Dictionary

All Word

22501 ग्यालन ना. कुनै तरल पदार्थको लगभग एक पाथी बराबरको परिमाण वा नापो।
22502 ग्यालिङ ना. सनईजस्तो तामाको सोझो आकारको हिमाली सेर्पा लामाहरूमा प्रचलित एक प्रकारको बाजा। (लामोछोटो दुवै प्रकारको हुने यो बाजा धार्मिक कार्य तथा पूजाआजामा फुकेर बजाइन्छ)।
22503 ग्याली ना. १. छापाखानामा कम्पोज भएका टाइप सजाउने किस्ती; छापाकिस्ती।
22504 ग्याली ना. २. त्यसरी पाता बाँध्नुभन्दा पहिले छपाइशुद्धि हेर्न निकालिएको मुद्रित अक्षर (प्रुफ )।
22505 ग्याली ऱ्याक ना. छापाका किस्तीहरू राख्ने दराज।
22506 ग्रथित वि. १. बाँधिएको; उनिएको; गाँसिएको।
22507 ग्रथित वि. २. रचना गरिएको; बनाइएको; रचित।
22508 ग्रथित वि. ३. गाढा तुल्याइएको; जमाइएको।
22509 ग्रन्थ ना. १. पुस्तक; किताब।
22510 ग्रन्थ ना. २. पहिले-पहिले पढिसकेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब।
22511 ग्रन्थ ना. ३. साहित्यिक, भाषिक आदि दृष्टिले कुनै महत्त्वपूर्ण ठुलो पुस्तक।४. गाँठो; ग्रन्थि।
22512 ग्रन्थकर्ता ना. ग्रन्थ वा पुस्तक लेख्ने व्यक्ति; ग्रन्थकार।
22513 ग्रन्थकार ना. ग्रन्थकर्ता।
22514 ग्रन्थन ना. १. गाँठो पारेर जोड्ने काम।
22515 ग्रन्थन ना. २. गँसाइ; उन्ने काम।
22516 ग्रन्थन ना. ३. ग्रन्थ वा पुस्तकको रचना गर्ने काम।
22517 ग्रन्थपाल ना. पुस्तकालयको अध्यक्ष; पुस्तकालयाध्यक्ष; लाइब्रेरियन।
22518 ग्रन्थालय ना. ग्रन्थ वा पुस्तकहरू राखिने ठाउँ वा घर; पुस्तकालय।
22519 ग्रन्थावली ना. एउटै ठाउँबाट समयसमयमा प्रकाशित हुने एक प्रकार वा एकै वर्गका पुस्तकहरूको शृङ्खला; ग्रन्थमाला।
22520 ग्रन्थि ना. १. धागो, डोरी आदिमा परेको वा पारिएको गाँठो।
22521 ग्रन्थि ना. २. बन्धन।
22522 ग्रन्थि ना. ३. उखु, बाँस आदिको आँख्लो।
22523 ग्रन्थि ना. ४. दुई अङ्गको जोर्नी।
22524 ग्रन्थि ना. ५. वायु आदिको विकारले गाँठा- गाँठा परेर फुल्ने एक प्रकारको रोग।
22525 ग्रन्थि ना. ६. शरीरभित्र कोषाणुको योगले बनेको प्रत्येक गाँठो।
22526 ग्रन्थिबन्धन ना. १. दुई वा धेरै वस्तुलाई गाँठो पारेर एकसाथ राख्ने काम; गाँठो बाँध्ने काम।
22527 ग्रन्थिबन्धन ना. २. विवाहमा वर-बधूका बिच परस्पर घनिष्ठ सम्बन्ध कायम भएको सूचित गर्न दुवैतर्फका कपडाको छेउ बाँध्ने काम; लगनगाँठो।
22528 ग्रन्थिमूल ना. जरामा गाँठा परेर फल्ने लसुन, प्याज, सलगम आदि तरकारी जातको वनस्पति; कन्दमूल।
22529 ग्रसन ना. १. खाने वा निल्ने काम; भोजन।
22530 ग्रसन ना. २. समाउने काम; पक्राउ।
22531 ग्रसन ना. ३. गाँस; बुजो।
22532 ग्रसन ना. ४. फलित ज्योतिषअनुसार दश प्रकारका ग्रहणमध्ये अभिमानीहरूको पतन वा नाशको फल मानिने खण्डग्रहण।
22533 ग्रसित वि. १. मुखमा हालेर निलिएको; खाइएको।
22534 ग्रसित वि. २. गाँस हालिएको।
22535 ग्रसित वि. ३. समातिएको; पक्रिएको; अँठ्‌याइएको।
22536 ग्रस्त वि. १. समातिएको; पक्रिएको; अँठ्याइएको।
22537 ग्रस्त वि. २. पीडित; दुःखित (ज्वरग्रस्त आदि)।
22538 ग्रस्त वि. ३. खाइएको; निलिएको।
22539 ग्रस्त वि. ४. ग्रसित।
22540 ग्रस्तास्त ना. ग्रहण लाग्दालाग्दै वा पूर्ण मोक्ष नभईकनै सूर्य वा चन्द्रमा अस्त हुने ग्रहण।
22541 ग्रस्तोदय ना. ग्रहण लागेको अवस्थामै सूर्य वा चन्द्रमा उदाएको अवस्था।
22542 ग्रह ना. १. सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्यपरिवारकै आकाशीय पिण्ड (सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु)।
22543 ग्रह ना. २. सूर्यको परिक्रमा गर्ने तारा।
22544 ग्रह ना. ३. लिने वा समात्ने काम; ग्रहण।
22545 ग्रह ना. ४. नौ ग्रहका आधारमा नौ सङ्ख्याको सूचक शब्द।
22546 ग्रह ना. ५. नौ अङ्गुल, नौ मात्रा, प्रादेश, सूत्रद्वार वा शक्ति बराबरको नाप।
22547 ग्रहगति ना. १. मानिसको भाग्यलाई वशमा राख्ने वा प्रभावित गर्ने भनी मानिएका नौ ग्रहको चाल वा गति।
22548 ग्रहगति ना. २. शुभ वा अशुभ भाग्य; दिनदशा।
22549 ग्रहगोचर ना. जन्मकुण्डलीअनुसार ग्रहको शुभाशुभ फल।
22550 ग्रहण ना. १. लिने वा समात्ने काम।