Dictionary

All Word

19501 खसाखस क्रि.वि. २. सरासर; खुरुखुरु।
19502 खसान ना. प्राचीन पश्चिमी नेपालका खसराज्यको एक प्रमुख भाग; सिन्जासाम्राज्यका दुई प्रमुख प्रान्त खसान र जडानमध्ये एक; खसप्रदेश।
19503 खसानी ना. १. खसानप्रदेशसित सम्बन्धित; खसानको।
19504 खसानी ना. २. मध्यकालीन नेपाली भाषाको एक प्रमुख भेद।
19505 खसाल्नु स.क्रि. १. तलतिर झार्नु गिराउनु।
19506 खसाल्नु स.क्रि. प्रे.क्रि. २. अर्कालाई होच्याउनु, हेला गरेर बोल्नु।
19507 खसालाइ ना. खसाल्ने काम वा प्रक्रिया।
19508 खसालिनु क.क्रि. झारिनु, गिराइनु।
19509 खसिनु अ.क्रि. झरिनु, गिरिनु।
19510 खसिपा ना. झ्याल, ढोका आदि बनाउने काममा प्रयोग गरिने काठका तछुवा, चारपाटे टुक्रा।
19511 खसिया ना. विशेषतः आसामको भूभागमा रहेको मातृसत्ता प्रधान हुने एक जाति।
19512 खसी ना. अण्डकोषको नसा चुँडाली नपुंसक बनाइएको बोको।
19513 खसेउली ना. १. खसहरू बसेको ठाउँ।
19514 खसेउली ना. २. लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा पर्ने बुटवलको एक बजार; खस्यौली।
19515 खसेत्रो ना. १. खास्टो, मजेत्रो, बर्को आदि पातलो ओढ्ने।
19516 खसेत्रो ना. २. खस वा छेत्रीलाई हेला गरेर भनिने शब्द।
19517 खसोखास वि. १. जस्तो भएको हो त्यस्तै; जस्ताको तस्तो; यथार्थ; सत्य।
19518 खसोखास वि. २. साफसाफ; सफासफी; खसाखस।
19519 खस्कनु अ.क्रि. १. बसेको ठाउँबाट अरूलाई थाहा नदिई हिँड्नु, ठाउँ सर्नु; हट्नु।
19520 खस्कनु अ.क्रि. २. कमजोर हुनु, निस्तेज वा हतप्रभ हुनु।
19521 खस्कनु अ.क्रि. ३. उमेर ढल्कनु।
19522 खस्काइ ना. खस्किने काम वा प्रक्रिया।
19523 खस्काइनु क.क्रि. खस्कन लाइनु।
19524 खस्काउनु स.क्रि. १. खसाल्नु।
19525 खस्काउनु स.क्रि. प्रे. क्रि. २. खस्कन लाउनु।
19526 खस्किनु अ.क्रि. खस्कनु।
19527 खस्क्याहट ना. खस्कने काम वा अवस्था।
19528 खस्तीपर्ती ना. पहिले आबादी भएको तर पछि कुनै कारणले पर्ती रहेको जग्गा।
19529 खस्मिनी ना. कमाराकमारी वा नोकरनोकर्नीबाट मालिक्नीलाई सम्बोधन गरिने शब्द, स्वामिनी।
19530 खस्याकखुसुक क्रि.वि. १. जोसित कुरा गरिएको हो उसभन्दा बाहेक अरूले नसुन्ने गरी (कुरा गर्ने, कानेखुसी गर्ने, साउती मार्ने किसिम); खासखुस।
19531 खस्याकखुसुक क्रि.वि. ना. २. फोहरमैला।
19532 खस्याङखुसुङ/खस्याङमस्याङ ना. १. सानोतिनो मालसामान; खत्र्याकखुत्रुक; जेतेमेते।
19533 खस्याङखुसुङ/खस्याङमस्याङ ना. क्रि.वि. २. बिस्तारै; केही मात्र आवाज सुनिने तर स्पष्ट नबुझिने किसिमले।
19534 खस्रक्क क्रि.वि. सोचेचाहेजस्तो नभएर (मन खिन्न हुने किसिम)।
19535 खस्राङखुसुङ क्रि.वि. सुकेका पातपतिङ्गर आदि चलाउँदा वा कुल्नँदा आवाज आए झैँ।
19536 खस्रिनु अ.क्रि. कुनै कुरा खस्रो वा दर्फऱ्याउने किसिमको हुनु, छिप्पिन, परिपक्व हुनु।
19537 खस्रु ना. खरीका जस्ता खस्रा पात हुने र बोहरीका जस्ता फूल फुल्ने एक जातको रुख।
19538 खसे ना. १. गाईबस्तुलाई डाले घाँसका रूपमा पातहरू खुवाइने एक जातको रुख।
19539 खसे ना. वि. २. खस्रोपना भएको; रुखो।
19540 खस्रेतो ना. ठुलठुला खस्रा पात हुने र उन्युका जस्ता गेडा फल्ने बोटविशेष।
19541 खस्रे भ्याउतो ना. पाखामा हुने खस्रो खालको एक जातको भ्यागुतो।
19542 खस्रो वि. १. चिल्लो वा मिहिन नभएको; दरफऱ्याउने।
19543 खस्रो वि. २. कडा; साहो; मन नपर्दो।
19544 खस्रो वि. ३. पेटमा कपट नराख्ने; खसोखास कुरा गर्ने।
19545 खस्रो कुरो ना. जस्ताको तस्तो कुरो ; चिप्लो नघसिएको कुरो।
19546 खस्रो कुरो ना. (उदा.- रोटी चिल्ला मिठा कुरा खस्रा मिठा। उखान)।
19547 खस्रो मसिनु ना. १. कुनै कुरा मनमा केही नराखी गरिने भनाभन ; ठाकठुक; तलबितल।
19548 खस्रो मसिनु ना. वि. २. मोटो र मिहिन (चामल आदि)।
19549 खस्य्राइ ना. खसिने भाव, क्रिया वा प्रक्रिया।
19550 खस्य्राइनु क.क्रि. खस्य्राउने काम गरिनु।