Dictionary

All Word

17751 खण्डे थाल ना. हे. खन्डे थाल।
17752 खण्डो ना. हे. खन्डो।
17753 खत ना. १. शरीरमा लागेका चोटपटक, घाउखटिरा निको भएपछि बसेको दाग।
17754 खत ना. २. अदालतबाट कुनै अभियोगमा ठहर गरिएको कसुर; अपराध; अदालतको फैसलाअनुसार साबित भएको कसुर (उदा.- पञ्चखतमा सजाय पाएका व्यक्ति समाजबाट पनि बहिष्कृत हुन्छन्।)।
17755 खत ना. ३. दाह्री खौरँदा वा कपाल काट्दा कनसिरीका रौँको कटाइ; कलम।
17756 खतखत क्रि.वि. १. लेदो पदार्थ पकाउँदा छड्कन वा फत्कन थालेपछि आवाज आउने किसिम।
17757 खतखत क्रि.वि. २. सानो मुख भएका भाँडाबाट दही आदि बाक्लो लेदो पदार्थ खन्याउँदा आवाज आउने किसिम।
17758 खतबात ना. अदालतबाट कुनै अभियोगमा ठहर भएको कसुर; अदालतद्वारा मुद्दाबाट ठहरिएको बातकसुर।
17759 खतम ना. १. कुनै कामकुराको टुङ्ग्याइ; समाप्ति।
17760 खतम ना. २. अन्त; आखिरी।
17761 खतम ना. ३. नाश; लोप।
17762 खतम ना. ४. मृत्यु; देहावसान; मरण।
17763 खतरनाक वि. १. खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी।
17764 खतरनाक वि. २. भयङ्कर; डरलाग्दो।
17765 खतरनाक वि. ३. कुलक्षणी; अनिष्टकारक। (उदा.- खतरनाक काममा अल्झियो, टुङ्गो लाग्ने त निधै छैन)।
17766 खतरा ना. १. सम्भावित विपत्ति; डर; भय।
17767 खतरा ना. २. आशङ्का; सन्देह।
17768 खती ना. १. सँभाल्दा सँभाल्दै पनि अकार्थमा धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति।
17769 खती ना. २. नचाहिँदो खर्च; बरबादी; अपव्यय।
17770 खती ना. ३. नाश।
17771 खतीउपती ना. ऋण र धन; खति र उपती; हानि र लाभ; नाफानोक्सान।
17772 खतीपती ना. कसैलाई उसको इज्जतमान केही नराखेर भन्ने काम; इज्जत आबरु।
17773 खतुकी वि. कुनै अपराधमा अदालतबाट सजाय पाएको; खतबात लागेको; कसुरदार; दोषी; बापती; अपराधी।
17774 खतेर्नु स.क्रि. १. कुनै वस्तुको थुप्रो लाउनु; चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु।
17775 खतेर्नु स.क्रि. २. सोहोर्नु, जम्मा गर्नु।
17776 खतेराइ ना. खतेर्ने काम; चाङ लगाउने काम।
17777 खतेरिनु अ.क्रि. सोहोरिनु; एकत्र थुप्रिनु।
17778 खतेराउनु प्रे. क्रि. खतेर्न लाउनु।
17779 खत्कनु अ.क्रि. कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु; फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु।
17780 खत्काइ ना. खत्कने क्रिया वा भाव।
17781 खत्काइनु क.क्रि. खत्काउने काम गरिनु।
17782 खत्काउनु प्रे.क्रि. खत्कने पार्नु; खत्कन लाउनु।
17783 खत्किनु अ.क्रि. हे. खत्कनु।
17784 खत्क्याइनु क.क्रि. खत्किने पारिनु; छड्काइनु।
17785 खत्क्याउनु प्रे.क्रि. खतखत आवाज आउने गरी पकाउनु; छड्काउनु।
17786 खत्तिनु अ.क्रि. १. पानी आदि तरल पदार्थ एकैचोटि सबै पोखिनु; एकैपल्ट धेरै मात्रामा खनिनु।
17787 खत्तिनु अ.क्रि. २. धेरै जना एकैपल्ट आइलाग्नु; ओइरिनु।
17788 खत्त्याइ ना. खत्त्याउने प्रक्रिया वा भाव।
17789 खत्त्याइनु क.क्रि. खन्याइनु; पोखिनु।
17790 खत्त्याउनु स.क्रि. खन्याउनु; एकैचोटि सबै पोख्ने काम गर्नु; खन्याउनु; धेरै दिनु।
17791 खत्रक्क क्रि.वि. १. कुनै वस्तु केही माथिबाट तल खस्ने वा त्यसरी खस्दा आवाज आउने किसिमले।
17792 खत्रक्क क्रि.वि. २. कसैले कुनै काम बिराएमा, कुनै गल्ती गरेमा वा कुनै कुरा भन्न चाहेजस्तो नभएमा त्यस्तो लाचार, लज्जित वा निराश हुने ढङ्गमा।
17793 खत्री ना. १. पुरानो चलनअनुसार बाहुनको आफूभन्दा तल्लो जातकी केटीसँग वा छेत्रीको पानी चल्ने आफ्नोभन्दा भिन्न जातकी केटीसँगको दाम्पत्य जीवनबाट पैदा भएका सन्तान र तिनीहरूको वर्ग।
17794 खत्री ना. २. वर्णसङ्कर।
17795 खत्र्याकखुत्रुक क्रि.वि. १. सानोतिनो वस्तु चलाउँदा वा हल्लाउँदा आवाज आउने किसिमले। ना.
17796 खत्र्याकखुत्रुक क्रि.वि. २. सानोतिनो सरसामान; मालमत्ता; जेतेमेते।
17797 खत्र्याकखुत्रुक क्रि.वि. ३. सानोतिनो कामकाज; साधारण काम।
17798 खत्र्याङखुत्रुङ क्रि.वि. हे. खत्र्याकखुत्रुक।
17799 खद्दर ना. हातले काती, बुनी घरेलु तानमा तयार पारिने सुतको मोटो कपडा; खादी; खाँडी।
17800 खद्योत ना. जूनकिरी।