वनि, घन्काइ; रन्को।
22990 घन्क्याइ ना. घन्किने क्रिया वा प्रक्रिया।
22991 घन्क्याइनु क.क्रि. घन्किने पारिनु।
22992 घन्क्याउनु प्रे. क्रि. घन्किने पार्नु; घन्किन लाउनु।
22993 घन्क्याहट ना. घन्कने चाल वा किसिम; घन्क्याइ।
22994 घन्चमन्च ना. धेरै मानिसको ठेलमठेल; घचमच; घचारो; घुइँचो।
22995 घन्ट ना. देवदेवीको पूजाआजा गर्दा हातले हल्लाई बजाइने रालो भएको बाजा; घण्टा।
22996 घन्टाउके वि. हे. घनटाउके।
22997 घन्टे वि. १. १ घण्टजस्तो; घण्टका आकारको। ना.
22998 घन्टे वि. २. सेतो वा रातो रङमा फुल्ने, घण्टजस्तो देखिने, एक प्रकारको फूल।
22999 घन्टेसो ना. १. घाँटीको गिर्खो; गाँड
23000 घन्टेसो ना. २. किलकिले।