Dictionary

All Word

21751 गर्ग गोत्र ना. गर्ग ऋषिको कुल वा वंशको परिचयात्मक नाम; बाँस्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने आदि थर हुनेहरूको गोत्र।
21752 गर्गर ना. १. एक किसिमको पुरानो बाजा।
21753 गर्गर ना. २. एक प्रकारको माछा।
21754 गर्गर ना. ३. भुमरी; आवर्।
21755 गर्गर ना. ४. गाग्रो।
21756 गर्गरी ना. १. दही जमाउने ठेको; मदानी; मन्थनी।
21757 गर्गरी ना. २. गाग्री; घैटो; घल्चा।
21758 गर्यो वि. होचो हुनाका साथै खास गरी घाँटी छोटो भएको; पुड्को; ग्वाँचे।
21759 गर्जनु अ.क्रि. १. रिस, घमन्ड, धमास आदिले ठुलो स्वरमा कराउनु।
21760 गर्जनु अ.क्रि. २. हकारपकार गर्नु; गड्कनु, कुर्लनु।
21761 गर्जनु अ.क्रि. ३. गड्याङगुडुङ गर्नु; मेघ कराउनु।
21762 गर्जनु अ.क्रि. ४. बाघ कराउनु।
21763 गर्ज ना. खाँचो; आवश्यकता; अभाव; हर्जा।
21764 गर्जक वि. ठुलो स्वरले बोल्ने; गड्याङगुडुङ गर्ने, गर्जने।
21765 गर्जगुमान ना. अभिमान; सेखी।
21766 गर्जन/गर्जना ना. १. ठुलो स्वरले कराउँदाको ध्वनि, गर्जंदाको शब्द; गर्जाइ।
21767 गर्जन/गर्जना ना. २. मेघको गड्याङगुडुङ।
21768 गर्जन/गर्जना ना. ३. हप्की; खप्की; झपाराइ।
21769 गर्जन/गर्जना तर्जन ना. हप्कीदप्की; धम्कीधमास; हकारपकार।
21770 गर्जने वि. १. गर्जन गर्ने।
21771 गर्जने चालिसा ना. दक्षिण गोलार्द्धमा ४०° अक्षांशदेखि ६०° अक्षांशसम्मको भागमा जोडसँग बहने प्रबल पश्चिमी वायु।
21772 गर्जने चालिसा ना. गर्जने बाघले खाँदैन।
21773 गर्जने चालिसा ना. गर्जने मेघ बर्संदैन ( उखान)।
21774 गर्जाइ गर्जने काम वा प्रक्रिया।
21775 गर्जिनु अ.क्रि. १. गर्जना गरिनु।
21776 गर्जिनु अ.क्रि. २. गर्जनु।
21777 गर्जित वि. गर्जना गरिएको; गर्जेको।
21778 गर्त ना. सतहभन्दा धेरै गहिरो ठाउँ; खाल्टो; खाडल।
21779 गर्त ना. (उदा.- काढी तरक्क पसिना दिनरात डोको, बोके पनि उदर- गर्त रहन्छ भोको। - लेखनाथ)।
21780 गर्दन ना. पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग।
21781 गर्दनी ना. गर्दनमा समातेर हुत्याउने काम; गलहत्ती; घोक्रेछुत्ती।
21782 गर्दने वि. ठुलो, मोटो र नसुहाउँदो गर्दन हुने ( निन्दा वा गालीमा)।
21783 गर्दन्याइ ना. गर्दन्याउने भाव, क्रिया वा प्रक्रिया।
21784 गर्दन्याइनु क.क्रि. गलहत्ती लगाइनु; घोक्य्राइनु।
21785 गर्दन्याउनु प्रे. क्रि. गर्दनमा समातेर हुत्याउनु, गलहत्ती लगाउनु, घोक्य्राउनु।
21786 गर्दभ ना. गधा।
21787 गर्दभ राग ना. धोधो मोटो नमिठो स्वर।
21788 गर्दागर्दी ना. ठुलो भिडन्त, घोर लडन्त; गर्दीर्घमासान; घम्साघम्सी।
21789 गर्दी ना. १. समय वा परम्पराको ठुलो परिवर्तन; क्रान्ति।
21790 गर्दी ना. २. घम्साघम्सी; लडन्तभिडन्।
21791 गर्धन ना. पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग।
21792 गर्धनी ना. गर्दनी।
21793 गर्धने वि. गर्दने।
21794 गर्धन्याइ ना. गर्धन्याउने भाव, क्रिया वा प्रक्रिया।
21795 गर्धन्याइनु क.क्रि. गर्दन्याइनु।
21796 गर्धन्याउनु स.क्रि. गर्दन्याउनु।
21797 गर्ने भन्ने वि. गरी भनी गर्ने; कर्ता र वक्ता, कामकुरो फत्ते गर्ने।
21798 गर्भ ना. १. पेटभित्र बच्चा रहने ठाउँ, पाठेघर; बच्चादानी; गर्भाशय; कोख।
21799 गर्भ ना. २. गर्भाशयमा रहेको बच्चो; सालनालसहितको भ्रूण।
21800 गर्भ ना. ३. मध्यभाग; भित्रीभाग; गोप्यस्थान।