Dictionary

All Word

17901 खप्की ना. कुनै काम बिगारे वा बिराएमा गरिने फट्कार; डाँटडपेट; हप्की; झँटाइ।
17902 खप्टनु स.क्रि. १. कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु; खातमाथि खात लाउनु।
17903 खप्टनु स.क्रि. २. थपथाप गर्नु; थप्नु।
17904 खप्टाइ ना. खप्टने काम वा प्रक्रिया।
17905 खप्टाइनु क.क्रि. खप्टने काम गरिनु।
17906 खप्टाउनु प्रे.क्रि. खप्टने काम गराउनु; खप्टने पार्नु।
17907 खप्टिनु क.क्रि. कुनै एक वस्तुमाथि अर्को वस्तु राखिनु; खातमाथि खात लाइनु।
17908 खप्ट्याइ ना. खप्टिने काम वा प्रक्रिया।
17909 खप्ट्याइनु क.क्रि. खप्टिने काम गरिनु।
17910 खप्ट्याउनु प्रे.क्रि. १. खप्टिने पार्नु। स.क्रि.
17911 खप्ट्याउनु प्रे.क्रि. २. एक वस्तुमाथि अर्को वस्तु राख्नु; खप्टनु।
17912 खप्टुवा वि. खप्टेको; एउटामाथि अर्को थपेको।
17913 खप्टो ना. हे. खपटो।
17914 खप्तड ना. पश्चिमी नेपालमा सेती अञ्चलअन्तर्गत डोटी जिल्लामा पर्ने एक ऐतिहासिक स्थान वा त्यसैको लेक।
17915 खप्तड निगालो ना. खैरो भुइँ भएको र त्यसमाथि कालो छिर्कामिर्का परेको, मोटो खालको तर टुप्पा मसिङग्रिँदै गएको, प्रायः खप्तडका लेकतिर पाइने प्रसिद्ध निगालो।
17916 खप्तडी ना. १. खप्तडका बासिन्दा; खप्तरी।
17917 खप्तडी ना. २. नली वा कलम बनाइने एक जातको निगालो; खप्तड निगालो।
17918 खप्तडी ना. ३. नेपालका छेत्रीहरूको एक थर।
17919 खप्तडेली ना. १. नेपाली भाषाको डोटी र डँडेलधुरा क्षेत्रमा बोलिने मध्य पच्छिमा भाषिकालाई सङ्क्षेपमा जनाउने नाउँ। वि.
17920 खप्तडेली ना. २. खप्तडसित सम्बन्धित; खप्तडको।
17921 खप्तर ना. हे. खप्तड।
17922 खप्पु क्रि.वि. नचपाईकन एकैपल्ट एकदम निल्ने वा खाने किसिमले।
17923 खप्पुखप्प क्रि.वि. लगातार खप्प पार्ने किसिमसँग।
17924 खप्पू ना. हे. खप्पु।
17925 खप्पर ना. १. टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल; खोपडी।
17926 खप्पर ना. २. जोगीहरूले भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
17927 खप्पर ना. ३. भाग्य; किस्मत।
17928 खप्पर ना. ४. नरिवल, बेल आदिको बाहिरी साह्रो बोक्रो।
17929 खप्परु ना. जोगीको भिक्षापात्र; खप्पर।
17930 खप्परे वि. १. ठुलो वा अग्लो खप्पर भएको।
17931 खप्परे वि. २. हातमा खप्पर लिएको।
17932 खप्पिस वि. हे. खपिस।
17933 खप्पू ना. केही थप भइरहेकामा फेरि थप; थपमाथिको थप; खापमाथिको खाप; खप्ट्याइ।
17934 खप्प्याइ ना. खप्प्याउने क्रिया वा प्रक्रिया।
17935 खप्प्याइनु क.क्रि. खप्याउने काम गरिनु।
17936 खप्प्याउनु स.क्रि. कुनै गिलो पदार्थ फटाफट खानु; गफल्क्याउनु।
17937 खप्लक्क क्रि.वि. कुनै कुरा एउटै गाँसमा खाने किसिम वा ढङ्गमा; कप्लक्क।
17938 खप्ल्याइ ना. खप्ल्याउने क्रिया वा प्रक्रिया।
17939 खप्ल्याइनु क.क्रि. धमाधम खाइनु; गफल्क्याइनु।
17940 खप्ल्याउनु स.क्रि. कुनै खाद्य पदार्थ धमाधम खानु; गफल्क्याउनु।
17941 खप्ल्याक्क क्रि.वि. एकै गाँसमा खाने किसिमले; खप्लक्क।
17942 खबटा ना. है. खबटो।
17943 खबटाखबटी ना. सानाठुला खबटाको समूह; सानाठुला धेरै खबटा।
17944 खबटिनु अ.क्रि. हे. खपटिनु।
17945 खबटे वि. हे. खपटे।
17946 खबटे टीको ना. विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तिजका समयमा सौभाग्य चिह्नका रूपमा निधारमा लाउने काँचको टीको; आइमाईले निधारमा लाउने खबटोजस्तो ठुलो टीको।
17947 खबटे ना. १. माटाको भाँडाको फुटेको टुक्रो; खपटो।
17948 खबटे ना. २. अन्डाको फुटेको कडा खोल वा बोक्रो।
17949 खबर ना. समाचार; हाल; वृत्तान्त; सूचना; जानकारी।
17950 खबर कागत/कागज ना. सञ्चारको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा रहेको र सर्वसाधारणलाई देशविदेशका महत्त्वपूर्ण समाचार; तात्कालिक घटना आदिको जानकारी दिनका लागि प्रकाशित हुने पत्र; समाचारपत्र।