Dictionary

All Word

18051 खरिदारी ना. खरदारी; खर्दारी।
18052 खरिदिनु क.क्रि. खरिद गरिनु; किनिनु।
18053 खरिदी वि. खरिद गरिएको; लाग्ने मोल तिरेर लिइएको वा आफ्नो पारिएको।
18054 खरिद बिर्ता ना. बिर्तावालबाट किनिएको बिर्ता जग्गा।
18055 खरियो ना. भाँडाकुँडा बनाउँदा मिलाउने एक प्रकारको हतियार।
18056 खरी १ ना. १. ससाना खस्रा पात हुने, मसिना सेता फूल फुल्ने, मरिचका जत्रा दाना फल्ने र डाँठको बोक्रा सेतो हुने ठुलो एक रुख।
18057 खरी १ ना. २. निगालेझाँप्राको आकारका पात हुने, घोडालाई मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी।
18058 खरी २ ना. १. सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर।
18059 खरी २ ना. २. मादल, तबला आदिमा मढेका छालामा गोलाकार पारी लगाइने मसला।
18060 खरीगाँठे वि. १. सभ्य संसारको चालचलन नजानेको (व्यक्ति); असभ्य; गँवार; पाखे।
18061 खरीगाँठे वि. २. भुसतिघ्रे।
18062 खरीघसा वि. खरी घसेर वा खरीले लेखेर एक एक पैसाको हिसाब गर्ने; लेनदेन व्यवहारमा सानातिना वा मामुली कुराको पनि हिसाब गर्ने।
18063 खरीघसाइ ना. खरी घस्ने खालको काम वा चाल; एक एक दामको हरहिसाब; सानोतिनो कुराको पनि लेखोजोखो।
18064 खरीघोटाइ ना. खरी घोट्ने काम; लेनदेन व्यवहारमा एक एक पैसाको हिसाब गर्ने वा सानातिना कुराको पनि लेखोजोखो गर्ने चाल; कसिकसाइ।
18065 खरीजुको ना. रुखमा रहने खरी रङको एक जातको ठुलो को।
18066 खरीमट्टी ना. सिलोट, धुलौटो आदिमा लेख्ने सेतो र नरम खालको ढुङ्गो; खरी।
18067 खरीसाउँलो वि. गहुँगोरोभन्दा केही बढी गोरो र खाइलाग्दो (मानिस)।
18068 खरुकी ना. घोडाले मन पराएर खाने निगालेझाँप्रोजस्तो एक प्रकारको घाँस।
18069 खरुको ना. सानो र मसिनो एक जातको खर; खरी।
18070 खरुवा १ वि. आगामा बेस्करी तताएर खारेको; शुद्ध पारेको (घिउ)।
18071 खरुवा २ ना. तराईतिर बुनिने एक प्रकारको मोटो र खस्रो कपडा; रातो वा कलेजी रङको खाँडी।
18072 खरेटो ना. १. मसिना पात हुने, डाँठबाट बढार- कुँढार गर्न कुचाको काम लिइने एक जातको बुटेन।
18073 खरेटो ना. २. बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कुचो; पुयँटी।
18074 खरो वि. १. खराएको; खुब भुटिएको वा सुकेको।
18075 खरो वि. २. रुखो; बिरसिलो; कडा स्वभावको। ना.
18076 खरो वि. ३. तिर्खा; तृष्णा।
18077 खरो वि. ४. भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा।
18078 खरोष्ट्री / खरोष्ठी ना. पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि।
18079 खरौंचा ना. १. खनिउँका जातको एक झार।
18080 खरौंचा ना. २. त्यसैका डाँठबाट बनाइएको कुचो।
18081 खर्क ना. गाईबस्तुको गोठ राख्न र तिनीहरूलाई चराउनका लागि राखिएको बाँझो रैकर जग्गा।
18082 खर्कनु अ.क्रि. पशुहरू एकै ठाउँमा जम्मा भएर बस्नु; बथान मिलेर बस्नु।
18083 खर्काइ ना. खर्कने काम वा क्रिया।
18084 खर्काइनु क.क्रि. खर्कन लाइनु।
18085 खर्काउनु स.क्रि. पशुहरूलाई एकै ठाउँमा जम्मा पार्नु; बथान मिलाएर राख्नु।
18086 खर्किनु अ.क्रि. एकै ठाउँमा जम्मा भएर वा बथान मिलेर बसिनु।
18087 खर्च ना. १. कुनै काम वा वस्तुका निम्ति दिइने वा मासिने रुपियाँपैसा; व्यय।
18088 खर्च ना. २. कुनै कार्यका निम्ति उपयोग गरिने वा प्रयोगमा ल्याइने नगद रकम वा जिन्सी माल।
18089 खर्चनु स.क्रि. कुनै काम वा वस्तुका निम्ति नगद वा जिन्सी खर्च गर्नु; मास्नु; किनमेल गरेर रुपियाँपैसा सक्नु।
18090 खर्चखाता ना. खर्चको हिसाबकिताब लेखिने वा राखिने ठुलो कापी; बहीखाता।
18091 खर्चबर्च ना. १. कुनै काम वा वस्तुका निमित्त चाहिने नगदी वा जिन्सी; सामलतुमल र रुपियाँपैसा।
18092 खर्चबर्च ना. २. भइपरी आउने काममा गरिने सामान्य खर्च।
18093 खर्चरी ना. १. गाईभैँसी, भेडाबाख्रा आदिको चरनका निमित्त कर तिरी छुट्ट्याएर राखिएको जग्गा; खर्क।
18094 खर्चरी ना. २. वनपाखामा गाईभैँसी, भेडाबाखा आदि बस्तुभाउ चराउँदा लाग्ने दस्तुर वा तिरो।
18095 खर्चाइ ना. खर्च गर्ने क्रिया वा प्रक्रिया।
18096 खर्चाइनु क.क्रि. खर्च गर्न लाइनु।
18097 खर्चाउनु प्रे.क्रि. खर्च गराउनु वा खर्चन लाउनु।
18098 खर्चालु वि. आवश्यकताभन्दा बढी रुपियाँ-पैसा आदि खर्च गर्ने; धेरै खर्च गर्ने बानी भएको; खर्ची।
18099 खर्चिनु क.क्रि. खर्च गरिनु; मासिनु।
18100 खर्चिलो वि. १. चाहिनेभन्दा बेसी खर्च हुने; धेरै खर्च हुने।