Dictionary

All Word

19201 खरखर ना. क्रि.वि. २. त्यसरी खोसँदा आवाज आउने किसिमले।
19202 खरखर क्रि.वि. कुनै काम नरोकीकन फटाफट गर्ने किसिमले; खुरुखुरु।
19203 खरखरती क्रि.वि. नरोकीकन, धमाधम खुरुखुरु।
19204 खरखराइ ना. खरखराउने क्रिया वा प्रक्रिया।
19205 खरखराइनु अ.क्रि. खरखर शब्द निस्किनु।
19206 खरखराउनु अ.क्रि. १. मुसा, बिराला आदिले खोसेको वा कोरेको आवाज आउनु, खरखर शब्द निस्कनु।
19207 खरखराउनु अ.क्रि. २. पैसा, अन्न आदि धमाधम झर्नु।
19208 खरखरी क्रि.वि. नरोकीकन, धमाधम खुरुखुरु।
19209 खरखरे ना. टेबुल, दराज आदिमा बाहिर तान्न र भित्र घुसार्न हुने गरी मालसामान राख्न बनाइएको सानो खण्ड; घर्रा।
19210 खरखाँचो ना. आफूलाई चाहिएको कुनै वस्तु आफूसँग नभएको बेला; कुनै कुराको खाँचो परेको अवस्था; हर्जा, खनखाँचो, गाह्रोसाह्रो; असर्दो।
19211 खरखिचोला ना. खिचोला आदि गर्ने काम; विघ्नबाधा।
19212 खरखुवाई ना. कसैको भलो चिताउने काम; शुभेच्छा; मङ्गलकामना।
19213 खरदार ना. राजपत्र अनङ्कित तहको द्वितीय श्रेणीका कर्मचारीको एक दर्जा; निजामती कर्मचारीको एक तह।
19214 खरदारी ना. खरदारको काम, पद वा अवस्था।
19215 खरब ना. सय अरबको सङ्ख्या १,००,००,००,००,०००।
19216 खरबुजो ना. फर्सीको जस्तो डल्लो आकारमा हरिया र सेता धर्का हुने काँक्राका जस्ता बियाँ लाग्ने र पाकेपछि गुलियो गुदी हुने, प्रायः बालुवाप्रधान भूमिमा फल्ने एक फल।
19217 खरमासो ना. दैलाको बाहिरपट्टि साँचो लाउनका निम्ति गाडिएको पाङ्ग्रो।
19218 खररा ना. १. खर, घाँस आदिबाट बनेको झार्नेबढार्ने साधन।
19219 खररा ना. २. गाई, घोडा आदिको जिउ मल्ने र बुरुसमा लागेका रौँ र धुलोसमेत झार्ने बुरुस जस्तै फलामे साधन।
19220 खराइ ना. खराउने क्रिया वा प्रक्रिया।
19221 खराइनु क.क्रि. खरो पारिनु, सुकाइनु।
19222 खराउ ना. खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी वा खुट्टाका पन्जालाई टायर आदिका फित्ताले अड्याउने गरी बनाइएको काठका फल्याकको तलुवा मात्र भएको चट्टीजस्तो जुत्ता, पादुका, कठपाउ; खडाउ।
19223 खराउनु स.क्रि. १. कुनै वस्तु भुटेर वा घाममा सुकाएर खरो पार्नु।
19224 खराउनु स.क्रि. २. खुब तताउनु ज्यादै सुकाउनु।
19225 खराउ खुट्टे वि. १. पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औँलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको।
19226 खराउ खुट्टे वि. ना. २. त्यस्तो खुट्टा वा पैताला भएको मान्छे।
19227 खराखर क्रि.वि. धमाधम; खरखरी; खुरुखुरु।
19228 खराखरी क्रि.वि. सरासरी; नरोकीकन।
19229 खराज/खराद ना. १. काठ, धातु आदिका वस्तु सम्म्याउने वा सफा गर्ने औजारविशेष।
19230 खराज/खराद ना. २. काठ, धातु आदिका वस्तुहरू मेसिनमा चढाई सफा गर्ने वा चिल्लो पार्ने काम।
19231 खराज कल ना. अम्खोरा आदि धातुका भाँडा बनाउँदा आकार दिइसकेपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो टल्कने बनाउने कल।
19232 खरानी ना. दाउरा आदि वस्तु बलिसकेपछि बाँकी रहने धुलो वा क्षार पदार्थ; भस्म; खाक।
19233 खरानी दानी ना. खरानी हाल्ने वा खरानी फ्याँक्ने, झार्ने भाँडो; ठुटोरो (एस्ट्रे)।
19234 खराने वि. १. खरानी रङको खरानीसम्बन्धी।
19235 खराने वि. २. बेकम्मा; रद्दी।
19236 खराने वि. ना. ३. एक प्रकारको बनैयाँ झार।
19237 खराब वि. १. ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठिक।
19238 खराब वि. २. चालचलन बिग्रेको; दुर्जन; दुष्ट।
19239 खराब वि. ३. छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक; अहितकर।
19240 खराब वि. ४. सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन, बानीबेहोरा, आचरण इ.)।
19241 खराबी ना. १. खराब हुने काम वा चाल; नजातीपन; दोष, त्रुटि; अवगुण, कमी।
19242 खराबी ना. २. हानि नोक्सानी।
19243 खरायो ना. मुसाका जातको, बिरालोजत्रो, लामा कान हुने र उफ्रिँदै दगुर्ने, शाकाहारी एक जङ्गली प्राणी; चौघडा।
19244 खरिनु अ.क्रि. १. कुनै वस्तु आगो वा घामले खरो हुनु, डढ्लाजस्तो भएर भुटिनु।
19245 खरिनु अ.क्रि. २. आकाङ्क्षा बढ्नु, उत्कण्ठित हुनु।
19246 खरिनु अ.क्रि. ३. रुखिनु, भोक, प्यासले पीडित हुनु।
19247 खरिनु अ.क्रि. ४. धान, गहुँ आदि बाली ज्यादा पाकेर वा सुकेर झर्ने हुनु।
19248 खरिद्नु स.क्रि. अर्काका अधिकारमा रहेको कुनै वस्तु वा मालसामान मूल्य तिरेर आफ्नो बनाउनु, खरिद गर्नु, किन्नु बेसाउनु।
19249 खरिद ना. अर्काको अधिकारमा रहेको कुनै मालसामान मूल्य तिरेर आफ्नो अधिकारमा पार्ने काम किन्ने काम; बेसाउने काम; किनमेल।
19250 खरिद आदेश ना. सरकारी वा गैरसरकारी कार्यालयहरूमा कुनै मालसामान बजारभाउअनुसार किन्न वा खरिद गर्नका लागि कार्यालय प्रमुखद्वारा दिइने आदेश।