Dictionary

All Word

18201 कौतुक ना. ३. विवाहमा मङ्गलमन्त्र पढी विधिपूर्वक बनाइने कपडाको गाँठो, लगनगाँठो।
18202 कौतुकागार/ कौतुकालय ना. १. ऐतिहासिक वा सांस्कृति महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय, म्युजियम, अजायबघर।
18203 कौतुकागार/ कौतुकालय ना. २. बिहाका दिनमा दुलहीलाई सिंगारपटार गर्ने र कपडा पहिराउने कोठो।
18204 कौतुकागार/ कौतुकालय ना. ३. कन्यादान गर्ने ठाउँ।
18205 कौतुकागार/ कौतुकालय ना. ४. मनोरञ्जन गर्ने ठाउँ वा घर।
18206 कौतुकी वि. १. कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको।
18207 कौतुकी वि. २. वैवाहिक सम्बन्ध मिलाउने, लमीको काम गर्ने।
18208 कौतुकी वि. ३. खेलतमासा देखाउने; चटके, जादुगर।
18209 कौतूहल ना. १. ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने )।
18210 कौतूहल ना. २. योगीसन्न्यासीहरूले काँधमा भिर्ने कपडा।
18211 कौपीनधारी ना. कौपीन धारण गर्ने वा लगाउने (व्यक्ति)।
18212 कौबेरी ना. १. उत्तर दिशा।
18213 कौबेरी ना. २. कुबेरको शक्ति।
18214 कौमार ना. १. कुमार हुनाको भाव, गुण वा अवस्था, कुमारमा रहने कुरा, कौमार्य।
18215 कौमार ना. २. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर।
18216 कौमार व्रत ना. आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत, जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत वा प्रतिज्ञा।
18217 कौमार्य ना. १. बालकपन वा युवावस्था, कौमार।
18218 कौमार्य ना. २. पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व, कुमारीत्व।
18219 कौमुदी ना. १. चन्द्रमाको किरण, ज्योत्स्ना।
18220 कौमुदी ना. २. कार्तिक शुक्लपक्षको पूर्णिमा।
18221 कौमुदी ना. ३. पाणिनि व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्।
18222 कौमोदकी ना. विष्णुका चार हातमा रहने शङ्ख, चक्र, गदा, पद्ममध्ये गदा, विष्णुको गदा।
18223 कौरव ना. १. कुरु नामका पौराणिक राजाको वंशमा जन्मेका सन्तति।
18224 कौरव ना. २. कुरुवंशी राजा धृतराष्ट्रका छोरा (दुर्योधन आदि)।
18225 कौरा ना. एक लहर लोग्नेमान्छे र एक लहर स्वास्नीमान्छे उभिई डम्फु र खैँजडी बजाएको तालमा नाचगान गरिने एक प्राचीन नृत्य, कडुवा, करुवा।
18226 कौरो ना. किरियापुत्रीहरू बस्ने ठाउँ, हे. कोरो।
18227 कौरो ढिकुरो ना. १. मरेको दश दिनसम्म मृतकलाई पिण्डपानी दिन जलाशयनजिकै बनाइएको वेदी, ढिकुरो।
18228 कौरो ढिकुरो ना. २. कौरो र ढिकुरो गर्ने काम।
18229 कौल ना. हे. कउल।
18230 कौल ना. घोडाका काठीको अघिल्लो भागमा दायाँबायाँ दुवैतिर पर्ने गरी अड्याइने ब्यागजस्तो वस्तु।
18231 कौल ना. वाममार्गी समुदायको शाक्त मतमा विश्वास गर्ने व्यक्ति वा त्यस्तो सम्प्रदाय।
18232 कौल करार ना. कुनै विषयमा कबुल गरिने वा पुयाइने करार, सर्तनामा।
18233 कौलटेय ना. व्यावसायिक रूपमा वेश्यावृत्ति गर्ने नारीको छोरो, वेश्यापुत्र, कुलटाको सन्तान।
18234 कौलतड ना. घोडाको काठीमा कौल कस्ने छालाको पेटी।
18235 कौलास्नु स. क्रि. १. कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु, हकार्नु, गुहार्नु।
18236 कौलास्नु स. क्रि. अ.क्रि. २. आत्तिएर कराउनु, चिच्च्याउनु।
18237 कौलासा ना. कौलास्ने काम वा प्रक्रिया।
18238 कौलासिनु क.क्रि. कौलास्ने काम गरिनु।
18239 कौलासो ना. [?] आपद्को समयमा गुहार माग्दा वा टाढैबाट कसैलाई पुकार्दा ठुलो स्वरले कराउने काम ठुलो स्वरको हकाराइ, बोलाइ वा चिच्याहट।
18240 कौली ना. उज्यालो राम्रो नहुँदैको समय, सबेर, बिहान सखारै।
18241 कौलो ना. खेतको सानो गरो; गोरु नलाग्ने फगटो।
18242 कौवा ना. १. समाचार कहन्छ भन्ने लोकधारणा भएको एक चरो; काग।
18243 कौवा ठोरी ना. कागका चुच्चाजस्तो सेता र निला रङका फूल फुल्ने एक जातको बनैयाँ लहरो।
18244 कौवा फल ना. भुइँकारमा हुने र काफलका जस्ता दाना लाग्ने फल, भुइँकाफल।
18245 कौवाली ना. [अ. कवाल = एक किसिमको बाँसुरी] १. मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गी।
18246 कौवाली ना. २. त्यस्ता गीतका धुन वा ती धुनमा गाइने गी।
18247 कौवाली ना. ३. उपर्युक्त प्रकारका गीत गाउनेको पेसा।
18248 कौवे ना. खोलामा पाइने एक जातको माछो।
18249 कौशल ना. कुनै पनि विषय वा काममा हुने योग्यता वा युक्तिपूर्वकको शिल्पदक्षता, कुशल वा सिपालु हुनाको भाव वा स्थिति, सिप, चातुर्य, प्रवीणता, कुशलता।
18250 कौशिक ना. १. कुशिक ऋषिको वंशपरम्परा वा गोत्र।