Dictionary

All Word

19651 खाकी वि. मट्याइलो खैरो रङको; खैरो (कपडा आदि)।
19652 खाक्सी ना. १. खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा मस्काएर सफा पार्ने काममा प्रयोग गरिने सोही रुखको पात; खाग्सी।
19653 खाक्सी ना. २. काठपात आदि चिल्ल्याउन र धातुका वस्तुहरूमा जमेको कस सफा गर्न कागत वा कपडामा काँचको धुलो टाँसी बनाइएको रगड्ने खस्रो काग।
19654 खाग ना. गैँडाको नाकमाथिको मूल्यवान् अङ्ग।
19655 खाग ना. १. एक प्रकारको बलियो काठ; अग्राख।
19656 खाग ना. वि. २. जान्नेसुन्ने; टाठोबाटो; खप्पिस; खग्गू; खग्गड।
19657 खागमौरो ना. रुखमा चाका लगाएर बस्ने, मौरीले जस्तै मह पार्ने, अरिङ्गालजत्रो एक प्रकारको ठुलो मौरी।
19658 खागी वि. १. हे खाकी।
19659 खागी वि. २. जोसमनी सन्तसम्प्रदायका खागी र त्यागी दुई भेदमध्ये एक।
19660 खागो ना. भिरमा चाका लगाएर बस्ने एक प्रकारको ठुलो मौरी; भिरमौरी; खागमौरो।
19661 खाग्सी ना. १. खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा मस्काएर सफा पार्ने काममा प्रयोग गरिने सोही रुखको पात; खाग्सी।
19662 खाग्सी ना. २. काठपात आदि चिल्ल्याउन र धातुका वस्तुहरूमा जमेको कस सफा गर्न कागत वा कपडामा काँचको धुलो टाँसी बनाइएको रगड्ने खस्रो काग।
19663 खाङ्ग्रे ना. १. ठुलो आकारको डोको; खाङ्ग्रो।
19664 खाङ्ग्रे ना. वि. २. खाङ्ग्रो बोकेर हिँड्ने।
19665 खाङ्ग्रे डोको ना. खोस्मेरा, पत्कर, घुसान आदि बोक्ने ठुलो डोको।
19666 खाङ्ग्रो ना. घाँस, पत्कर, खोस्मेरा आदि बोक्ने ठुलो आकारको डोको; खाङ्ग्रे।
19667 खाजा ना. १. पोते उन्दा धागामा नउनिई छिरलिएका दाना।
19668 खाजा ना. २. छाप्ने अक्षरका विभिन्न टाइप एकै ठाउँ मिसिएको रास वा थुप्रो।
19669 खाजा ना. १. मध्याह्न घर्केपछि खाइने खानेकुरो; दिउँसोको साधारण खाना; चमेना; अर्नी।
19670 खाजा ना. २. विवाह भएको वर्ष दिनपछि दुलाहाबाट दुलहीका माइतमा कोसेलीका रूपमा पठाइने सेलरोटी, फलफूल आदि खानेकुरो।
19671 खाट ना. मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठुलो, लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्यौटो।
19672 खाट तौली ना. आँगा र थापाचिनियाँ दुई थरी मिसिएको धान।
19673 खाटा ना. घाउखटिरा निको भएर छालामा बसेको पाप्रो; घाउको बाहिरी भाग सुकेको पाप्रो वा डोब।
19674 खाडल ना. खनेर वा भलबाढी आदिले जमिनमा परेको गहिरो ठाउँ; अग्लो जमिनका बिचमा परेको खाँद; खाल्टो; भड्खारो।
19675 खाडी ना. १. दलदले वा आहालजस्तो भएको जमिन वा ठाउँ; धाप।
19676 खाडी ना. २. सनपाट, छाला आदि कुहाएर धुनका लागि बनाइएको ससानो पोखरी।
19677 खाडी ना. ३. तीनतिर जमिनले घेरिएको समुद्रको सानो भाग; उपसागर।
19678 खात ना. १. एकमाथि अर्को गर्दै धेरै वस्तुको खप्ट्याइ; चाङ; तह; ठेली।
19679 खात ना. २. रास; थुप्रो।
19680 खाता ना. १. कुनै कार्य, विभाग वा व्यक्ति आदिको आयव्यय वा लेनदेनको लेखा।
19681 खाता ना. २. हरेक ग्राहक, असामी आदिको लेनदेन वा यस्तै हिसाब राख्ने किताब ; बही।
19682 खाता ना. ३. जमिनको नाप, आम्दानी आदिको बेहोरा लेख्ने सरकारी बही; क्षेत्रीय पुस्तिका।
19683 खाताखात ना. खातमाथि खात; अटाईनअटाई हुने काम।
19684 खाता जाँच ना. सरकारी अड्डाखाना वा कम्पनी, महाजन आदिको आम्दानीखर्चको हिसाबबही जाँच्ने काम।
19685 खातापाता ना. दुवैतिर गालामा बाक्लो गरी उम्रेको दाह्री।
19686 खाता बही ना. सरकारी तथा गैरसरकारी निकाय वा व्यक्तिविशेषको आम्दानी - खर्च, रकमकलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर)।
19687 खातिर ना. यो. १. निम्ति लागि।
19688 खातिर ना. यो. ना. २. आदर; सम्मान।
19689 खातिर ना. यो. ३. मनमा गडेको कुरा; खुट्को।
19690 खातिरजमा/जामा ना. १. सन्तोष; विश्वास।
19691 खातिरजमा/जामा ना. २. सान्त्वना; भरोसा।
19692 खातिरजमा/जामा ना. ३. भलो मनसुबा; आफ्नो कर्तव्य सम्झेर गरिने व्यवहार।
19693 खातिरदारी ना. आगन्तुक, अतिथि वा मान्य जनको आदरसत्कार गर्ने काम; आदरभाव।
19694 खातिरी ना. खातिरदारी।
19695 खाते ना. फोहोरको खातबाट चिजबिज बटुली त्यसैको बेचबिखन गरेर जीविका चलाउने मान्छे।
19696 खातैखात ना. एकमाथि अर्को खप्ट्याएर वा एकै ठाउँमा राखिएका वस्तुहरूको चाङ; रास; थुप्रो, धेरै तह।
19697 खात्तिनु अ.क्रि. एकमाथि अर्को हुँदै चाङ पर्नु, खात लाग्नु।
19698 खाद ना. १. खेत, बारी आदिलाई मलिलो बनाउने गोबर वा कुहिएको पातपतिङ्गर, मल।
19699 खाद ना. २. खेतबारीलाई उब्जाइलो बनाउनका निम्ति रासायनिक प्रक्रियाद्वारा तयार पारिएको पदार्थ, उर्वरक।
19700 खादक वि. कुनै वस्तुलाई खाने वा भोग्ने; भक्षक।