Dictionary

All Word

17801 खन्नु स.क्रि. १. कुटो, कोदालो, कोदाली आदि विभिन्न आकारका फलामे हतियारले जमिन खोस्रनु।
17802 खन्नु स.क्रि. २. बाली लगाउनका लागि खेतबारीको माटो ओल्टाइपल्टाइ गर्नु वा खुकुलो पार्नु।
17803 खन्नु स.क्रि. ३. थाहा नपाउने चालले अर्कालाई दुःख दिनु वा सताउने प्रयास गर्नु। (उदा.- उसले भित्रभित्रै तिम्रो जरोकिलो खन्न लागेको छ)।
17804 खनक वि. जग्गाजमिन खन्ने; खनजोत गर्ने।
17805 खनखन क्रि.वि. १. धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले। ना.
17806 खनखन क्रि.वि. २. कचकच; फतफत।
17807 खनखनी/ खनखन्ती क्रि.वि. धातुका रुपियाँ वा सिक्का धमाधम गन्ने गरी।
17808 खनखाँचो ना. आवश्यक पर्ने वस्तु आफूसँग नभएको बेला वा कुनै कुराको खाँचो परेको बेला; गाह्रोसाह्रो; हर्जा; खाँचो; असर्दो।
17809 खनजोत ना. हलो, कोदालो आदि साधनले जग्गाजमिन आबाद गर्ने काम; खेतबारी खन्नेजोत्ने काम; खनीखोस्री।
17810 खनाइ ना. खन्ने क्रिया वा प्रक्रिया।
17811 खनाइनु क.क्रि. खन्ने काम गराइनु।
17812 खनाउनु प्र.क्रि. खन्न लाउनु; खन्ने काम गराउनु।
17813 खनाखन क्रि.वि. धातुका रुपियाँ वा सिक्का गन्ने किसिमले; खनखन्ती।
17814 खनाति ना. आफ्नो पाँच पुस्तापछिको पुरुष सन्तति; पाँच पुस्ताको नाति; जनातिको छोरो।
17815 खनायो/खनिउँ ना. केही बाटुला र टुप्पातिर चुच्चे आकारका ठुला, बाक्ला पात हुने, फेदमा लिचीजत्रा फलका माटाबाहिर झुप्पा लाग्ने र माटाभित्र जरामा समेत फल्ने, पाकेपछि गुलियो स्वादको हुने एक किसिमको डाले घाँसको बोट वा त्यसैको फल; खन्यु; हात्तीपाइले।
17816 खनिचा ना. गोलाकार टुप्पो र धारिलो बिट हुने एक प्रकारको छिनु।
17817 खनिज वि. भूगर्भभित्र रहेको, खानीबाट निस्कने वा निकालिने; खानीमा पाइने।
17818 खनिज उत्पादन ना. खानीबाट पैदा हुने वा निस्कने वस्तु।
17819 खनिज पदार्थ ना. खानीबाट निस्कने वस्तु; खानीमा रहने वस्तु।
17820 खनिज पानी ना. खनिज तत्त्वको आधिक्य भएको पानी।
17821 खनिजविज्ञान ना. भूगर्भमा रहेको खानी पत्ता लगाउने र खानीबाट निस्कने वस्तुको विवेचना गर्ने विद्या; खनिजसम्बन्धी विज्ञान।
17822 खनिज साधन ना. खानीबाट निकालिने सामान; खानीबाट निक्लने सामग्री।
17823 खनिनु अ.क्रि. १. पानी आदि तरल पदार्थ बेसरी पोखिनु; आकाशबाट दर्केर पानी पर्नु।
17824 खनिनु अ.क्रि. २. कसैले वा केही वस्तुले ओगटेको ठाउँ खाली हुनु; रित्तिनु।
17825 खनिनु अ.क्रि. ३. कुनै वस्तु एकैपल्ट धेरै मात्रा वा सङ्ख्यामा वैरिनु; आइलाग्नु; धुरिनु।
17826 खनी वि. १. समय मिल्ने वा पाउने; फुर्सद भएको।
17827 खनी वि. २. थोरै बेर मात्र रहने; एकै छिनको; क्षणिक। ना. यो.
17828 खनी वि. ३. निम्तिको अर्थ बुझाउने पुरानो शब्द।
17829 खनीउकाली ना. एकै छिनको सुख वा उन्नति; मुतको न्यानो।
17830 खनीओराली ना. छिनभरको अवनति; अवनतिको क्षणभङ्गुरता; एकै छिनको दुःख वा अवनति। (उदा.- आफूलाई त कैले खनीउकाली, कैले खनीओराली पो भएको छ)।
17831 खनीखोस्री ना. कुटो, कोदालो आदि साधनले खेतबारी वा जग्गाजमिनको थाउलो खन्ने; खोस्रने काम; खनखान; खनजोत।
17832 खन्चा ना. धातु आदिका वस्तुमा प्वाल पार्ने साधन; पन्चिङ गर्ने एक प्रकारको सामान।
17833 खचुरो वि. १. जतिखेर भेट्टाए पनि वा बेला न कुबेला चुभुरभुर खाइरहने।
17834 खचुरो वि. २. धेरै खाने; खन्चुवा।
17835 खन्चुवा वि. धेरै खाने स्वभावको; खाइरहन खोज्ने; खन्चुरो।
17836 खन्चुवी धेरै खाने वा खाइरहन खोज्ने स्वभावकी (स्त्री)।
17837 खन्जर ना. फलामबाट बनेको काट्ने हतियार; छुरी; कटारी।
17838 खन्जो वि. खोरन्डो, लङ्गडो।
17839 खन्डखाद्दे खण्डखाद्य।
17840 खन्डिनु अ.क्रि. टुक्रा टुक्रा हुनु; खण्ड खण्ड हुनु; टुक्रिनु।
17841 खन्ड्याइ ना. खन्डिने वा खन्ड्याउने काम वा प्रक्रिया।
17842 खन्ड्याइनु क.क्रि. खण्ड खण्ड पारिनु; टुक्र्याइनु।
17843 खन्ड्याउनु प्रे.क्रि. खन्डिने पार्नु; टुक्र्याउनु।
17844 खन्डी ना. १. खण्ड खण्ड पारिएको पञ्चपालाजस्तो थाल; खण्डेथाल।
17845 खन्डी ना. २. सानो खण्ड, टुक्रा वा भागलाई बुझाउने र सङ्ख्यावाची शब्दमा पछिल्तिर गाँसिने शब्द (जस्तै- त्रिखण्डी, चौखण्डी)।
17846 खन्डे वि. १. खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।
17847 खन्डे वि. २. कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी।
17848 खन्डे थाल ना. विभिन्न व्यञ्जन राख्न मिल्ने बटुकी आकारका सानाठुला खोपिल्टा परेको थाल; खण्डी।
17849 खन्डो ना. १. खेत, बारी आदिको कुनै भाग।
17850 खन्डो ना. २. भान्छाकोठाको हाताभित्र भात खाँदा पिर्का राखेर बसी खान मिल्ने गरी बनाइएको सानोतिनो चौको।