Dictionary

All Word

22301 गान्धर्व वि. गन्धर्वसँग सम्बन्धित; गन्धर्वको।
22302 गान्धर्वक ना. नाचगानका क्रियामा निपुण व्यक्ति; गवैया; उस्ताद ।
22303 गान्धर्व विवाह ना. बाबुआमाको अनुमतिविना नै केटाकेटीको प्रेम बसेर राजीखुसीले गरिने विवाह; प्रेमविवाह; गन्धर्वविवाह।
22304 गान्धर्व वेद ना. सामवेदअन्तर्गत एक उपवेद; वैदिक सङ्गीतशास्त्र।
22305 गान्धार ना. १. सङ्गीतशास्त्रअनुसार सात स्वर (सा, रे, ग, म, प, ध, नि. मध्येको एक स्वर; तीन सय नादलहरी हुने 'ग' स्वर।
22306 गान्धार ना. २. सिन्धुनदीको पश्चिमतटमा स्थित एक प्राचीन देश ; पौराणिक देश ।
22307 गान्धिक ना. गन्धसम्बन्धी द्रव्यको कारोबार गर्ने व्यक्ति; अत्तर, कस्तूरी, केसरी, तेल, कपूरजस्ता सुगन्धी वस्तुहरूको व्यापारी।
22308 गान्धी ना. १. गुजराती वैश्यजातिको एक वर्ग।
22309 गान्धी ना. २. भारतलाई अङ्ग्रेजी उपनिवेशबाट मुक्ति दिलाउन ठुलो त्याग गर्ने, सत्य र अहिंसाका पक्षपाती, भारतीय नेता मोहनदास कर्मचन्द गान्धी; बीसौँ शताब्दीका भारतीय महापुरुष।
22310 गान्धीवाद ना. अहिंसा र सत्याग्रहका आधारमा चलाइने, गान्धीद्वारा प्रतिपादित राजनीतिक सिद्धान्।
22311 गान्धीवादी वि. गान्धीवादमा विश्वास राख्ने; गान्धीवादको अनुयायी।
22312 गाप ना. १. घरको जगमा हालिने बलियो ढुङ्गो; गर्भे ढुङ्गो; जगको ढुङ्गो।
22313 गाप ना. २. बाली भएको चारपाँच दिनमा गाईभैंसीले फ्याँक्ने सेपजस्तो फोहर।
22314 गाप पाक्नु टु. बाली भएका चारपाँच दिनमा गाईभैंसीले सेपजस्तो फोहर निकाल्नु।
22315 गाफिल ना. १. काम गर्दा आइलाग्ने दोष; अबगाल; औजस।
22316 गाफिल ना. २. थाहै नपाईकन गरिने गल्ती; भुलचुक।
22317 गाफिल ना. वि. ३. थाहा-पत्ता नभएको; बेखबर।
22318 गाफिल ना. ४. बुद्धि-सुद्धी हराएको; बेहोस।
22319 गाबो ना. हे. गाभो ।
22320 गाभ्नु स.क्रि. १. एक वस्तुमा अर्को वस्तु खप्टनु; कुनै दुई वस्तुलाई एकै ठाउँ मिलाउनु; जोड्नु।
22321 गाभ्नु स.क्रि. २. गाँस्नु; जोर्नु; गच्छ्याउनु।
22322 गाभ ना. १. गाप; गर्भ; पशुको सेप।
22323 गाभ ना. २. गुप्त छलकपट; छद्म व्यवहार ।
22324 गाभा ना. १. कर्कलो अथवा मानेको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
22325 गाभा ना. २. धान वा कोदो रोप्दा जमिनमुनि घुसारिने बिउको मुठो।
22326 गाभा ना. ३. अर्को रुखमा उम्रने, पात भाँच्दा चिप्लो चोप आउने र साना लाम्चा केराका जस्ता पात हुने, लहरो वा त्यसैको फूल; सुनाखरीको एक जा।
22327 गाभिन / गाभिनी वि. गर्भिणी; दोजिया; बियाउने (गाई,भैंसी आदि)।
22328 गाभिनु अ.क्रि. कुनै वस्तु एक-अर्कासँग जोरिनु; एक अर्कामा खापिनु; मिसिनु; जोल्टिनु; गाँसिनु।
22329 गाभिनु वि. गर्भिणी; गर्भ धारण गरेकी (गाई, भैंसी)।
22330 गाभो ना. १. कर्कलो, माने आदिको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
22331 गाभो ना. २. धान वा कोदो रोप्दा एकपल्टमा जमिनमुनि घुसारिने बिउको मुठो।
22332 गाभो ना. ३. केराका पात जस्तै आकारका साना र छोटा पात हुने, अरू रुखमा टाँसिने एक झार; एक जातको सुनाखरी।
22333 गामगुम ना. १. प्रकाशमा नआईकन भित्रभित्रै चलेको हल्ला; खासखुस।
22334 गामगुम ना. २. कुनै निन्दित काम बाहिर फैलन नदिने वा कुनै गोप्य कुरो सहसा लुकाउने चालबाजी।
22335 गामगुम्म क्रि.वि. १. गोप्यता बचाउन तुरुन्तै चुपचाप वा सतर्क हुने चाल; गाम्मगुम्म।
22336 गामगुम्म क्रि.वि. २. झ्याल ढोका थुन्ने वा धेरै लुगाफाटा लाउनेओढ्ने गरी जिउलाई गरम र न्यानो पार्ने किसिम।
22337 गाम्मगुम्म क्रि.वि. १. भकाभक खाने चालले।
22338 गाम्मगुम्म क्रि.वि. २. गामगुम्म।
22339 गामल ना. गाउँघर; छरछिमेक; गाँवल।
22340 गामस्थान ना. प्रायः धिमाल जातिले खेतीका देवीदेवीका प्रतिमा बनाएर खेतका माझमा स्थापना गरेको मन्दिर; कृषिदेवता।
22341 गामी वि. १. गतिशील; गमन गर्ने; यात्री (अग्रगामी, दूरगामी इ.] २. गमन गर्ने; सम्भोग गर्ने ( वेश्यागामी, परस्त्रीगामी इ.)।
22342 गाम्भीर्य ना. १. गम्भीर हुनाको भाव वा स्थिति; धैर्य; गम्भीरता।
22343 गाम्भीर्य ना. २. नाटकका नेतामा रहने सात्विक गुण; डर, शोक,क्रोध र हर्षको अवस्थामा पनि नायकमा विकार नदेखिने गुण।
22344 गायक ना. स्वर, लय, ताल आदि मिलाएर गीत गाउने व्यक्ति; गवैया; उस्ताद।
22345 गायकी ना. गानविद्याका अनुसार ठिकसँग गाउने क्रिया वा स्थिति; गाउने प्रवीणता।
22346 गायत्री ना. १. चौबिस मात्रा हुने एक वैदिक छन्द।
22347 गायत्री ना. २. उक्त छन्दमा रचित आर्यहरूमा पवित्र मानिने साँझ - बिहान जपिने प्रसिद्ध वैदिक मन्त्र।
22348 गायत्री ना. ३. जप र चिन्तन गर्नेलाई रक्षा गर्ने मानिएकी आराध्य देवी; गायत्री मन्त्रकी अधिष्ठात्री।
22349 गायन ना. १. गाउने क्रिया वा भाव।
22350 गायन ना. २. सुर, लय र तालसहित गाइने रचना; गाना; गी।