Dictionary

All Word

22601 ग्राम्यकर्म ना. १. गाउँलेहरूको काम वा पेसा; गाउँको कामकाज।
22602 ग्राम्यकर्म ना. २. स्त्रीप्रसङ्ग।
22603 ग्राम्यदोष ना. अशिष्ट शब्दको प्रयोग हुँदा पर्ने काव्यको दोष।
22604 ग्राम्यधर्म ना. १. गाउँको र गाउँलेहरूको चालचलन वा धर्म।२. खेती; किसानी।
22605 ग्राम्यपशु ना. मानिसका नजिकमा रहने गाईबस्तु, कुकुर, सुँगुर आदि; घरपाला पशु।
22606 ग्रास ना. १. खाँदाखेरि एक पटकमा मुखमा हालिनेजति भोज्य वस्तु; गाँस; बुजो।
22607 ग्रास ना. २. निल्ने काम।
22608 ग्रास ना. ३. समात्ने वा पक्रने काम; ग्रहण।
22609 ग्रास ना. ४. ग्रस्त अंशको दृष्टिबाट भनिने, चन्द्र वा सूर्यको ग्रहणको स्थिति (खण्डग्रास, खग्रास, सर्वग्रास आदि)।
22610 ग्राह ना. १. गोही; घडियाल।
22611 ग्राह ना. २. पक्रने काम; ग्रहण।
22612 ग्राह ना. ३. सूर्य र चन्द्रमामा लाग्ने ग्रहण।
22613 ग्राह ना. ४. धारणा; ज्ञान; समझ।
22614 ग्राहक वि. १. लिने; समाउने। ना.
22615 ग्राहक वि. २. मूल्य तिरेर कुनै वस्तु किन्ने व्यक्ति; गाहकी।
22616 ग्राही वि. १. लिने वा ग्रहण गर्ने।
22617 ग्राही वि. २. पक्रने; समात्ने।
22618 ग्राही वि. ३. आदरपूर्वक स्वीकार गर्ने ( गुणग्राही, रसग्राही इ.)।
22619 ग्राही वि. ४. दिसा वा मल रोक्ने; गोटा पर्ने; कब्जियत गर्ने (औषधी)।
22620 ग्राह्य वि. १. ग्रहण गर्न लायक; लिन योग्य।
22621 ग्राह्य वि. २. इन्द्रियले देख्न वा सुन्न सकिने; इन्द्रियग्राह्य।
22622 ग्राह्य वि. ३. अनुभव गर्न सकिने; बुझ्न वा जान्न सकिने।
22623 ग्रिक वि. १. युनान देश अथवा त्यहाँका निवासीसँग सम्बन्धित; युनानी। ना.
22624 ग्रिक वि. २. युनान देशका बासिन्दा।
22625 ग्रिक वि. ३. युनान देशको प्राचीन भाषा।
22626 ग्रिज ना. मेसिन आदिलाई घोटिएर खिइनबाट बचाउनका लागि हाल्ने भ्यास्लिनजस्तो लेदो चिल्लो पदार्थ।
22627 ग्रिमाल्दी मानव ना. फ्रान्सको अधिकृत क्षेत्र मानिएको गुफामा १९०१ इ.- मा पाइएको प्राचीन मानव; अरनेक मानवको उपजाति।
22628 ग्रिसेली ना. १. भारोपेली परिवारको केन्तुम्-वर्गभित्र पर्ने एक भाषा। वि.
22629 ग्रिसेली ना. २. ग्रिसको निवासी, ग्रिस देशसँग सम्बन्धित।
22630 ग्रीक वि. हे. ग्रिक।
22631 ग्रीवा ना. टाउको र घडलाई जोड्ने अङ्ग; घाँटी; गर्दन।
22632 ग्रीवी वि. १. लामो र राम्रो घाँटी हुने। ना.
22633 ग्रीवी वि. २. उँट।
22634 ग्रीष्म ना. १. छ ऋतुमध्ये ज्यादै गर्मी हुने दोस्रो ऋतु; जेठ र असार महिना; गर्मी मौसम।
22635 ग्रीष्म ना. २. गर्मी; ताप।
22636 ग्रीष्म ऋतु ना. १. गर्मीको समय।
22637 ग्रीष्म ऋतु ना. २. छ ऋतुमध्ये दोस्रो ऋतु।
22638 ग्रीष्मकाल ना. ग्रीष्म ऋतुको समय; गर्मी याम।
22639 ग्रीष्मकालीन वि. ग्रीष्मकालसित सम्बन्धित; गर्मी यामको; गर्मीको मौसममा भएको।
22640 ग्रीष्मक्रान्ति ना. सूर्य कर्कट रेखामा पुग्ने जून महिनाको एक्काइसौँ दिन; उत्तरी गोलार्द्धमा सबभन्दा लामो दिन।
22641 ग्रीष्मजा ना. नेवारी फूल; नवमल्लिका।
22642 ग्रीष्मावकाश ना. गर्मी प्रदेशमा कर्मचारी, विद्यार्थी आदिलाई नियमानुसार ग्रीष्म ऋतुमा हुने वा दिइने बिदा; गर्मीको बिदा; बर्खे छुट्टी।
22643 ग्रुस बाह्र दर्जनको समुदाय; एक सय चवालीस थान गन्तीको समूह।
22644 ग्रेड ना. स्थायी कर्मचारीले हरेक आर्थिक वर्ष भुक्तान गरेपछि सुरु तलबमाथि मासिक रूपमा पाउने थप रकम; वार्षिक वृद्धि।
22645 ग्रेड रोक्का ना. कर्मचारीले पाउने मासिक वेतनमाथि वर्षैपिच्छे थप निश्चित रकम रोक्का हुने काम।
22646 ग्रेड वृद्धि ना. कर्मचारीले मासिक रूपमा पाउने वेतनमाथि वर्षैपिच्छे वार्षिक वृद्धिमा अतिरिक्त रूपले अरू वर्षको पनि हुने थपवृद्धि।
22647 ग्रेन ना. झन्डै आधा रत्तीको अङ्ग्रेजी तौल।
22648 ग्रेनाइट ना. कडा, टलकदार र हल्का खैरो रङको आग्नेय चट्टान।
22649 ग्रैष्म / ग्रैष्मिक वि . १. ग्रीष्मको; ग्रीष्म ऋतुसम्बन्धी।
22650 ग्रैष्म / ग्रैष्मिक वि . २. ग्रीष्म ऋतुमा रोपिने वा पाक्ने (अन्न)।