Dictionary

All Word

19601 खाँदाखाँद ना. १. परस्परमा खाँद्ने काम; कोचाकोच।
19602 खाँदाखाँद ना. २. ठेलमठेल।
19603 खाँदिनु क.क्रि. १. ठेलमठेल भएर बस्नु, कोच्चिनु; थिचिनु।
19604 खाँदिनु क.क्रि. २. गोदिनु; पिटिनु।
19605 खाँदोपिँदो वि. इच्छामाफिक वा मिठोमसिनो खानेपिउने; खानलाउन दुःखकष्ट नभएको, हुँदाखाँदो; धनी।
19606 खाँबे वि. १. खाँबोका आकारको; खाँबोजस्तो; खाँभे।
19607 खाँबे वि. ना. २. र अक्षर।
19608 खाँबो ना. घरगोठ आदिको दलिन, छानो आदिलाई थाम्न बनाइएको कापे थाम; चोके परेको मोटो काठ; खाँभो।
19609 खाँभे वि. १. खाँबोका आकारको; खाँबोजस्तो; खाँभे।
19610 खाँभे वि. ना. २. र अक्षर।
19611 खाँभो ना. घरगोठ आदिको दलिन, छानो आदिलाई थाम्न बनाइएको कापे थाम; चोके परेको मोटो काठ; खाँभो।
19612 खाँस ना. झ्यालढोका दुवैतिर खापा लाउन हुने गरी चौकोसमा खाँद काटिएको भाग; खाँच।
19613 खानु स.क्रि. १. खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु; भोजन गर्नु।
19614 खानु स.क्रि. २. गुतार्नु हसुर्नु, घिच्नु ( निन्दार्थमा )।
19615 खानु स.क्रि. ३. अर्काको रुपियाँपैसा वा मालसामान आदि लिएर नतिर्नु वा फिर्ता नदिनु; पचाउनु।
19616 खानु स.क्रि. ४. दुःख, कष्ट, हन्डर, गोता आदि भोग्नु बेहोर्नु।
19617 खानु स.क्रि. ५. कुनै काम बनाइदिने निहुँले घुस लिनु भ्रष्टाचार गर्नु।
19618 खाइ ना. खाने काम वा प्रक्रिया।
19619 खाइकुपथ ना. कुनै विकृत वा हानिकारक पदार्थ खाँदा शरीरमा पर्ने नजाती असर।
19620 खाइखर्च ना. १. खानका लागि लाग्ने खर्च।
19621 खाइखर्च ना. २. खाएर मात्र रित्तिने आम्दानी।
19622 खाइखुई वि. तल्लो तहको; साधारण हैसियतको; निम्छरो।
19623 खाइखेती ना. १. व्यवसायविहीन अवस्था; बेकार अवस्था।
19624 खाइखेती ना. २. पुगेस-पुगेसको स्थिति; टुमटुमको अवस्था; जिनतिनको गुज्रान; लिउँचिउँ।
19625 खाइजाडो ना. खाएपछि हुने जाडो।
19626 खाइजियो ना. खान मात्र पुग्ने कमाइ; खाइजीविका; पेटपालो।
19627 खाइजीविका ना. खान मात्र पुग्ने कमाइ जीवनवृत्ति; निर्वाह; खाइजियो।
19628 खाइद्यौ वि. कामकाज केही नगरेर खान मात्र खोज्ने वा खाइ मात्र रहने; खाइबा।
19629 खाइन ना. खाएभोगेको वस्तु, राम्रो भोजन।
19630 खाइनपाइन ना. १. राम्ररी खाएपाएको जग्गाजमिन।
19631 खाइनपाइन ना. २. भोजनअनुसारको बल।
19632 खाइनु क.क्रि. खाने काम गरिनु।
19633 खाइपाइ ना. पहिलेदेखि खाँदै, भोग्दै आएको कुरा; खाने र भोग्ने काम (तलब, भत्ता आदि )।
19634 खाइब ना. थाङ्क कपडामा बुट्टा भर्ने र चित्र लेख्ने लामा; थाङ्क चित्रकार।
19635 खाइबा वि. कामकाज केही नगरी खान मात्र खोज्ने; खाइ मात्र रहने; खाइद्यौ।
19636 खाइबिराम ना. कानुनअनुसार लिन, खान नहुने कुरा लिँदा वा खाँदा हुने अपराध वा कसुर।
19637 खाइलाग्दो वि. झलक्क हेर्दा रहरलाग्दो; खाएअनुसार जिउडाल भएको; भरभराउँदो; हेरिरहूँ जस्तो।
19638 खाइसार ना. कुनै कुरालाई खाएर प्रयोजनमा ल्याउने काम; कुनै कुरालाई खाएर वा उपभोग गरेर लिइने सार्थकता।
19639 खाइसार ना. खाइसार कि लाइसार मरेपछि लम्पसार (उखान)।
19640 खाइहाल्दो वि. १. घरगृहस्थी राम्रो भएको; खानेपिउने कुराको राम्रो बन्दोबस्त भएको हुँदोखाँदो।
19641 खाइहाल्दो वि. २. सुन्दर, हृष्टपुष्ट; खाइलाग्दो।
19642 खाई ना. १. चारैतिर अग्लो, बिचमा गहिरो भएको जमिन; खाल्डो; खाडल।
19643 खाई ना. २. किल्ला, सहर आदिको रक्षाका निमित्त वरिपरि खनेर पानी भरिएको खाडल ; खावा; खौलो।
19644 खाक ना. १. कुनै वस्तु बेस्करी बलिसकेपछि बाँकी रहने क्षार पदार्थ; खरानी; भस्म।
19645 खाक ना. २. माटो, धुलो।
19646 खाकर वि. खान नपाएर ज्यादै दुब्लाएको।
19647 खाका ना. १. रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रङ भर्न बाँकी रहेको रेखाचित्र।
19648 खाका ना. २. त्यसै खालको रेखा वा ढाँचा बनाइने कागज; नक्सा; मानचित्र।
19649 खाका ना. ३. समयसमयमा हुने उतारचढाउ, परिवर्तन आदि सूचना गर्ने रेखात्मक अङ्कन; ग्राफ।
19650 खाका ना. ४. कुनै पत्र, लेख, धान आदिको आरम्भिक रूप; रूपरेखा; मसौदा (ड्राफ्ट)।