Dictionary

All Word

21401 गतिहारा वि. १. जाँगरमरुवा।
21402 गतिहारा वि. २. गतिछाडा।
21403 गतिहीन ना. १. कुनै गति वा उपाय नभएको; रोकिएको वा अडिएको।
21404 गतिहीन ना. २. असहाय र दुःखी।
21405 गते ना. सूर्य एक राशिबाट अर्को राशिमा सरेको दिनलाई एक गते मानी त्यस राशिमा सूर्य रहुन्जेल बढ्दै जाने प्रत्येक दिन; मिति।
21406 गत्त वि. गएगुज्रेको; गति न पतिको अवस्था बिग्रेको।
21407 गत्तम वि. गतिमति नभएको; गएगुज्रेको; रद्दी।
21408 गथासो ना. धेरै कालदेखि मनमा गाढिएर बसेका सुखदुःख वा पीडामर्मको गन्थन; दुःखपुकारा; दुखेसो।
21409 गद ना. १. व्याधि, रोग।
21410 गद ना. २. विष विषालु पदार्।
21411 गद ना. ३. पुराणका अनुसार कृष्णका एक भाइको नाम।
21412 गद ना. ४. अश्विनीकुमार।
21413 गद ना. लामा र ठुला पात हुने, घोगाका आकारका ठुला फूल फुल्ने र पहेँलो रङको कन्द हुने एक वन्य बुटी वा त्यसैको कन्द; मुरा।
21414 गदर ना. १. व्यक्ति, समाज वा राष्ट्रको परस्पर विद्रोह; विप्लव; उपद्रव।
21415 गदर ना. २. होहल्ला; खलबली।
21416 गदरा ना. ठुलो र फराकिलो डोरीवाल सुकुल, गजरा।
21417 गदरी वि. भर्खर हार पस्न लागेको वा कलिलो र दुधिलो मकै।
21418 गदा ना. १. विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार।
21419 गदा ना. २. प्राचीनकालमा युद्धमा प्रयोग गरिने, टुप्पातिर धातु वा काठको ठुलो गाँठो भएको एक हतियार।
21420 गदाधर ना. विष्णु।
21421 गदालो ना. दौरासुरुवाल लगाउँदा दौराबाहिर लगाइने लुगा; कोट।
21422 गदाल्नु ना. नेपालको कर्णाली अञ्चलका लेकाली भेगतिर पाइने एक वन्य औषधी वा बुटी।
21423 गद्कनु अ.क्रि. आगो बालेर उमाल्दा भात, तरकारी आदि छड्कनु; गद्गद् गर्नु।
21424 गद्काइ ना. गद्कने क्रिया वा प्रक्रिया।
21425 गद्काइनु क.क्रि. गद्कने पारिनु।
21426 गद्काउनु स.क्रि. गद्कने पार्नु, छट्काउनु।
21427 गद्गद वि. १. कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षि।
21428 गद्गद वि. २. हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर) ना. ३. आनन्द; हर्ष।
21429 गद्गद् क्रि.वि. बाक्लो वा लेदो पदार्थ छड्कने वा गद्कने चालमा।
21430 गद्दर ना. १. थलथल गर्ने हिलो; भास; धाप।
21431 गद्दर ना. २. फोहर मैला।
21432 गद्दर ना. वि. ३. फोहरी।
21433 गद्दरपोस ना. गोडा पुछ्नका निम्ति ढोकामा बिछ्याइने सनपाट, नरिवल, तार आदिबाट बनेको खस्रो चकटी।
21434 गद्दा ना. रुवा, रबड आदिबाट बनेको नरम र बाक्लो बिछ्याउना; गद्दी।
21435 गद्दार वि. १. आपसी हक, हित र विश्वासमा आघात पुऱ्याउने; धोखेबाज, बेइमान।
21436 गद्दार वि. २. शान्ति र सुव्यवस्थामा हलचल ल्याउने वा उत्पात मच्चाउने; ठुलो विद्रोह वा आतङ्क गर्ने।
21437 गद्दारी ना. गद्दारको कार्य वा स्वभाव; बेइमानी; धोकाबाजी।
21438 गद्दी ना. १. राजसिंहासन; गादी।
21439 गद्दी ना. २. हात्तीका हौदामा बिछ्याइने आसन।
21440 गद्दी ना. ३. बाक्लो, नरम खालको बिछ्याउना; गद्दा; डसना।
21441 गद्दी नरसिंह/नसिन वि. सिंहासनमा आरोहण भएको; गद्दीमा बसेको।
21442 गद्दी बैठक ना. पहिले राजाको गद्दी रहेको हनुमानढोकास्थित बैठक; गादीबैठक।
21443 गद्दु ना. १. माउबाट छुट्टिने बेला नभएको भालुको बच्चो।
21444 गद्दु ना. वि. २. काम नलाग्ने; बेकम्मा; लद्दु।
21445 गद्य ना. काव्य वा साहित्यका संरचनात्मक शिल्प तथा शैलीविशेषका आधारमा विभाजित भेदमध्ये एक; छन्द र लयको औपचारिक बन्धनमा आधारित नभएको भेद।
21446 गद्य कविता ना. छन्द र लयको औपचारिकताविना अभिव्यक्तिमा कवितात्मक तत्त्व भरिएको रचना; छन्दमुक्त कविता।
21447 गद्य काव्य ना. छन्दमा नबाँधिई गद्यमा नै कवितात्मक तत्त्व भरिएको स्वतन्त्र वा मुक्त रूपमा रचित काव्य।
21448 गद्यात्मक वि. गद्यका रूपमा लेखिएको; गद्यसम्बन्धी; गद्यप्रधान।
21449 गद्यात्मकता ना. गद्यात्मक हुनाको भाव, क्रिया वा स्थिति।
21450 गऱ्याकगुद्रुक क्रि.वि. १. मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झैँ आवाज उत्पन्न हुने किसिमले।