Dictionary

All Word

22701 घँस्याइ ना. घँस्याउने काम; घाँस खुवाउने काम वा प्रक्रिया।
22702 घँस्याइनु क.क्रि. घँस्याउने काम गरिनु।
22703 घँस्याउनु स.क्रि. घाँस खुवाउने काम गर्नु; घाँस खुवाउनु।
22704 घँस्यौटो ना. १. घाँसको डाँख्लो, घाँसपातको झिक्राझिक्री। घाँस खुवाएर पालिने पशु।
22705 घकार ना. घ' अक्षर, कवर्गको चौथो वर्ण।
22706 घकालो ना. बारबाट भित्र नछिरोस् भन्नाका निम्ति काठको त्रिकोणाकार जस्तो बनाई सुँगुरका घाँटीमा लगाइने वस्तु एक प्रकारको पेरुङ्गो।
22707 घग्गेरानी ना. वरिपरि केटाकेटीको घेरा लाग्ने र बिचमा बसेका नाइकेले आफ्ना गोडा हुँदै 'यति यति पानी' भन्दा घेरा लागेर बस्नेहरूले क्रमैसँग तलदेखि माथिसम्मका विभिन्न अङ्ग देखाउँदै 'घग्गेरानी' भनेर खेल्ने एक खेल। (यस खेलमा नाइकेले टाउकामा हात पुर्याएपछि अरू सबै भाग्छन्। नाइके तिनीहरूलाई लखेट्छ)।
22708 घङघङ ना. १. भोटे कुकुर वा जङ्गी कुकुरका भुकाइको शब्द।
22709 घङघङ ना. २. घाँटीमा कफ भरिएका अवस्थामा प्रायः बुढो मान्छेले खोक्ताको आवाज।
22710 घङघङ ना. ३. खोलो गडगडाएर कराउँदाको शब्द।
22711 घङारु ना. हे. घँगारु।
22712 घच ना. १. पोखिन, ढोलिन, लोटिन आदि सम्भव हुने अप्ठेरो ठाउँ, धराप।
22713 घच ना. २. थिचाइ, ठेलाइ आदि जनाउने शब्द, घच्चा।
22714 घच ना. ३. कुनै कुराको विचार, जोखना।
22715 घचक्क क्रि.वि. कुनै वस्तु एकाएक रोकिने वा अडिने किसिम; घचक शब्द र वेग आउने गरी। (उदा.- मोटर घचक्क रोकियो )।
22716 घचघच क्रि.वि. भ्यालढोका आदि हल्लाउँदा शब्द निस्कने चालमा।
22717 घचघचिनु अ.क्रि. घचघच हुनु।
22718 घचघच्याइ ना. घचघच्याउने क्रिया वा प्रक्रिया।
22719 घचघच्याइनु क.क्रि. बारबार घचेटिनु।
22720 घचघच्याउनु स.क्रि. १. बारबार हल्लाउनु, फेरिफेरि घचेट्नु वा ठेल्नु।
22721 घचघच्याउनु स.क्रि. २. बिउँझाउनलाई बारबार शरीरमा धक्का दिनु वा हल्लाउनु।
22722 घचघच्याउनु स.क्रि. ३. खोल्नका लागि झ्यालढोका आदि हल्लाउनु।
22723 घचघच्याहट ना. घचघच्याउने किसिम, क्रिया वा स्थिति।
22724 घचमच ना. भिड भई हुने ठेलमठेल घन्चमन्च; घुइँचो।
22725 घचारो ना. अटाई - नअटाई हुने खाँदाखाँद; घुइँचो; घचघच ठेलमठेल।
22726 घचिलो १ वि. घच पर्ने चालको; घचलाग्दो।
22727 घचिलो २ वि. घच्चा लाग्ने; टाँसिएर ठेल्ने; साँघुरो।
22728 घचेट्नु स.क्रि. १. कुनै वस्तु वा व्यक्तिलाई समातेर ठेल्नु; घचघच्याउनु; धकेल्नु; घच्याट्नु।
22729 घचेट्नु स.क्रि. २. बलपूर्वक ठेलेर कतैतिर सार्नु; हटाउनु।
22730 घचेटाइ ना. घचेट्ने क्रिया वा प्रक्रिया।
22731 घचेटाइनु क.क्रि. घचेट्न लाइनु।
22732 घचेटाउनु प्रे. क्रि. घचेट्न लाउनु; ठेलाउनु।
22733 घचेटाघचेट ना. परस्परमा घचेट्ने काम परस्परको घचेटाइ।
22734 घचेटाहट ना. घचेट्ने काम।
22735 घचेटाहा वि. घचेट्ने काम गर्ने; पेलाहा।
22736 घचेटिनु क.क्रि. घचेट्ने काम गरिनु; ठेलिनु।
22737 घचेटो ना. घचेटाइ; ठेलाइ; धक्का।
22738 घच्का ना. अरूलाई पिर पर्ने गरी वा छेडछाड गरेर भनिने कुरा; घोचपेच; घच्चा।
22739 घच्का पच्का ना. बाधा हुने गरी घोचेर वा बिझाएर भन्ने काम घोचपेच; छेडछाड।
22740 घच्को ना. कुनै कुरामा आइपर्ने बिघ्नबाधा; अड्को।
22741 घच्चा ना. १. मर्का पर्ने गरी टाँसिएर ठेल्ने काम; भिड; घचारो।
22742 घच्चा ना. २. धक्का; बाधा।
22743 घच्चाघच्ची ना. १. परस्परको ठेलाठेल।
22744 घच्चाघच्ची ना. २. जुधाजुध; कुस्ताकुस्ती।
22745 घच्च्याइ ना. घच्च्याउने क्रिया वा प्रक्रिया।
22746 घच्च्याइनु क.क्रि. घच्चा दिइनु; धकेलिनु।
22747 घच्च्याउनु स.क्रि. एकले अर्कालाई घच्चा दिनु; धकेल्नु; धक्का दिनु।
22748 घच्च्याहट ना. घच्च्याउने काम वा प्रक्रिया।
22749 घच्याकघच्याक क्रि.वि. झ्याल ढोका आदि लगातार हल्लाउँदा आवाज आउने गरी।
22750 घच्याकघुचुक ना. परस्परको रन्कारन्की; आपसको लडन्त; हातमिसामिस।