Dictionary

All Word

17551 कृष्ण ना. ३. केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इ.।
17552 कृष्ण ना. वि. ४. कालो वर्णको; कालो; साँवलो।
17553 कृष्णक ना. १. कालो मृगको छाला, कालो मृगचर्म।
17554 कृष्णक ना. २. कालो रङको सयुं।
17555 कृष्णकली ना. एउटै आँख्लामा दुईतिरै हाँगा हाल्ने, खोर्सानीका जस्ता पात हुने र बाहिरपट्टि गुलाफी चारवटा पटल तथा भित्रपट्टि बैजनी रङका दल हुने फूलको बोट वा त्यसैको फूल।
17556 कृष्णचरित्र ना. कृष्णको जीवनी, व्यक्तित्व र कृतित्वको वर्णन भएको कथा वा उनैको चरित्रमा आधारित काव्यकृति।
17557 कृष्णजिरा १. केही बास्ना आउने कालो रङको जिरा, कालोजिरा।
17558 कृष्णजिरा २. मसिना गेडा हुने असल खालको धान वा त्यसैको चामल।
17559 कृष्णद्वैपायन ना. वेदव्यास।
17560 कृष्णपक्ष ना. पूर्णिमापछि प्रतिपदादेखि अमावस्यासम्मका पन्ध्र दिन वा तिथिको समूह, चान्द्रमासको अँध्यारो पक्ष औंसी पच्छे।
17561 कृष्ण प्रणामी ना. सच्चिदानन्द कृष्णमा अनन्य भक्ति गर्ने अहिंसावादी आध्यात्मिक सम्प्रदाय।
17562 कृष्णभोग ना. १. बास्ना आउने कालो, मसिनु एक जातको धान वा त्यसैको चामल।
17563 कृष्णभोग ना. २. एक जातको असल आँप।
17564 कृष्णयजुर्वेद ना. यजुर्वेदका दुई प्रमुख शाखा कृष्णयजुर्वेद र शुक्लयजुर्वेदमध्ये एक।
17565 कृष्णलवण ना. बिरेनुन।
17566 कृष्णलोह ना. चुम्बक।
17567 कृष्णशालि ना. कृष्णभोग धान।
17568 कृष्णसार ना. कालो पिठ्यूँ, सेतो पेट र लामा बटारिएका सिङ हुने एक जातको मृग कालो हरिण।
17569 कृष्णा ना. १. काला पात भएको तुलसी।
17570 कृष्णा ना. २. द्रौपदीको एक नाम।
17571 कृष्णा ना. ३. दक्षिण भारतको एक प्रसिद्ध नदी।
17572 कृष्णा ना. ४. कालीगण्डकी।
17573 कृष्णागरु ना. लेपमा प्रयोग गरिने एक प्रकारको बुटी।
17574 कृष्णाजिन ना. कृष्णसार मृगको छाला कालो मृगको छाला, कृष्णक।
17575 कृष्णाभिसारिका ना. अँधेरी रातमा काला लुगा लाएर नायक दिएको सङ्केतस्थलमा जाने नायिका।
17576 कृष्णाष्टमी ना. कृष्ण जन्मेको तिथि, कृष्णजयन्ती, भाद्र कृष्ण अष्टमी।
17577 कृष्य वि. खेती गर्न योग्य, आबाद गर्न लायक (जमिन)।
17578 केq सर्व. प्रश्न गर्दा वा निन्दा, वितर्क, सन्देह आदि बुझाउँदा प्रयोग गरिने शब्द, कुन (वस्तु, कुरो, काम आदि)।
17579 केq विभ. पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न, लाई, लागि।
17580 केq विभ. (उदा.- रु. ५००/- दिनुपर्ने मध्ये गएको राम रु. १५०/-, श्यामके रु. १००। आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित )।
17581 केक ना. मसला, नौनी आदि हालेर बनाइने एक किसिमको बेलाइती गुलियो रोटी।
17582 केका ना. मयूरको शब्द वा बोली।
17583 केकी ना. मयूर, मुजुर।
17584 केके जाति वि. नेक भाँति नानावली।
17585 केजाति अव्य. चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द।
17586 केजाति अव्य. (उदा.- उनले भनेको कुरो केजाति सम्झना पनि भएन)।
17587 केजी ना. किलोग्रामको छोटकरी रूप, एक हजार ग्रामको तौल।
17588 केजो ना. अग्ला पहाडतिर उम्रने, मोटो डाँठ र हाँगादार हुने, हाँगाहरू कलिलो छँदा गुलियो हुने अनि छिप्पिएपछि तितो हुने र अचार खाइने एक बोट।
17589 केटाकेटी ना. १. साना नानीहरू, बालक- बालिका; भुराभुरी।
17590 केटाकेटी ना. २. छोराछोरी, बालबच्चा।
17591 केटाकेटी ना. ३. बेउला - बेउली, वरवधू।
17592 केटाकेटी ना. ४. गैँडाका बच्चा।
17593 केटाकेटी ना. वि. ५. बुद्धि नछिप्पिएको; आलोकाँचो।
17594 केटी ना. १. सानी ठिटी, बालिका।
17595 केटी ना. २. बिहे गर्ने बेलाकी स्त्री, कन्या।
17596 केटी ना. ३. दासी, सुसारे।
17597 केटो ना. १. सानो ठिटो; बालक।
17598 केटो ना. २. बिहे गर्ने बेलाको पुरुष, कुमार।
17599 केटो ना. 3. गैँडाको बच्चो।
17600 टौली ना. १. केटाकेटी अवस्था ठिटौली।