Dictionary

All Word

19351 खलकी ना. वि. ३. खलकमा मिलेको वा बसेको; खलकको।
19352 खलक्क क्रि.वि. नरम पदार्थ नचपाईकन एकैपल्ट पेटमा पुऱ्याउने किसिमले।
19353 खलखल क्रि.वि. १. नरोकिईकन पानी बग्ने किसिमले ; कलकल।
19354 खलखल क्रि.वि. २. प्रशस्त पसिना आउने किसिमसँग।
19355 खलखल क्रि.वि. ३. पानीले भाँडाकुँडा आदि राम्ररी पखाल्ने छाँट झिकेर।
19356 खलखल क्रि.वि. ४. बेस्करी पानी खत्त्याएर नुहाउने किसिमले।
19357 खलखलती/खलखली क्रि.वि. अझ शीघ्रताका साथ खलखल हुने किसिमसँग।
19358 खलङ्गा ना. १. धेरै मानिस बस्ने डेरा; टहरो।
19359 खलङ्गा ना. २. नोकरचाकर बस्ने घर वा टहराको लङ।
19360 खलङ्गा ना. ३. पश्चिमी नेपालको कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदर मुकाम।
19361 खलङ्गा ना. ४. गल्ली, गल्छेडो (प. ने.)।
19362 खलडी ना. लिङ्गको अघिल्लो भाग छोप्ने छाला; लिङ्गका टुप्पाको छाला।
19363 खलनायक ना. १. नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र; प्रतिनायक।
19364 खलनायक ना. २. हुन लागेको कुनै काम पनि अघि सरेर भाँड्ने व्यक्ति।
19365 खलनायक ना. स्त्री. खलनायिका।
19366 खलपत्र ना. १. कसैले गर्न आँटेको वा गर्न लागेको काम पार लाउन नसक्ने देख्दा वा के के न गर्छु भनेर सेखी मात्र गर्दा भनिने व्यङ्ग्यात्मक शब्द; लछारपाटो।
19367 खलपत्र ना. वि. २. रूपरङ्गविनाको; खुइलिएको वा चाउरिएको।
19368 खलपत्र ना. स्त्री. खलपत्री।
19369 खलबल ना. १. कुनै झैझगडा पर्दा धेरै मानिस कराउनाले भएको हल्लाखल्ला; बाझाबाझ गरेको आवाज; खल्याङमल्याङ।
19370 खलबल ना. २. कुनै अन्याय, अत्याचारका विरोधमा उठेको सामूहिक आवाज; होहल्ला।
19371 खलबलाइ ना. खलबल गर्ने वा खलबलाउने काम।
19372 खलबलाइनु अ.क्रि. मन डगडग होइन, तुलबुलाइनु।
19373 खलबलाउनु अ.क्रि. मन डगडग हुनु, तुलबुलाउनु।
19374 खलबलिनु अ.क्रि. १. मिलेर बसेको कुनै कुराको तह वा क्रम बिग्रनु; गडबडिनु।
19375 खलबलिनु अ.क्रि. २. खलबल मच्चिन, अशान्ति मच्चिनु, हल्ला हुनु।
19376 खलबलिनु अ.क्रि. ३. कामको वा वस्तुको सिलसिला नमिल्नु।
19377 खलबली ना. खल्याङमल्याङ, खैलाबैला, होहल्ला; खलबल।
19378 खलबले वि. खलबल गर्ने; ठुलो स्वरले धेरै बोल्ने; हल्ला मच्चाउने।
19379 खलबल्याइ ना. खलबल्याउने क्रिया वा प्रक्रिया।
19380 खलबल्याइनु क.क्रि. खलबल गरिनु, हल्ला मचाइनु।
19381 खलबल्याउनु स.क्रि. ० खलबल गर्नु हल्ला मचाउनु।
19382 खलबल्याउनु स.क्रि. २. तलमाथि पार्नु; स्थिति वा तह बिगार्नु, गोलमाल पार्नु।
19383 खलमल क्रि.वि. जम्मै जिउ राम्ररी नुहाउने चाल; खलखली; खलमल्ल।
19384 खलल ना. चल्दै आएको चलन भाँड्ने वा बिगार्ने काम; बिघ्नबाधा; विरोध।
19385 खलाँती ना. आरनमा आगो फुक्न हावा दिने छालाको थैलो।
19386 खलास वि. १. समाप्त, खतम।
19387 खलास वि. २. मरेको; मृ।
19388 खलास वि. ३. कसरमसर बाँकी नभएको; सफा; स्वच्छ।
19389 खलासी ना. १. पिपासरहको एक सरकारी कर्मचारी वा दर्जा।
19390 खलासी ना. २. बस, मोटर, जहाज आदिको रेखदेख र सरसफाइ गर्ने टहलुवा; क्लिनर।
19391 खलासी ना. ३. ठुलठुला काठ चिर्ने रामोजस्तो ठुलो फलामे हतियार।
19392 खलिकपुर/खलिखपुर वि . एकैपल्ट भएभरको जम्मै; जो भएका सबै; भएजति; सम्पूर्ण।
19393 खलिता ना. चिठी; खलितापत्र।
19394 खलितापत्र ना. एक राजाबाट अर्का राजामहाराजालाई पठाइएको कुनै बन्दोबस्तसम्बन्धी चिठी।
19395 खलिपा/खलिफा वि. १. खुब जान्ने; सिपालु; पोख्।
19396 खलिपा/खलिफा वि. २. बाठो; चलाख।
19397 खलिपा/खलिफा वि. ३. धूर्त, छट्टु।
19398 खलिपा/खलिफा वि. ४. मध्यकालमा बगदादबाट इस्लामजगत्लाई शासन गर्ने धर्माधिकारी; बादशाह।
19399 खलियान ना. १. खलाहरूको समूह।
19400 खलियान ना. २. खलो।