Dictionary

All Word

22051 गहना ना. (उदा.- चरित्र नै मान्छेको सबभन्दा ठुलो गहना हो।
22052 गहनागुरिया ना. गहनाहरूको समुदाय; गरगहना।
22053 गहनापात ना. गहनाहरूको समुदाय, गरगहना।
22054 गहरी ना. गहिरो परेका ठाउँतिर बग्दै वा घिसिंदै जाने गरी खेल्ने केटाकेटीहरूको एक खेल।
22055 गहिराइ ना. १. गहिरो हुनाको भाव वा अवस्था; गहिरोपन; गाम्भीर्य; गम्भीरता।
22056 गहिराइ ना. २. उत्खनन आदि गर्ने क्रममा सङ्केत गरिएकोभन्दा तलको ठाउँ।
22057 गहिरिनु अ.क्रि. १. गहिरो हुनु।
22058 गहिरिनु अ.क्रि. २. भित्री तहसम्म पुग्नु।
22059 गहिरी वि. १. अलि-अलि गहिरो ; थोरै गहिरो।
22060 गहिरी वि. २. आँत-भेउ पाउन नसकिने (स्त्री)।
22061 गहिरी वि. ३. गहिरो परेको जमिन; गलखेत; डोलखे।
22062 गहिरो वि. १. वरिपरि अग्लो भई माझको भाग भासिएको वा गाडिएको; सतहभन्दा तलको।
22063 गहिरो वि. २. भित्रसम्म पुगेको (गहिरो घाउ, गहिरो चोट, गहिरो भनाइ इ.)।
22064 गहिरो वि. ३. सजिलैसँग बुझ्न नसकिने; भित्री अर्थ भएको।
22065 गहिरो वि. ४. आँत - भेउ पाउन गाह्रो वा पार लाउन नसकिने।
22066 गहिऱ्याइ ना. गहिऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
22067 गहिऱ्याइनु क.क्रि. गहिरो पारिनु, गहिऱ्याउन लाइनु।
22068 गहिऱ्याउनु प्रे.क्रि. गहिरो पार्नु, गहिरिने तुल्याउनु।
22069 गहुँ ना. एकापट्टिको भाग केही गहिरो परेको र बिचमा छेउ-पुछार चिरा परेको हुने, सुनौला रङका गेडा भएको, सप्तधान्यमध्येको एक प्रसिद्ध अन्न।
22070 गहुँगोरो वि. गहुँको जस्तो वर्ण भएको, हल्का वा केही खैरो भाव देखिने रङ वा वर्णको (मानिस, अनुहार )।
22071 गहुँत ना. सूतक, आशौच आदिका शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मूत, पञ्चगव्य (गाईको दुध, दही, घिउ, गउँत र गोबर) - मध्ये एक।
22072 गहुँगो वि. हे. गहुगो / गहु ड्डो।
22073 गहुकाइ ना. गहुकाउने भाव, क्रिया वा प्रक्रिया।
22074 गहुकाइनु अ.क्रि. गहुरको होइनु।
22075 गहुकाउनु अ.क्रि. काम गर्न अप्ठ्यारो मान्नु अल्सी गर्नु, अल्साउनु।
22076 गहुको वि. भारी, गहौं, गरुको।
22077 गहुको वि. विप. हलुको।
22078 गहुगो / गड्डो वि. बेसी वजन भएको, धेरै तौल भएको, उचाल्न गाह्रो पर्ने।
22079 गहुगो / गड्डो वि. विप. हलुङ्गो।
22080 गह्रौँ वि. १. गहुगो।
22081 गह्रौँ वि. विप. हलौं।
22082 गह्वर ना. १. बाहिरबाट केही थाहा नपाइने वा लुक्न - बस्न हुने गहिरो र अँध्यारो ठाउँ (ओढार, गुफा, सुरुङ, दुलो इ.)।
22083 गह्वर ना. २. झाडीले घेरिएको एकान्त स्थान, वन, लतागृह, कुञ्ज।
22084 गह्वर ना. वि. ३ जान गाह्रो पर्ने, दुर्गम, विषम।
22085 गहवरी ना. गुफा; कन्दरा।
22086 गाँज्नु स.क्रि. १. छोप्नु, आफ्नो कब्जामा पार्नु।
22087 गाँज्नु स.क्रि. २. झम्टेर टिप्नु, च्याप्प पारेर अँठ्‌याउनु।
22088 गाँज्नु स.क्रि. ३. प्रभावमा पार्नु।
22089 गाँज ना. १. धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो, झाङिन सकेजति समूह।
22090 गाँज ना. २. अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु।
22091 गाँज ना. ३. कागती र ज्यामिरको रस पकाएर चुक बनाउँदा उमालले किनारामा लगाउने फिंज।
22092 गाँजा ना. एउटै भेट्नुमा चार-पाँचवटा लामा-लामा पात लाग्ने, खैरो रङको झुरुप्प फूल फुल्ने, सिलामका जस्तै दाना फल्ने र मात लाग्ने एक भार त्यसैको फल-पात सबै पिंधेर सर्बतमा हाली नशाका रूपमा प्रयोग गरिने, चरेस बनाउन छिप्प्याएर चोप भेला गरिने र सुर्ती वा कक्कडमा मिसाएर चिलिम, सुल्फा आदिबाट धुवाँ खाइने वस्तु, शिवबुटी, भाङ।
22093 गाँजिनु अ.क्रि. १. कुनै बोटबिरुवा हाँगाबिंगाले युक्त हुनु, झाडिनु, झाम्टिनु, मौलाउनु, फैलिनु।
22094 गाँजिनु अ.क्रि. २. धनसम्पत्ति, कुलकुटुम्ब आदिले परिपूर्ण हुँदै जानु, सम्पन्न हुनु।
22095 गाँजिनु क.क्रि. कुनै सङ्कटपूर्ण स्थिति वा समस्याले छोपिनु, ऐँचमा परिनु।
22096 गाँठ ना. १. धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी, गठरी।
22097 गाँठ ना. २. मूल धन सञ्चित पुँजी।
22098 गाँठ ना. वि. ३. गठरिएको पुड्को, गान्टे।
22099 गाँठकोपी/ गोभी ना. माटामाथि सलगमको जस्तै गाँठो लाग्ने र तर्कारी खाइने काउलीका जातको डल्लो वस्तु वा त्यसैका मुन्टा।
22100 गाँठ न गुठी ना. दयनीय अवस्था वा केही नभएको स्थिति।