Dictionary

All Word

19401 खलियो ना. काठ, दाउरा आदि मिलाएर वा चाङ लाएर राखेको थुप्रो; कुनिउँ; चट्टा।
19402 खली ना. पीना।
19403 खली ना. १. अगति परेका प्रेतात्माको उद्धारका निम्ति तन्त्रमन्त्रका बलले आगोमा फाल हालेर धामीले गर्ने उद्धारक क्रिया।
19404 खली ना. २. भोगेर पाएको अनुभव; भुक्तभोग।
19405 खली खानु टु जीवनमा धेरै हन्डर खाएर पाको हुनु, सुखदुःख सबै झेलिसक्नु।
19406 खलीमट्टी ना. खरी पत्थर।
19407 खलु क्रि.वि. १. निश्चय नै; पक्का पनि।
19408 खलु क्रि.वि. ना. २. मनाही; निषेध।
19409 खले वि. खलाको; खलासँग सम्बन्धि।
19410 खले गरो ना. खेतको धान थुपार्न, चुट्न र दाइँ गर्न खुर्की, ताछी खलो बनाइने ठुलो, बाटुलो मुख्य गरो।
19411 खले जाँतो ना. खलाको काम सकिएपछि खुवाइने रमाइलो भोज वा भतेर।
19412 खले पूजा ना. कृषकहरूद्वारा खलामा गरिने भुमे पूजा।
19413 खले भाग ना. दमाईं, कामी, हली आदिलाई खलाबाट नै भरिने बर्खे बाली।
19414 खलो ना. काटेर, टिपेर वा उखेलेर ल्याइएका डाँठसहितका अन्न थुपार्न, माड्न, चुट्न वा दाइँ गर्न खेतबारीको कुनै भागलाई ताछतुछ पारेर, लिपेर सफा बनाइएको ठाउँ।
19415 खलोखुलो ना. खलोफुलो।
19416 खलोपुलो ना. खेती गरिएको जग्गाको जो भएको अन्न उठाइसकेपछि कसैले सिला खोजेर जम्मा गरेको अन्न (धान, गहुँ आदि)।
19417 खलोफुलो ना. देवकार्य वा पितृकार्यमा अर्पण गरिएका नगदी, जिन्सी मालसामान; देवपितृकार्यमा पुरोहितले पाउने सरसामान।
19418 खलोमैरो ना. खलामा थुपारेको अन्न उठाइसकेपछि खलाको बढारकुँढारबाट आएको अन्न।
19419 खल्काइ ना. खल्काउने क्रिया वा प्रक्रिया।
19420 खल्काइनु क.क्रि. खल्काउने काम गरिनु; निलिनु।
19421 खल्काउनु स.क्रि. नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुऱ्याउनु, निल्नु।
19422 खल्को ना. जुठो लाग्ने आफ्ना बन्धुबान्धवको मृत्यु सुनेपछि गरिने स्नान; आशौच स्नान।
19423 खल्ट्यान ना. १. खाल्टाखुल्टी परेको ठाउँ वा जग्गा।
19424 खल्ट्यान ना. २. रोपिएको वा छरिएको बिउ पर्याप्त नउम्रने उबडखाबड र रुखो जग्गा।
19425 खल्ती ना. कोट, कमिज, पाइन्ट आदिमा कपडाको टुक्रा जोडेर केही राख्न बनाइएको ठाउँ; गोजी; जेब; बगली।
19426 खल्पी ना. रायो, बेसार, नुन, तेल आदिमा मुछेर केही दिन घाम वा आगाको रापमा राखेर अमिल्याइएको काँक्राको अचार।
19427 खल्मा ना. ताल्चा मार्नका निम्ति ढोकामा जडिएको फलामको मुन्द्रो।
19428 खल्मा ना. पाखा बाली राख्ने ठाउँ; खोल्मा।
19429 खल्याकखुलुक्क क्रि.वि. घाउखटिरामा जमेको रगत, पिप आदि एकै पटक बाहिर निस्कने गरी; भएभरको मल साफ हुने किसिमले; खल्यातखुलुत्त; खातखुत्।
19430 खल्याङखुट्टी ना. एउटा खुट्टा उचालेर अर्को खुट्टाले मात्र टेकेर दौडने एक प्रकारको खेल ; खर्ल्याङखुट्टी।
19431 खल्याङखुलुङ क्रि.वि. १. जुठा भाँडाकुँडा पानीले खकालेर (सफा गर्ने किसिम); खकालखुकुल।
19432 खल्याङखुलुङ क्रि.वि. २. खल्याङमल्याङ; खलबल।
19433 खल्याङबल्याङ ना. १. धेरै मानिसले बोलेको अस्पष्ट आवाज; हल्लीखल्ली; कोलाहल ; होहल्ला; खल्याङमल्याङ।
19434 खल्याङबल्याङ ना. क्रि.वि. २. जमातले नै होहल्ला गर्ने गरी।
19435 खल्याङमल्याङ ना. १. धेरै मानिसले बोलेको अस्पष्ट शब्द; कोलाहल; खल्याङ ल्याङ।
19436 खल्याङमल्याङ ना. क्रि.वि. २. धेरै पानीले जम्मै जिउ भिज्ने गरी (नुहाउने किसिम )।
19437 खल्याङमल्याङ ना. वि. ३. खलबलिएको; अस्तव्यस्।
19438 खल्यातखुलुत्त क्रि.वि. पेटको कसरमसर एकैचोटि साफ हुने गरी (दिसा लाग्ने किसिम); खल्याकखुलुक्क।
19439 खल्ल क्रि.वि. एकैचोटि बग्ने गरी पानी खन्याउने किसिमले।
19440 खल्लड वि. हाडछालामात्र बाँकी रहेको, ज्यादै दुब्लो, ज्यादै बुढो।
19441 खल्लन वि. नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको खल्लो ( तिहुन, तरकारी आदि)।
19442 खल्लने वि. खल्लन।
19443 खल्लबल्ल ना. १. कुनै झैझगडा पर्दा धेरै मानिस कराउनाले भएको हल्लाखल्ला; बाझाबाझ गरेको आवाज; खल्याङमल्याङ।
19444 खल्लबल्ल ना. २. कुनै अन्याय, अत्याचारका विरोधमा उठेको सामूहिक आवाज; होहल्ला।
19445 खल्लमल्ल क्रि.वि. जिउ भिज्ने गरी पानी खत्त्याएर (नुहाउने किसिम)।
19446 खल्लर वि. नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको खल्लो ( तिहुन, तरकारी आदि)।
19447 खल्लर वि. १. हाडछाला मात्र रहेको; ज्यादै दुब्लो।
19448 खल्लर वि. २. बुढो।
19449 खल्लर वि. ३. खल्लड।
19450 खल्लु ना. काला गेडा र राता राता बियाँ हुने एक वृक्ष वा चुसेर खाइने त्यसैको फल।