Dictionary

All Word

21701 गरमाहट ना. गरम हुनाको भाव वा स्थिति; गर्मी; उष्णता।
21702 गरल ना. विष; जहर; हलाहल।
21703 गरहडुवा ना. गवेधुका यज्ञमा समिधाका लागि प्रयोग गरिने वृक्षविशेष;भिर्गौले।
21704 गरही ना. मधेसका पोखरी वा दहतिर पाइने एक जातको माछा।
21705 गराइ ना. गर्ने काम वा प्रक्रिया; आचरण।
21706 गराइनु क.क्रि. गर्न लाइनु; गर्ने प्रेरणा दिइनु।
21707 गराउनु प्रे.क्रि. गर्न लाउनु गर्ने प्रेरणा दिनु।
21708 गराउनु प्रे.क्रि. गरागर- ना. परस्परको गराइ; पालैपालोसँग गर्ने काम।
21709 गरारा ना. गोलीगाँठामाथि र घुँडामुनि कल्ली गाँसेर बनाएको केटीहरूको सुरुवाल।
21710 गरालागराली ना. साना-ठुला गरालाको समूह।
21711 गराली ना. तगारोमा तेर्सो पारेर राख्ने काठ; सानो गरालो।
21712 गरालो ना. १. पिङमा डोरी झुन्ड्याउन लिङ्गामा वा खाँबामा तेर्सो पारेर राखिने काठ; बलो।
21713 गरालो ना. २. घर, गोठ आदिमा टाँड छाप्नका निम्ति तेर्स्याइने लामो काठ।
21714 गरिनु क.क्रि. कुनै काम तामेल पारिनु।
21715 गरिप वि. १. धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप।
21716 गरिप वि. २. दीनहीन दुःखी।
21717 गरिपी ना. गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी।
21718 गरिब वि. १. धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप।
21719 गरिब वि. २. दीनहीन दुःखी।
21720 गरिब गुरुवा ना. गरिबहरूको समुदाय, गरिब जनता।
21721 गरिब परवर वि. गरिबगुरुवाहरूको पालनपोषण गर्ने, दीनदयालु।
21722 गरिबमारा वि. गरिबहरूलाई सताउने; गरिबगुरुवाप्रति अन्याय गर्ने।
21723 गरिबी ना. गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी।
21724 गरिमा ना. १. गह्रौँपना; गुरुता; गुरुत्व।
21725 गरिमा ना. २. महत्त्व, गौरव।
21726 गरिमा ना. ३. अष्टसिद्धिमध्ये शरीरको इच्छाअनुसार वजन बढाउन सकिने एक सिद्धि।
21727 गरियो ना. ढुङ्ग्रो जस्तै सोझो, मुख सानो भएको र बिर्को लाइने ठेकीको आकारको, विभिन्न प्रकारको तेल हाल्ने काठको भाँडो।
21728 गरिष्ठ वि. १. धेरै गाह्रोसित र ढिलो पच्ने, पचाउन कठिन; दुष्पाच्य (भोजन)।
21729 गरिष्ठ वि. २. धेरै गह्रौँ।
21730 गरिष्ठ वि. ३. महत्त्वपूर्ण।
21731 गरिष्ठ वि. ४. सबैभन्दा नजाती।
21732 गरी ना. १. नरिवलको भित्री भागमा रहेको नरम गुदी ; मसलाका रूपमा वा त्यसै खाइने त्यही गुदीका टुक्रा।
21733 गरीब ना. १. धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप।
21734 गरीब ना. २. दीनहीन दुःखी।
21735 गरुड ना. १. गिद्धका जातिको ठुलो पक्षीविशेष, कश्यपपत्नी विनताको पुत्र।
21736 गरुड ना. २. विष्णुको वाहन।
21737 गरुडध्वज ना. १. विष्णु।
21738 गरुडध्वज ना. २. प्राचीन कालमा बनेका स्तम्भमा रहेको गरुडको आकृति।
21739 गरुड पुराण ना. नरकको बयान तथा प्रेतकर्मको विधान आदि वर्णन भएको महापुराण; अठार पुराणमध्ये एक।
21740 गरुडसिंह ना. गरुडका ढाँचाको मुख र सिंहका ढाँचाको शरीर हुने कल्पना गरिएको एक प्राणी।
21741 गरो ना. पानी जमाएर धान रोप्न डिलमा आली लगाई बनाइने खेतका अलग-अलग भाग; फोगटो।
21742 गर्खा ना. जिल्लाअन्तर्गतका गाउँ वा मौजाहरूको समुदाय (दिव्य.); गाउँहरूको समष्टिगत एकाइ।
21743 गर्खिनु अ.क्रि. एकै ठाउँमा झुरुम्म हुनु; थुप्रिनु।
21744 गर्ख्याइ ना. गर्खिने क्रिया वा प्रक्रिया।
21745 गर्ख्याइनु क.क्रि. एकै ठाउँमा थुप्य्राइनु।
21746 गर्ल्याउनु प्रे.क्रि. एकै ठाउँमा भेला पार्नु, झुरुम्म पार्नु, एकै ठाउँमा थुप्य्राउनु।
21747 गर्व्याहट ना. गखिने काम वा अवस्था।
21748 गर्ग ना. १. अङ्गिरस भरद्वाजका वंशज र वैदिक मन्त्रद्रष्टा एक ऋषि।
21749 गर्ग ना. २. ज्योतिषशास्त्रका एक प्राचीन आचार्य; गर्गसंहिताका स्रष्टा।
21750 गर्ग ना. ३. गोत्रप्रवर्तक एक ऋषि।