Dictionary

All Word

22451 गिडान ना. रुख काटिसकेपछि हाँगाबिँगा छिमलेर ठाउँ-ठाउँमा गिँडी गिँड बनाउने काम।
22452 गिताङ्गे ना. गीत गाउने व्यक्ति; गानबजान गर्ने मानिस; गायक।
22453 गितार ना. सारङ्गीका आकारको सितार जस्तै गरी रेटेर बजाइने छवटा तार लागेको एक बाजा ।
22454 गितारु वि. गायक।
22455 गिद ना. हे. गी।
22456 गिदाउडी / गिदाउडो ना. तन्नेरी गायक; गिताङ्गे युवक; तन्नेरी र खाइलाग्दो गायक नेता (प. ने.)।
22457 गिदी ना. १. टाउकामा खप्परभित्र रहने र चेतनाको सृजक तत्त्व मानिने मासीजस्तो पदार्थ; मथिङ्गल; मगज; मस्तिष्क।
22458 गिदी ना. २. सोचविचार तथा तर्क, निर्णय आदि गर्ने शक्ति; बुद्धि।
22459 गिदेरी ना. केही लाम्चा र नरम पात हुने, गाईबस्तुलाई घाँस खुवाइने, बिछ्यौनामा च्याप्दा उडुस, उपियाँको औषधी हुने बुटो; सेतो, खैरो र कालो तीन किसिमका हुने सेतो गिदेरी, खैरी गिदेरी र कालो गिदेरी नामको बोट।
22460 गिद्ध ना. १. मरेका प्राणीहरूको मासु खाने, धेरै टाढाको सिनो पनि देख्ने, प्रायः गर्मी प्रदेशमा बस्ने मांसाहारी ठुलो पक्षी।
22461 गिद्ध ना. वि. २. मासु खान भनेपछि मरिमेट्ने; मासुको साह्रै लोभी।
22462 गिद्धे वि. १. मासु खान ज्यादै मरिमेट्ने; मासु खानमा असाध्यै लोभी।
22463 गिद्धे वि. २. गिद्ध जस्तो; गिद्धका आकारको।
22464 गिद्धे एकादशी ना. (एकादशी नै भए पनि प्रायः बचेखुचेको मासु खाइने हुनाले) दसैंको टीकाका भोलिपल्टको एकादशी।
22465 गिद्धे पहरो ना. १. गिद्ध बस्ने वा गिद्ध जस्तै देखिने पहरो।
22466 गिद्धे पहरो ना. २. दार्जिलिङ जाने बाटामा पर्ने खर्साङका छेउको प्रसिद्ध पहरो।
22467 गिद्धे प्रेस ना. नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा वि. सं. १९०८- मा सँगसँगै ल्याएको भन्ने विश्वास गरिएको गिद्ध-चिह्नअङ्कित प्रेस वा मुद्रणयन्त्र।
22468 गिद्री ना. घुँडासम्मको भित्री नाप।
22469 गिद्री लम्बाइ ना. पाइन्टको भित्री लम्बाइ वा टाङको लम्बाइ।
22470 गिद्रो ना. १. काँक्रा, फर्सी, घिरौंला, लौका आदि फलफूलको गुदी।
22471 गिद्रो ना. २. बाँस, मालिङ्गो, निगालो आदि वस्तुको भित्री भाग।
22472 गिनिफोर ना. निलो अकासे रङमा कालो रङ मिसिएको र केही सेता टीका देखिने पखेटा भएको एक जातको पाल्तु चरो; लौकाट।
22473 गिनुङ ना. लिच्छविकालीन नेपालमा प्रचलित एक प्रकारको वृत्ति।
22474 गिनेरी ना. सेतो रङको फूल फुल्ने र खयररङका ससाना फल फल्ने, साना-ठुला दुई भेद हुने, सानोका पात लाचा र ठुलोका पात नीमका जस्ता हुने एक वृक्ष।
22475 गिन्ती ना. हे. गन्ती।
22476 गिन्नी ना. सुनको एक प्रकारको सिक्का वा मुद्रा।
22477 गिर्नु स.क्रि. १. तलतिर जानु; झर्नु; खस्नु।
22478 गिर्नु स.क्रि. २. रुख वा भीर, पहराबाट लड्नु; खुरमुरिनु; लोट्नु।
22479 गिर्नु स.क्रि. ३. आर्थिक वा मर्यादाका दृष्टिले खस्कनु; पतन हुनु।
22480 गिर ना. काठको भकुन्डो।
22481 गिर खेल्नु टु. आफू गरेर खान अल्छी गरी अर्काको कमाइमा मोजमज्जा गर्नु।
22482 गिरफ्तार वि. कुनै अपराधको अभियोगमा पक्राउ परेको; अपराधी ठानेर अधिकारीवर्गद्वारा समातिएको।
22483 गिरफ्तारी ना. गिरफ्तार हुनाको अवस्था, क्रिया वा भाव।
22484 गिरमुङ्ग्री/गिरलौरी ना. टेबुल टेनिसभन्दा केही ठुलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल।
22485 गिरह ना. सवा दुई इन्च बराबरको नापो; गजको नाप प्रणाली अनुसार गजको सोह्रौं भाग।
22486 गिरा ना. वाणी; भाषा; बोली।
22487 गिराइ ना. गिर्ने भाव, क्रिया वा प्रक्रिया।
22488 गिराइनु क.क्रि. गिराउने काम गरिनु; खसाइनु।
22489 गिराउनु प्रे. क्रि. गिर्न लाउनु; खसाउनु; लडाउनु।
22490 गिरान ना. १. खस्ने वा पतन हुने काम; गिराइ।
22491 गिरान ना. २.टुट्टा वा घाटा पर्ने काम; हानि; नोक्सानी।
22492 गिरानी ना. १. ठेक्कापट्टा वा व्यापार-व्यवसायसम्बन्धी कारोबारमा सावाँसमेत खतम हुँदै गएको अवस्था; मूल धन घटेर पर्ने घाटा; हानिनोक्सानी टुट्टा।
22493 गिरानी ना. २. गिराइ ।
22494 गिरि ना. १. पृथ्वीको विषम धरातल भएका ठाउँको अग्लो भाग; पहाड; पर्व।
22495 गिरि ना. २. सन्न्यास धारण गर्ने योगीहरूका दश मध्ये एक उपाधि ।
22496 गिरिकर्णिका ना. सेतो रङको फूल फुल्ने अपराजिता।
22497 गिरिजा ना. हिमालय पर्वतकी पुत्री गिरितनया; पार्वती।
22498 गिरिधर / धारी ना. कृष्ण।
22499 गिरिनाथ ना. हिमालय पर्वत; शिव।
22500 गिरिनु अ.क्रि. खसिनु; झरिनु।