Dictionary

All Word

21951 गलाम ना. वि. २. गलामा फेरो पुग्ने; गलाभरिको।
21952 गलाम गाँठो ना. गलामा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो; गलमगाँठो।
21953 गला लाग्नु टु. १. खाएको कुरा घाँटीमा गएर अड्किनु।
21954 गला लाग्नु टु. २. कुनै काम नगर भन्दाभन्दै गरेर बिग्रिसकेपछि चुकचुकाउनु पछुताउ लाग्नु।
21955 गलित वि. १. गिलो भएको; गलेको।
21956 गलित वि. २. चुहेको; खसेको।
21957 गलित वि. ३. सडेको; कुहेको।
21958 गलित वि. ४. शिथिल भएको; थाकेको।
21959 गलित कुष्ठ ना. हातगोडाका औँला र त्यसपछि जोर्नीसम्मका अङ्ग गलेर बिस्तारै झर्ने कुष्ठ रोग।
21960 गलित यौवना वि. जवानी बिनाले सबै कुरो हराइसकेकी (स्त्री)।
21961 गलिनु अ.क्रि. गल्ने होइनु, पग्लिनु।
21962 गले वि. गलेको; थाकेको; जुम्सो।
21963 गलेगन्ड ना. गलामा छालाको थैलो झुन्डिएको एक जातको चरो।
21964 गलेगोरु ना. १. काँधिएर राम्ररी नहिँड्ने वा मुस्किलले ठेलीठेली हिँडाउनुपर्ने गोरु।
21965 गलेगोरु ना. २. त्यस्तै गह्रुङ्गो स्वभावको मान्छे; अल्छी र लोसो मानिस।
21966 गलेनी ना. १. गोडाका औँलाका काप फुट्ने, च्यातिने र पाक्ने रोग।
21967 गलेनी ना. २. पाकेपछि कालो र खाँदा गुलियो स्वादको हुने, असारतिर पलाएर फली कात्तिकमा पाक्ने र मङ्सिरपुसमा मर्ने एक वनस्पति वा त्यसैको फल।
21968 गलेबन्द ना. गलबन्दी (उदा. - खुला दो - कान को राख्छ गलेबन्द भए कुनै। - लेखनाथ)।
21969 गलेश्वर ना. म्याग्दी जिल्लाको बेनी बजारबाट एक कोस उत्तरपट्टि कालीगण्डकी र राखुघाट खोलाका दोभानमा अवस्थित महादेव, पौराणिक उपाख्यानअनुसार सतीदेवीको गलो पतन भई शिवजी उत्पन्न भएको र प्रत्येक वर्ष बालाचतुर्दशीमा मेला लाग्ने सोही ठाउँ।
21970 गलैँचा ना. तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको ऊन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने, बाक्लो, नरम बिछ्यौना।
21971 गलैँची फुल ना. ससानो बोट हुने र रङ्गीबिरङ्गी फूल फुल्ने एक जातको फूल।
21972 गलो ना. १. कण्ठ; घाँटी; गला।
21973 गलो सेरा वि. १. गलो सेर्ने वा रेट्ने।
21974 गलो सेरा वि. २. दीनदुःखीलाई सताउने; गरिबमारा।
21975 गल्छी ना. १. एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न ओर्लने वा उक्लने गौँडो; कतैबाट उम्कने वा कहीँ पस्ने गल्छेडो।
21976 गल्छी ना. २. दुई पहाडका बिचमा खोँच वा सोतो परेको ठाउँ।
21977 गल्छेडो ना. १. सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो साँघुरो गल्ली।
21978 गल्छेडो ना. २. बस्तुभाउ हिँड्ने वा मूलबाटोमा मोडिने छोटो बाटो; उनाउ बाटो।
21979 गल्छेडो ना. ३. खोँच परेको ठाउँ; त्यस्तै अप्ठेरो काम।
21980 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. १. राम्रोसँग बोल्न नजान्ने वा बोली स्पष्ट नभएको; लठेब्रो।
21981 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. २. स्वर मात्र ठुलो तर बुद्धि नभएको; सिधासाधा; लाटोसुधो।
21982 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. ३. हुस्सु; लन्ठ।
21983 गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो वि. स्त्री. गल्ड्याङ्ग्री/गल्ढ्याङ्ग्री।
21984 गल्ती ना. १. नियम, रीति, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भुल भुलचुक, बिराम।
21985 गल्ती ना. २. भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भुल अशुद्धि।
21986 गल्ती ना. ३. अनुचित काम; नसुहाउँदो आचरण।
21987 गल्यो ना. १. मुजा पारेर लाइएका फरियाको पोल्टामा पर्ने मुठो वा गाँठो।
21988 गल्यो ना. २. धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाङ; घाँस वा झारको ठुलो मुठो।
21989 गल्थोवाल वि. मुजा परेको गल्यो देखिने फरियाको पहिरन हुने (स्त्री)।
21990 गल्यो सराइ ना. धान रोप्ने काम।
21991 गल्थ्याइ ना. गल्थ्याउने क्रिया वा प्रक्रिया।
21992 गल्य्याइनु क.क्रि. गल्यो पारिनु; मुठो पारिनु।
21993 गल्थ्याउनु स.क्रि. अगाडि पर्ने फरियाको मुजा पटुकाले कसेर अँचेट्नु, गल्थो पार्नु; मुठा पार्नु।
21994 गल्प ना. १. विचारप्रधान वा भावपूर्ण घटनात्मक ससानो कहानी, छोटो कथा।
21995 गल्प ना. २. मिथ्या प्रलाप; गफ।
21996 गल्मट ना. पिँडालुको गाना काटेर दालमा मिसाइने चाना वा टुक्रा।
21997 गल्याँठो ना. काठ वा अरू कुनै वस्तुको छोटो गिँड; रुखमा वा मान्छेको शरीरमा निस्केको गाँठो वा गानु।
21998 गल्याकगुलुक क्रि.वि. फलफूल आदि पाकेर ज्यादै गल्ने किसिमले; फत्याकफुतुक।
21999 गल्याङमल्याङ क्रि.वि. हल्ला हुने वा खलबल हुने चालसँग; खल्याङमल्याङ।
22000 गल्ल क्रि.वि. खुसी वा खिसी व्यक्त गर्दा खित्का छाडेर हाँस्ने गरी।