Dictionary

All Word

18601 क्षुण्ण वि. १. टुक्रा पारिएको वा टुक्रयाइएको।
18602 क्षुण्ण वि. २. टुटफुट भएको वा बिग्रेको खण्डि।
18603 क्षुण्ण वि. ३. खँदिएको।
18604 क्षुण्ण वि. ४. राम्ररी विचार गरिएको।
18605 क्षुद्र वि. १. नीच वा अधम प्रवृत्तिको तुच्छ विचारको; जाबो।
18606 क्षुद्र वि. २. अल्प, सानो।
18607 क्षुद्र वि. ३. दरिद्र, निर्धन।
18608 क्षुद्र वि. ४. कृपण, कन्जुस।
18609 क्षुद्रघण्टिका ना. आभूषणका रूपमा पहिरिने ससाना घण्टी, चाँप, घुंगरु।
18610 क्षुद्रता ना. क्षुद्र हुनाको भाव वा अवस्था, नीच व्यक्तिमा रहने अवगुण, नीचता, तुच्छता।
18611 क्षुद्रधान्य ना. कोदो, कुअन्न।
18612 क्षुधा ना. १. खाने इच्छा, भोक, छुद्दे।
18613 क्षुधा ना. २. कुनै कुरा पाउने चाहना, तृष्णा।
18614 क्षुधातुर वि. साह्रै भोकाएको, भोकले आत्तिएको वा छटपटाएको।
18615 क्षुधित वि. साह्रै भोकाएको, भोको।
18616 क्षुब्ध वि. १. कुनै कारण वा कुराले रिसाएको, क्षोभ भएको, क्रुद्ध।
18617 क्षुब्ध वि. २. अधीर, चञ्चल।
18618 क्षुब्ध वि. ३. विह्वल, व्याकुल, दिग्दार।
18619 क्षुर ना. १. कपाल काट्ने हतियार, छुरा।
18620 क्षुर ना. २. पशुको खुर।
18621 क्षेत्र ना. १. बाली रोपिने जग्गाजमिन, खेत, भूमि, फाँट-मैदान।
18622 क्षेत्र ना. २. उत्पत्तिस्थान।
18623 क्षेत्र ना. 3. पुण्यतीर्थ धाम (कुरुक्षेत्र, वराहक्षेत्र, मुक्तिक्षेत्र इ.); पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय आदिले युक्त शरीर।
18624 क्षेत्र ना. ४. वीर्यको स्थापना गरी सन्तान उत्पन्न गर्ने रूपमा पत्नी वा स्त्री; कोख।
18625 क्षेत्र ना. ५. राजनीतिक, सामाजिक, साहित्यिक, भौगोलिक आदि विचारले वा त्यस्तो कुनै कामविशेषका निम्ति निर्धारित स्थल।
18626 क्षेत्र ना. ६. पुरातात्त्विक वस्तु प्राप्त गर्ने उद्देश्यले उत्खनन वा अन्वेषण गरिने ठाउँ।
18627 क्षेत्र ना. ७. नेपालका पाँच खण्डमा विभाजित विकासक्षेत्र (पूर्वाञ्चल विकासक्षेत्र, मध्यमाञ्चल विकासक्षेत्र, पश्चिमाञ्चल विकासक्षेत्र, मध्य पश्चिमाञ्चल विकासक्षेत्र र सुदूर पश्चिमाञ्चल विकासक्षेत्र)।
18628 क्षेत्रज्ञ ना. १. क्षेत्र वा शरीरको अधिष्ठाता, जीवात्मा परमात्मा।
18629 क्षेत्रज्ञ ना. २. किसान खेतीवाल।
18630 क्षेत्रज्ञ ना. ३. शरीरशास्त्रका विज्ञाता।
18631 क्षेत्रपति ना. जमिनको मालिक; जग्गाधनी।
18632 क्षेत्रपाल ना. १ खेतमा लगाएको बाली कुर्ने व्यक्ति।
18633 क्षेत्रपाल ना. २. स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव द्वारपाल); भूमे।
18634 क्षेत्रफल ना. कुनै जमिनको लमाइ र चौडाइको गुणाबाट निक्लने वर्गात्मक अङ्क वा परिमाण।
18635 क्षेत्रमिति ना. रेखाहरूको लमाइ, धरातलको क्षेत्रफल र ठोस वस्तुको घनफल निकाल्ने नियमविवरण भएको गणितको एक शाखा।
18636 क्षेत्रसन्न्यास ना. कुनै क्षेत्रको सीमा काटेर बाहिरफेर नजाने व्रत वा सङ्कल्प।
18637 क्षेत्राधिकार ना. १. कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार।
18638 क्षेत्राधिकार ना. २. कुनै खास क्षेत्रसम्बन्धी कामको अख्तियार।
18639 क्षेत्रीय वि. १. खेतको वा खेतसम्बन्धी, खेतमा उब्जेको।
18640 क्षेत्रीय वि. २. खेत भएको खेतीवाल।
18641 क्षेत्रीय वि. 3. क्षेत्रसम्बन्धी; स्थानीय (क्षेत्रीय कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय आदि)।
18642 क्षेत्रीय कार्य ना. कुनै कार्य वा अनुसन्धान गरिने विषयमा क्षेत्रमा गएर गरिने काम।
18643 क्षेत्रीय पुस्तिका ना. कुनै तोकिएको क्षेत्र वा त्यस क्षेत्रभित्र भएका जग्गाजमिन आदिको तथ्याङ्क, विवरण आदि लेखेर राख्ने पुस्तिका (फिल्डबुक)।
18644 क्षेत्रीय प्रभुत्ववाद ना. ठुलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आफ्नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य, विचार वा सिद्धान्।
18645 क्षेत्रीय विकास ना. क्षेत्रविशेषमा हुने वा गरिने विकास।
18646 क्षेत्रीय वितरण ना. कुनै निश्चित क्षेत्रका आधारमा गरिने वा अनुसार हुने वितरण ( रकम, अन्न, सहुलियत आदि)।
18647 क्षेत्रोपवास ना. किरियापुत्रीले कोरा पसेका दिन गरिने उपवास, छेत्रवास।
18648 क्षेपक वि. १. फ्याँक्ने वा मिल्काउने।
18649 क्षेपक वि. २. हुत्त्याउने, उल्झने।
18650 क्षेपक वि. ३. नाउ खियाउने; कर्णधार।