Dictionary

All Word

21451 गऱ्याकगुद्रुक क्रि.वि. ना. २. सानोतिनो मालसामान; जेतेमेते; खत्र्याकखुत्रुक।
21452 गधा ना. १. घोडाका जातिको तर घोडाभन्दा सानो र प्रायः खैरो रङको हुने, भारी बोक्ने काममा लगाइने, स्तनपायीवर्गको पाल्तु जनावर।
21453 गधा ना. २. बुद्धि र विवेकहीन मान्छेलाई गाली गर्दा प्रयोग गरिने शब्द।
21454 गधापच्चिसी ना. उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस वर्षमुनिको, चञ्चलता, अस्थिरता र उच्छृङ्खलताको सम्भावना भएको अवस्था।
21455 गधापच्चिसी ना. (उदा.- अहिले उसले गधापच्चीसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ)।
21456 गन्नु स.क्रि. १. कुनै पनि वस्तुको सङ्ख्या वा परिमाण निकाल्नु; गन्ती गर्नु; हिसाब गर्नु।
21457 गन्नु स.क्रि. २. श्रेणी वा स्तरमा स्विकार्नु; मान्नु।
21458 गन्नु स.क्रि. ३. आज्ञापालन गर्नु; टेर्नु।
21459 गनगन ना. मन्दस्वरमा झर्को लाग्ने गरी आउने बोली वा आवाज; त्यसरी बारम्बार गरिरहेको कुरो; कचकच; फतफ।
21460 गनगनाइ ना. गनगनाउने क्रिया वा प्रक्रिया।
21461 गनगनाइनु अ.क्रि. गनगन गरिनु; फतफताइनु।
21462 गनगनाउनु अ.क्रि. १. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु।
21463 गनगनाउनु अ.क्रि. २. मनले खाएकासँग आफ्नो पिरमर्का र दुःखसुखका कुरा खोल्नु।
21464 गनगनाहट ना. गनगनाउने क्रियाप्रक्रिया, अवस्था वा चाल।
21465 गनगने वि. गनगन गर्ने; गनगनाउने।
21466 गनाइ ना. १. गन्ने भाव, क्रिया वा प्रक्रिया।
21467 गनाइ ना. [गनाउ+आइ] २. गनाउने भाव, क्रिया वा प्रक्रिया।
21468 गनाइनु क.क्रि. १. गन्ती गराइनु, गन्न लाइनु।
21469 गनाइनु क.क्रि. अ.क्रि. २. गण्यमान्य हुनु।
21470 गनाइनु क.क्रि. ३. दुर्गन्ध आइनु।
21471 गनाउनु प्रे.क्रि. गन्ती गराउनु, गन्न लाउनु।
21472 गनाउनु अ.क्रि. १. नराम्रो गन्ध आउनु; दुर्गन्ध फैलनु।
21473 गनाउनु अ.क्रि. २. बदनामी हुनु, बिङबिङाउनु।
21474 गनारी ना. पानी लाग्ने वा पुग्ने गहिरी खे।
21475 गनिगनाउ ना. १. गन्नेवर्ने काम; गणना गर्ने काम।
21476 गनिगनाउ ना. २. मालसामानको किनबेच गर्दानगर्दै लिनेदिने काम; हाताहाती।
21477 गनिनु क.क्रि. १. गन्ती गरिनु, गणना गरिनु।
21478 गनिनु क.क्रि. २. गण्यमान्य होइनु; प्रख्यात बनिनु।
21479 गनिमत ना. थोरैमा पनि सन्तोष वा समाधान हुने कुरो; चित्तबुझाइ।
21480 गनी अव्य. गन्ने काम गरेर; गनेर।
21481 गनीकिस्ता ना. १. ठेकदार वा व्यापारीले किस्ताबन्दीको रकम सबै पहिले नै बुझाउने काम।
21482 गनीकिस्ता ना. २. तोकिएको मितिमा बुझाउनुपर्ने वा चुक्ता गर्नुपर्ने किस्ता वा धनराशि।
21483 गनी महसुल ना. व्यापारी वा ठेकदारहरूले सालभरको कर, महसुल आदि पटकपटक नगरी एकै मुस्ट बुझाउनुपर्ने वा बुझाउने रकम; गनिगनाउ चुक्ता।
21484 गनोट ना. १. गन्ने काम; गणना; गन्ती।
21485 गनोट ना. २. गणितविद्या।
21486 गनौटो वि. १. एक-एक गरी गनिएको; गन्ती गरिएको।
21487 गनौटो वि. ना. २. गन्ने साधन; हिसाब गर्ने साधन; गणक।
21488 गन्ज ना. १. गारो वा भित्तोमा खोपैखोपा पारेर बनाइएको, परेवा पाल्ने काठको बाकस, परेवाको गुँड।
21489 गन्ज ना. २. कलम, कर्द, चकमक आदि घुसारेर राखिने खुकुरीको दापमा जडिएको थपुवा खण्ड।
21490 गन्ज ना. ३. नामका अन्तमा प्रत्ययका रूपमा लागेर बस्ती वा बजारको वाचक बन्ने शब्द; नगर; बजार (अमलेखगन्ज, महाराजगन्ज, नेपालगन्ज इ.)।
21491 गन्जागोल ना. १. स्थिति, गति, नीति, पद्धति आदिमा उत्पन्न हुने गडबडी, भद्रगोल; गज्याङगुजुङ।
21492 गन्जागोल ना. २. धेरै मानिस, मालसामान आदि जथाभाबी भएर एकै ठाउँमा छरिने स्थिति; छ्यासमिस।
21493 गन्जिफा ना. एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छ्यान्नब्बे पत्ती हुने त्यसैको खेल।
21494 गन्जी ना. टाउको र हात छिराएर लाउनुपर्ने, धागोले बुनेको पेटे भोटोको रूपमा भित्री भागमा लगाइने लुगा।
21495 गन्जी ना. एक प्रकारको कन्द, सुठुनी; सखरखण्ड।
21496 गन्डा ना. देवताको प्रसादका रूपमा घाँटीमा माला लगाइने डोरो।
21497 गन्डा ना. १. पैसा, तौल आदिको गणना वा परिमाण बुझाउँदा चारको समूहलाई बुझाउने शब्द।
21498 गन्डा ना. २. मुद्राप्रणालीमा चार एकाइको समूह; आना।
21499 गन्डी वि. १. गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब; गन्डी चाल इ.)।
21500 गन्डी वि. ना. २. चार तोलाको समूह; सेरको बिसौँ भाग बराबरको तौल।