Dictionary

All Word

21601 गम ना. ३. बाटो; मार्ग।
21602 गम ना. ४. चाल; गति।
21603 गम ना. १. मनमा हुने गहिरो दुःख, शोक; मानसिक चिन्ता।
21604 गम ना. २. पछुताउ; फिक्री।
21605 गम ना. १. विचलित नभईकन गरिने विचार; धैर्यपूर्वकको सोचाइ, गौर।
21606 गम ना. २. प्रेम गर्दा प्रेमीप्रेमिकामा रहने गाम्भीर्य वा आन्तरिक विश्वास।
21607 गम ना. ३. भेउ; पत्तो।
21608 गमक वि. १. खबरको ओसारपसार गर्ने; सङ्केत गर्ने; सूचना दिने।
21609 गमक वि. २. सम्झाउने; कुनै कुराको स्मरण गराउने।
21610 गमक वि. ३. कुनै पनि वस्तुलाई हिँडाउने वा सञ्चालन गराउने; गति दिने।
21611 गमक वि. ना. ४. नगरा, मृदङ्ग, तबला आदि बाजाको गम्भीर ध्वनिप्रसार।
21612 गमक वि. ५. सङ्गीतमा आरोहअवरोहजस्ता तत्त्वका आधारमा एक स्वरबाट अर्को स्वरमा जाने रीति वा विभिन्न स्वरलाई स्पर्श गर्दै जाने गति; सङ्गीतको स्वरप्रवाह।
21613 गमक ना. सुगन्ध; महक; बास्ना।
21614 गमक्क क्रि.वि. गम्कने वा गज्कने चालले; गजक्क।
21615 गम खानु टु. पर्खेर वा गौर गरेर विचार गर्नु।
21616 गमगिर ना. सानो खाल्टो बनाएर त्यहीँ बसी गिर्राले हिर्काइने र छोप्तै गरी खेलिने भकुन्डाको एक खेल।
21617 गमडी ना. बाला नलागी दुम्सीकाँडे भई गुभैमा फल्ने अग्तिया धान।
21618 गमन ना. १. एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान गर्ने काम; हिँडाइ।
21619 गमन ना. २. कुनै ठाउँमा पुग्ने वा जाने काम।
21620 गमन ना. ३. कसैमाथिको हमला; आक्रमण।
21621 गमन ना. ४. स्त्रीसँगको सहवास; रतिक्रीडा; सम्भोग।
21622 गमनागमन ना. जाने र आउने काम आवतजावत; आइजाइ।
21623 गमनीय वि. गमन गर्न उचित; जान लायक; जानुपर्ने।
21624 गम पाउनु टु. कुनै कुराको सुइँको वा अन्त पाउनु।
21625 गमर्को ना. १. हातको पसरमा वा अँजुलीमा अटाएसम्मको अन्न, पैसा आदिको परिमाण; हातले उभाउन सकेजति वस्तु।
21626 गमर्को ना. २. मुखमा अटाएसम्मको गाँस वा अँगालाले भ्याएसम्मको अँठ्‌याइ।
21627 गमर्को ना. ३. जाडो आदिले वा स्वेच्छाले गँगटो झैँ भएको हात आदिको मुद्रा।
21628 गमर्क्याइ ना. गमर्क्याउने क्रिया वा प्रक्रिया।
21629 गमर्क्याइनु क.क्रि. गमर्कोमा अटाएसम्म झिकिनु।
21630 गमर्क्याउनु स.क्रि. १. हातमा अटाएसम्म मुठ्याउनु, मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु।
21631 गमर्क्याउनु स.क्रि. २. गाईबस्तुले मुख गाडेर खानु।
21632 गमर्क्याउनु स.क्रि. ३. अँगालोमा नअटाएसम्म बेसरी च्याप्नु, अँगालाले अँठ्याउनु।
21633 गमला ना. शोभाका लागि कौसी, बार्दली, ढोका आदिमा फूल वा अन्य ससाना बिरुवापात लगाइने र सजाइने बाल्टी वा आरीका ढाँचाको माटो, धातु आदिको भाँडो।
21634 गमार वि. १. सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा; गाउँले।
21635 गमार वि. २. शिष्टता नजानेको; असभ्य; मूर्ख।
21636 गमिलो वि. गम्भीर स्वभावको; धैर्यपूर्वक विचार गर्ने; गम भएको।
21637 गमी वि. गम गर्ने; गमिलो; गम्दारी।
21638 गम्कनु अ.क्रि. १. रूप, सिप, बल, बुद्धि, धन आदिले मत्त हुनु; मात्तिनु; कसैलाई टेरपुच्छर नलाउनु गमक्क पर्नु।
21639 गम्कनु अ.क्रि. २. बाजागाजा धूमधामसित बज्नु।
21640 गम्कनु अ.क्रि. ३. खुब बास्ना आउनु; सुवास चल्नु।
21641 गम्काइ ना. गम्कने वा गम्काउने क्रियाप्रक्रिया।
21642 गम्काइनु क.क्रि. गम्कने पारिनु, गमक्क पारिनु।
21643 गम्काउनु स.क्रि. / प्रे.क्रि. कुनै काम सजधज वा तडकभडकका साथ गर्नु, गम्कने पार्नु; गम्कन लाउनु।
21644 गम्किनु अ.क्रि. १. गमक्क परिनु।
21645 गम्किनु अ.क्रि. २. हे. गम्कनु।
21646 गम्क्याइ ना. गम्कने क्रियाप्रक्रिया।
21647 गम्क्याहट ना. गम्कने काम वा अवस्था; गम्क्याइ।
21648 गम्छा ना. घाँटीमा बेरिने, आङ पुछ्ने र कछाडका रूपमा समेत प्रयोग गरिने पातलो लाम्चो रुमाल।
21649 गम्दार वि. गम्भीर स्वभावको; कम बोल्ने, शान्त मिजासको।
21650 गम्दारी ना. १. गम्दारको गुण वा विशेषता; गम्दार हुने पन।