Dictionary

All Word

17651 खट्काउनु प्रे. क्रि. खट्कन लाउनु।
17652 खट्किनु अ.क्रि. खट्को लागिनु।
17653 खट्को ना. खट्कने काम; आपद्विपद्को आशङ्का।
17654 खट्टा ना. १. रोक्ने काम वा कुरो।
17655 खट्टा ना. २. खाँचो; हर्जा।
17656 खट्टे ना. हाँडीमा चामल भुटेको खानेकुरो। वि. खस्रो स्वभाव र ठाडो मिजासको; ठिमाहा।
17657 खट्टे धान ना. लाम्चिलो, मोटो, कुस भएको, खट्टे बनाउनका लागि प्रयोग गरिने चिनियाँ जातको एक प्रकारको धान।
17658 खट्टै ना. नभइनहुने स्थिति; साह्रै खाँचो; असाध्यै हर्जा।
17659 खट्याक्क क्रि. यो. १. काठ, झ्यालढोका आदि ठोकिँदा आवाज आउने किसिमले।
17660 खट्याक्क क्रि. यो. २. एक्कासि ठक्कर लाग्ने चालमा।
17661 खट्याक्क क्रि. यो. ३. एकदम रोकिने वा खट्कने किसिमसँग।
17662 खड ना. १. नवजात शिशुलाई लाग्ने एक प्रकारको दिसा।
17663 खड ना. २. पहरो; ठाडो भिर।
17664 खडखड क्रि. यो. १. नबिसाईकन वा लगातार; खडाखड।
17665 खडखड क्रि. यो. २. खटखट।
17666 खडखडाइ ना. खडखडाउने काम वा किसिम।
17667 खडखडाइनु अ.क्रि. खडखडाउने काम गरिनु।
17668 खडखडाउनु अ.क्रि. १. खडखड आवाज आउनु; खटखटाउनु।
17669 खडखडाउनु अ.क्रि. २. स.क्रि. खडखड पार्नु।
17670 खडखडिया ना. एक किसिमको सवारीको साधन।
17671 खडबड ना. १. परस्परमा भएको फाटो वा बाझो; मनोमालिन्य।
17672 खडबड ना. २. गडबड; खटपट।
17673 खडा वि. १. चलहल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको।
17674 खडा वि. २. प्रस्तुत; तयार।
17675 खडा वि. ३. मौजुदा; हाजिर।
17676 खडा वि. ४. सिर्जना गरिएको; निर्मित।
17677 खडाइ ना. खड़ा हुने क्रिया वा प्रक्रिया।
17678 खडाइ मोल ना. कुनै वस्तुको मनोमानी मोल; कुनै कुनै चिजबिजको लागत मूल्य र उचित मुनाफाभन्दा बढीको मोल।
17679 खडाउ ना. हे. खराउ।
17680 खडाखडी ना. १. बच्चेर खेल्ने खोपी आदि खेलमा बच्चने मानिसले उभिएर बच्चने वा हान्ने चिनु (खोपी, घेरो, कप इ.)। क्रि.वि.
17681 खडाखडी ना. २. त्यस्तो खेलमा उभिएर बच्चने वा हान्ने ढाँचाले।
17682 खडाखडी ना. ३. उभिएको उभियै; नबसीकनै।
17683 खडाखडी ना. ४. तुरुन्तातुरुन्तै; उत्तिखेरै।
17684 खडाङ्ग ना. रुद्री गर्दा शिवका छ अङ्ग तथा तिनको पूजाविधि।
17685 खडाङ्गे खडाङ्ग भएको; खडाङ्ग पूजासहितको।
17686 खडाजङ्गी ना. दुई थरीका बिच कुनै कामकुरामा भएको चर्को भनाभन; धुमधामसितको बाझाबाझ; चर्काचर्की; भनावैरी।
17687 खडायत ना. १. पुरानो समयमा शस्त्रजीवी मानिएका विशेष किसिमका छेत्रीहरूका सन्तान।
17688 खडायत ना. २. नेपालको सुदूर पश्चिमी भेग बासिन्दा छेत्रीहरूको थर।
17689 खडारस ना. अमिलोपन नहटेको गुलियो जातको फलको रस; अमिलो र गुलियो मिसिएको स्वाद।
17690 खडाहाजिर वि . आफैँ हाजिर भएको; स्वयम् उपस्थित।
17691 खडुका ना. वनका पशुपन्छीहरू समात्न थापिने एक प्रकारको खोर।
17692 खडेरी ना. खेतीपाती गर्ने वर्षायाममा वा पानी पर्नुपर्ने समयमा पानी नपरी सुक्खा लागेको अवस्था; लामो समयदेखि पानी नपरेको अवस्था; सुक्खा; अनावृष्टि।
17693 खड्कुँली ना. सानो खड्कुँलो।
17694 खड्कुँलो ना. सामान्यतया दुईतिर कडा लागेको, फराक मुख भएको, विशेष गरेर बिहाव्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठुलो भाँडो; खड्कौँलो।
17695 खड्कौँलाखड्कौँली ना. सानाठुला धेरै खड्कुँला; खड्कौँला र खड्कौँलीको समूह।
17696 खड्कौँले वि. खड्कौँलाको; खड्कौँलासम्बन्धी; खड्कौँलाजस्तो।
17697 खड्कौँले दह ना. पूजाआजा गरेर दहका छेउ गई शुभ कार्यका निम्ति खड्कौँला आदि मागेमा पाइने भन्ने किंवदन्ती भएको दह।
17698 खड्कौँलो ना. हे. खड्कुँलो।
17699 खड्केली ना. हे. खड्गेली।
17700 खड्ग ना. १. फलामबाट बनेको एक किसिमको घातक हतियार; सोझो किसिमको तरबार।