Dictionary

All Word

19001 खद्दर ना. हातले काती, बुनी घरेलु तानमा तयार पारिने सुतको मोटो कपडा, खादी; खाँडी।
19002 खद्योत ना. जूनकिरी।
19003 खन्नु स.क्रि. १. कुटो, कोदालो, कोदाली आदि विभिन्न आकारका फलामे हतियारले जमिन खोस्रनु।
19004 खन्नु स.क्रि. २. बाली लगाउनका लागि खेतबारीको माटो ओल्टाइपल्टाइ गर्नु वा खुकुलो पार्नु।
19005 खन्नु स.क्रि. ३. थाहा नपाउने चालले अर्कालाई दुःख दिनु वा सताउने प्रयास गर्नु।
19006 खन्नु स.क्रि. (उदा.- उसले भित्रभित्रै म्रो जरोकिलो खन्न लागेको छ)।
19007 खनक वि. जग्गाजमिन खन्ने; खनजोत गर्ने।
19008 खनखन क्रि.वि. १. धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले।
19009 खनखन क्रि.वि. ना. २. कचकच; फतफ।
19010 खनखनी/ खनखन्ती क्रि.वि. धातुका रुपियाँ वा सिक्का धमाधम गन्ने गरी।
19011 खनखाँचो ना. आवश्यक पर्ने वस्तु आफूसँग नभएको बेला वा कुनै कुराको खाँचो परेको बेला; गाह्रोसाह्रो; हर्जा; खाँचो; असर्दो।
19012 खनजोत ना. हलो, कोदालो आदि साधनले जग्गाजमिन आबाद गर्ने काम; खेतबारी खन्नेजोत्ने काम; खनीखोसी।
19013 खनाइ ना. खन्ने क्रिया वा प्रक्रिया।
19014 खनाइनु क.क्रि. खन्ने काम गराइनु।
19015 खनाउनु प्र.क्रि. खन्न लाउनु; खन्ने काम गराउनु।
19016 खनाखन क्रि.वि. धातुका रुपियाँ वा सिक्का गन्ने किसिमले; खनखन्ती।
19017 खनाति ना. आफ्नो पाँच पुस्तापछिको पुरुष सन्तति; पाँच पुस्ताको नाति नातिको छोरो।
19018 खनायो/खनिउँ ना. केही बाटुला र टुप्पातिर चुच्चे आकारका ठुला, बाक्ला पात हुने, फेदमा लिचीजत्रा फलका माटाबाहिर झुप्पा लाग्ने र माटाभित्र जरामा समेत फल्ने, पाकेपछि गुलियो स्वादको हुने एक किसिमको डाले घाँसको बोट वा त्यसैको फल; खन्यु; हात्तीपाइले।
19019 खनिचा ना. गोलाकार टुप्पो र धारिलो बिट हुने एक प्रकारको छिनु।
19020 खनिज वि. भूगर्भभित्र रहेको, खानीबाट निस्कने वा निकालिने; खानीमा पाइने।
19021 खनिज उत्पादन ना. खानीबाट पैदा हुने वा निस्कने वस्तु।
19022 खनिज पदार्थ ना. खानीबाट निस्कने वस्तु, खानीमा रहने वस्तु।
19023 खनिज पानी ना. खनिज तत्त्वको आधिक्य भएको पानी।
19024 खनिजविज्ञान ना. भूगर्भमा रहेको खानी पत्ता लगाउने र खानीबाट निस्कने वस्तुको विवेचना गर्ने विद्या; खनिजसम्बन्धी विज्ञान।
19025 खनिज साधन ना. खानीबाट निकालिने सामान; खानीबाट निक्लने सामग्री।
19026 खनिनु अ.क्रि. १. पानी आदि तरल पदार्थ बेसरी पोखिनु; आकाशबाट दर्केर पानी पर्नु।
19027 खनिनु अ.क्रि. २. कसैले वा केही वस्तुले ओगटेको ठाउँ खाली हुनु, रित्तिनु।
19028 खनिनु अ.क्रि. ३. कुनै वस्तु एकैपल्ट धेरै मात्रा वा सङ्ख्यामा वैरिनु; आइलाग्नु; धुरिनु।
19029 खनी वि. १. समय मिल्ने वा पाउने; फुर्सद भएको।
19030 खनी वि. २. थोरै बेर मात्र रहने; एकै छिनको; क्षणिक।
19031 खनी वि. ना. यो. ३. निम्तिको अर्थ बुझाउने पुरानो शब्द।
19032 खनीउकाली ना. एकै छिनको सुख वा उन्नति; मुतको न्यानो।
19033 खनीओराली ना. छिनभरको अवनति; अवनतिको क्षणभङ्गुरता; एकै छिनको दुःख वा अवनति।
19034 खनीओराली ना. (उदा.- आफूलाई त कैले खनीउकाली, कैले खनीओराली पो भएको छ)।
19035 खनीखोस्री ना. कुटो, कोदालो आदि साधनले खेतबारी वा जग्गाजमिनको थाउलो खन्ने, खोस्रने काम; खनखान; खनजो।
19036 खन्चा ना. धातु आदिका वस्तुमा प्वाल पार्ने साधन, पन्चिङ गर्ने एक प्रकारको सामान।
19037 खचुरो वि. १. जतिखेर भेट्टाए पनि वा बेला न कुबेला चुभुरभुर खाइरहने।
19038 खचुरो वि. २. धेरै खाने; खन्चुवा।
19039 खन्चुवा वि. धेरै खाने स्वभावको; खाइरहन खोज्ने; खन्चुरो।
19040 खन्चुवी धेरै खाने वा खाइरहन खोज्ने स्वभावकी (स्त्री)।
19041 खन्जर ना. फलामबाट बनेको काट्ने हतियार; छुरी; कटारी।
19042 खन्जो वि. खोरन्डो, लङ्गडो।
19043 खन्डखाद्दे खण्डखाद्य।
19044 खन्डिनु अ.क्रि. टुक्रा टुक्रा हुनु; खण्ड खण्ड हुनु, टुक्रिनु।
19045 खन्ड्याइ ना. खन्डिने वा खन्ड्याउने काम वा प्रक्रिया।
19046 खन्ड्याइनु क.क्रि. खण्ड खण्ड पारिनु; टुक्र्याइनु।
19047 खन्ड्याउनु प्रे.क्रि. खन्डिने पार्नु टुक्र्याउनु।
19048 खन्डी ना. १. खण्ड खण्ड पारिएको पञ्चपालाजस्तो थाल; खण्डेथाल।
19049 खन्डी ना. २. सानो खण्ड, टुक्रा वा भागलाई बुझाउने र सङ्ख्यावाची शब्दमा पछिल्तिर गाँसिने शब्द (जस्तै- त्रिखण्डी, चौखण्डी)।
19050 खन्डे वि. १. खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।