Dictionary

All Word

21851 गर्माउनु स.क्रि. अ.क्रि. २. रिसले चुर हुनु, रिसाउनु, जोसमा आउनु, तात्नु।
21852 गर्माहट ना. गर्माउने काम, अवस्था वा स्थिति; गर्मी; उष्णता।
21853 गर्मी ना. १. तातोपन; पोल्ने स्थिति; उष्णता।
21854 गर्मी ना. २. गरम हुने ऋतु; घाम चर्किने समय; ग्रीष्म ऋतु।
21855 गर्मी ना. ३. रन्कने वा जोसिने स्थिति वा आवेग; रिस; क्रोध।
21856 गर्मी ना. ४. भिरिङ्गी रोग।
21857 गर्ल्यामगुर्लुम क्रि.वि. पूरै भत्किने वा लड्ने किसिमले (रुख, घर, पर्खाल, डाँडो इ.)।
21858 गर्व ना. १. कुनै ठुलो कामकुरा, वस्तु, व्यक्ति आदिसित सम्बन्धित औचित्यपूर्ण अहंभावना।
21859 गर्व ना. २. मै जान्नेसुन्ने हुँ भन्ने घमन्ड; अभिमान; सेखी; अहमत्याइँ।
21860 गर्वित वि. गर्व गर्ने; घमन्डी; सेखीवाल।
21861 गर्वित वि. गर्विता - वि. आफ्नो रूप, उमेर, गुण आदिको घमन्ड भएकी (स्त्री)।
21862 गर्वी वि. गर्व गर्ने; अभिमानी; घमन्डी।
21863 गर्हण ना. १. गिराउने व्यवहार, निन्दा; हेला।
21864 गर्हण ना. २. छिद्रान्वेषण गरेर दोष फेला पारी निन्दा र फलाको गरिने भरतनाट्यपरम्पराका नाटकअन्तर्गत रहने छत्तीस लक्षणहरूमध्येको एक लक्षण।
21865 गर्हणीय वि. निन्दा गर्न योग्य; निन्दनीय।
21866 गर्हित वि. निन्दा गरिएको; निन्दि।
21867 गर्ह्य वि. निन्दा गर्न योग्य; निन्दनीय; निन्द्य।
21868 गल्नु अ.क्रि. १. थकित हुनु, थाक्नु, कडा परिश्रमपछि शारीरिक थकान बढ्नु।
21869 गल्नु अ.क्रि. २. पाकेर गलक्क हुनु, नरम हुनु।
21870 गल्नु अ.क्रि. ३. अपराध सकारी कायल हुनु, लाचार हुनु।
21871 गल्नु अ.क्रि. ४. अर्काका अघिल्तिर आफ्नो कमजोरी स्विकार्न, लत्रनु झुक्नु।
21872 गल्नु अ.क्रि. ५. दुब्लाउनु, खर्ल्याकखुर्लुक हुनु।
21873 गल्नु अ.क्रि. ६. आफ्नो टेक लिन असमर्थ हुनु।
21874 गल्नु अ.क्रि. ७. निर्धन हुनु, गरिब हुनु।
21875 गल वि. डोल वा गहिरी परेको र कुलोपानी लाग्ने; अव्वल (खेत)।
21876 गल ना. कुनै गह्रुङ्गो वस्तुलाई पल्टाउने वा उप्काउने फलाम वा काठ, बाँस आदिको दह्रो डन्डी।
21877 गल ना. १. गला; घाँटी, कण्ठ।
21878 गल ना. २. घाँटीको भित्रपट्टिको भाग।
21879 गलकट्टा वि. १. घाँटी काट्ने; गलो रेट्ने; घिच्रो सेर्ने।
21880 गलकट्टा वि. २. निर्धाको रगत चुस्ने; शोषक; घातक।
21881 गल कट्नु / कट्नो वि. गलकट्टा।
21882 गलकम्बल ना. गाईगोरुका घाँटीमा तलदेखि माथिसम्म झुन्डिएको लुर्कने छाला; माला।
21883 गलकोट ना. नेपालको धौलागिरि अञ्चल अन्तर्गत बागलुङ जिल्लामा पर्ने ऐतिहासिक स्थल (पुरानो राज्य) वा त्यसैको वरिपरिको ठाउँ।
21884 गलकोटे वि. गलकोटमा बस्ने; गलकोटको बासिन्दा।
21885 गलकोटे वि. स्त्री. गलकोटेनी।
21886 गलक्क क्रि.वि. पाकेर वा सडेर ज्यादै गल्ने गरी; फतक्क।
21887 गलगण्ड ना. घाँटीमा रुद्रघण्टीका वरिपरि नसामा पानी जमेर फुल्दै जाने रोग; गाँड; गलगाँड।
21888 गलगाँठो ना. १. घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो।
21889 गलगाँठो ना. २. घाँटीमा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो।
21890 गलगाँड ना. १. गलाको गाँड, गलगण्ड।
21891 गलगाँड ना. २. वरिपरि भन्ट्याङभुन्टुङ केटाकेटी आदिको घेरो।
21892 गलगिज्ज/गलगिद्ध क्रि.वि. घाँटी टन्न हुने गरी खाने चालसँग; कोची - कोची वा अटेसमटेस होउन्जेल खाने गरी।
21893 गलगौँडी ना. झ्याप्प परेको बोट हुने, सानो केराउका दानाजत्रा राता रङका फल फल्ने एक प्रकारको वनस्पति वा त्यसैको फल।
21894 गलग्रह ना. १. कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको एक रोग।
21895 गलग्रह ना. २. घोक्रेछुत्ती लाउने वा गलहत्याउने काम; टिप्पा।
21896 गलग्रह ना. ३. ज्योतिषशास्त्रअनुसार कृष्णपक्षका प्रतिपदा, चतुर्थी, सप्तमी, अष्टमी, नवमी र अमावस्या तिथि।
21897 गलग्रह ना. ४. मुस्किलले मात्र पन्छाउन सकिने दुःख।
21898 गलघण्ट ना. १. पशुको गलामा झुन्ड्याइने घण्ट; घाँडो।
21899 गलघण्ट ना. २. करबलले मात्र बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि मन नहुने झ्याउलो।
21900 गलचेप ना. १. गला च्याप्ने वा अँठ्‌याउने उपकरण (मुसा मार्ने चेपुवा, जङ्गली पशु समाउने पासो, हात्ती बाँध्ने साङ्लो इ.)।