Dictionary

All Word

21551 गन्धे झार ना. १. सेता वा नीला रङका ससाना फूल फुल्ने एक किसिमको झार; गोब्रेझार।
21552 गन्धे झार ना. २. गनाउने भार।
21553 गन्नेमान्ने वि. समाजमा मर्यादित तथा प्रतिष्ठित; ठुलाठालू; भलाद्मी।
21554 गन्हाइ ना. गन्हाउने भाव, क्रिया वा प्रक्रिया।
21555 गन्हाइनु अ.क्रि. दुर्गन्ध आइनु।
21556 गन्हाउनु अ.क्रि. दुर्गन्ध आउनु, दुर्नाम चल्नु।
21557 गन्हाउने ना. गर्भवती आइमाईलाई हुने अरुचि, औसाने।
21558 गप्फड वि. महाको गफी; गफाडी।
21559 गप्फा ना. मुखमा नअटाएसम्मको ठुलो गाँस; गप्फू।
21560 गप्फु वि. ठुलो घाँटी भएको गर्धने।
21561 गप्फू ना. मुखमा नअटाएसम्मको ठुलो गाँस; गप्फू।
21562 गप्फू वि. ठुलो घाँटी भएको गर्धने।
21563 गप्फ्याइ ना. गप्फ्याउने काम वा प्रक्रिया।
21564 गप्फ्याइनु क.क्रि. ठुलठुला गाँस हालेर खाइनु; गप्फा हालिनु।
21565 गप्फ्याउनु- स.क्रि. ठुलो गाँस हालेर धमाधम खानु; गप्फा हसुर्नु।
21566 गफ ना. १. मन बहलाउन वा समयकटनीका लागि गरिने बातचित; खालि मनोरञ्जनको कुरा; गफगाफ।
21567 गफ ना. २. हुँदै नभएको कुरा झुटो कुरा।
21568 गफ ना. ३. ठट्यौलो कुरा, हाँसखेलको कुरा।
21569 गफगाफ ना. १. उद्देश्यविनाको कुराकानी।
21570 गफगाफ ना. २. खालि हँस्यौली वा ठट्यौलीका कुरा।
21571 गफाडी वि. धेरै गफ गर्ने स्वभावको; गुड्डी हाँक्ने; गप्फड गफी।
21572 गफलक्क क्रि.वि. खाँदा ठुलठुला गाँस हालेर अटाईनअटाई खाने गरी।
21573 गफलत ना. १. प्रमाद वा असावधानीबाट हुने गल्ती; भुलचुक।
21574 गफलत ना. २. बेपरवाही; बेहोसी।
21575 गफल्क्याइ ना. ठुलठुला गाँस हालेर खाने क्रिया वा किसिम।
21576 गफल्क्याइनु क.क्रि. गफलक्क खाइनु; एकै गप्फा पारिनु।
21577 गफल्क्याउनु स.क्रि. ठुलठुला गाँस हालेर एकदममै खानु; गप्फ्याउनु।
21578 गफसफ ना. १. उद्देश्यविनाको कुराकानी।
21579 गफसफ ना. २. खालि हँस्यौली वा ठट्यौलीका कुरा।
21580 गफागफ क्रि.वि. खाँदा गप्फाका गप्फा हालेर; कपाकप।
21581 गफाडी वि. धेरै गफ गर्ने स्वभावको; गुड्डी हाँक्ने; गप्फड गफी।
21582 गफास्ट/गफास्टक वि. १. भएनभएका कुरा जोडेर गफ छाँट्ने; गफी; गफाडी।
21583 गफास्ट/गफास्टक वि. ना. २. त्यस्ता धेरै कुराको समुदाय वा सङ्कलन।
21584 गफी वि. १. धेरै गफ गर्ने; गफडी।
21585 गफी वि. २. भएनभएका कुरा गर्ने खालको; फटाहा।
21586 गबडु वि. कुरकुरे बैँसको; भर्खर जवानी चढेको; पट्ठो।
21587 गबुल्लो वि. छाँट न काँटको; लठ्यौरो; हबुल्लो।
21588 गबुवा ना. गाईभैंसीको दुध दुहुने काठ वा बाँसबाट बनेको भाँडो; ढुङ्ग्रो; दुधेरो।
21589 गब्रुङ ना. एक प्रकारको खाकी रङको कपडा।
21590 गब्रुवा वि. हल्का खालको खैरो, फुस्रो खैरो।
21591 गभर्नर ना. १. कुनै प्रान्त वा प्रदेशको शासक; प्रशासक।
21592 गभर्नर ना. २. राज्यपाल; क्षेत्रपाल।
21593 गभर्नर ना. ३. मौद्रिक नीति क्रियान्वित गर्ने तथा राष्ट्रबैङ्कको प्रशासन सञ्चालित गर्ने प्रमुख पदाधिकारी।
21594 गभारो ना. १. केरा, कर्कलो, मकै आदिका फेदमा रोगको रूपमा उब्जने सेतो रङको, गँड्यौलाजस्तो किरो।
21595 गभारो ना. २. त्यस्ता किराबाट उब्जने सो रोग।
21596 गभीर वि. १. गहिरो; गहकिलो; गम्भीर।
21597 गम्नु स.क्रि. १. कुनै काम कुरामा नहड्बडाई विचार गर्नु, धैर्यपूर्वक सोच्नु, मनन गर्नु।
21598 गम्नु स.क्रि. २. गौर गर्नु; सम्झनु; घोरिनु।
21599 गम ना. १. हिँड्ने काम; गमन।
21600 गम ना. २. प्रस्थान।