Dictionary

All Word

22251 गाडावान/वाल ना. १. गाडा ठेल्ने वा हाँक्ने व्यक्ति।
22252 गाडावान/वाल ना. २.गोरु वा राँगागाडीको चालक।
22253 गाडिनु क.क्रि. गडिनु; भित्र पस्नु; भासिनु।
22254 गाडी ना. मालमत्ता वा यात्रीलाई एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्ने वाहन; सवारी (मोटर, रेल, बग्गी इ.)।
22255 गाडीवान/वाल ना. गाडी हाँक्ने व्यक्ति; गाडावान; गाडावाल।
22256 गाडे वि. १. बिच डाँडीमा दुवैतिर सिधा पर्ने गरी भुमरी परेको (बस्तुभाउ)।
22257 गाडे वि. २. जोर भुमरी परेको (हलपिराहा मानिने गोरु)।
22258 गाढ वि. १. ज्यादै; घनिष्ठ; धेरै दह्रो; बलियो।
22259 गाढ वि. २. बाक्लो; घना।
22260 गाढ वि. ना. ३. पानीको धार वा प्रवाह; बाढी; गाड।
22261 गाढा वि. १. धेरै; ज्यादै; अतिशय।
22262 गाढा वि. २. बाक्लो; जम्दै गएको (झोल पदार्थ) ३. हल्का नभएको; चम्किलो (रङ)।
22263 गाढा वि. ४. घनिष्ट; मिलनशील (प्रेम, सम्बन्ध)।
22264 गाण्डीव ना. पुराणअनुसार अग्निदेवबाट प्राप्त भएको अर्जुनको धनु।
22265 गाता ना. पत्रदार पुस्तकको बचाउका लागि अघिल्लो र पछिल्लो छेउमा पत्रकै आकार बनाएर राखिने काठको पातलो फल्याक वा गत्ता आदिको दह्रो पातो; पुस्तकको जिल्द।
22266 गाताबन्दी वि. गाता बाँधिएको; जिल्द हालिएको।
22267 गातो ना. गाता; जिल्द ।
22268 गात्र ना. पृथ्वी, वायु, जल, तेज र आकाशजस्ता पञ्च महाभूततत्त्वबाट निर्मित अन्नमय शरीर; स्थूल शरीर; देह।
22269 गाथ ना. मान्य जनको सन्चोबिसन्चोबारे प्रयोग गरिने शरीरवाची शब्द; शरीर; जिउ।
22270 गाथगादी ना. गाथ र गादी; राजाको गाथ र राजसिंहासन।
22271 गाथा ना. १. सरलता तथा विस्तारपूर्वक गाइने सत्य घटना र विशिष्ट तथ्ययुक्त प्रभावोत्पादक गीतिकथा; गीतात्मक कथा वा वृत्तान्त (व्याले )।
22272 गाथा ना. २. कसैको प्रशंसा वा स्तुति स्तोत्र, गुणगान।
22273 गाथिक ना. गाथा गाउने व्यक्ति।
22274 गाथिक ना. स्त्री. गाथिका।
22275 गादी ना. छाला नरम पार्ने वा टाँस्ने कामका निम्ति बोसो वा माड हाल्ने सिङ ( ठोक्रो )।
22276 गादी राजकीय अभिषेकपूर्वक आरोहण गरिने गद्दी; राजसिंहासन, राजगद्दी।
22277 गादीबैठक ना. हे. गद्दीबैठक ।
22278 गादी मुबारक / मुमारख ना. १. राज्याभिषेकपछि पहिलोपल्ट राजगद्दीमा बसी जनसाधारणलाई दर्शन दिँदा जनताले राजालाई चढाउने नगदी वा जिन्सी उपहार।
22279 गादी मुबारक / मुमारख ना. २. त्यस किसिमको राजकीय शुल्क वा कर।
22280 गादो ना. पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर ल्याई दाहिनेछेउ देब्रे काँधमा र देब्रेछेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने कपडा; दौरा आदिको साटो बेरिने आङको पहिरन।
22281 गाध वि . १. गहिराइ थाहा पाइने; सजिलैसँग तर्न सकिने।
22282 गाध वि . ना. २. पार तर्न सकिने नदी; चाँचल; जँघार ।
22283 गान ना. १. लय, ताल, सुर आदि मिलाएर गाइने गीत; गाना; भजनकीर्तन।
22284 गान ना. २. वर्णन; प्रशंसा।
22285 गानबजान ना. गाउने र बजाउने काम; स्वर र बाजा मिलाएर गाइने भजनकीर्तन, गीत-गान आदि।
22286 गानविद्या ना. शास्त्रीय सिद्धान्तअनुसार सङ्गीतको ताल, सुर र लयको सूत्रबद्ध ज्ञान गराउने शास्त्र; सङ्गीतविद्या।
22287 गाना ना. गीत; गान।
22288 गानाबजाना ना. हे. गानबजान।
22289 गानिनु अ.क्रि. १. आइमाईको स्तनमा धेरै दुध भएर चर्कनु; कल्चौंडामा दुध भरिएर टन्कनु।
22290 गानिनु अ.क्रि. २. पीप - रगत आदि भरिएर खटिरो टन्कनु।
22291 गानिनु अ.क्रि. ३. गानुजस्तै साह्रो हुनु।
22292 गानु/ गानो ना. १. डल्लो।
22293 गानु/ गानो ना. २. पिँडालु, गुन्दरगा आदिको कन्द।
22294 गानु/ गानो ना. ३. वायुविकारबाट उत्पन्न हुने पेटको रोग; गोला; शूल।
22295 गान्टे वि. १. स्वाभाविक रूपमा बढ्न नसकी गाँठिएको; गान्टो परेको।
22296 गान्टे वि. २. पुड्के; डल्ले; ग्याँचे।
22297 गान्टे काल्तोरी ना. हे. गाँठेकाल्तोरी।
22298 गान्टे मुला ना. सलगमको आकारको एक जातको मूला; लेकाली मूला; डल्ले मूला, गाँठेमूला।
22299 गान्टो वि. १. सलक्क बढ्न नसकी गठ्याङ्गिएको; राम्ररी नबढेको; पुड्को; डल्लो।
22300 गान्टो वि. ना. २. फूलको पराग रहने गाँठो; कर्णिकार।