Dictionary

All Word

17451 कृति ना. ३. परोपकारका निम्ति बनाइएका सार्वजनिक उपभोगका वस्तु (पाटी, पौवा, मन्दिर आदि)।
17452 कृति ना. ४. एक पाउमा बिस अक्षर हुने छन्दका सबै भेद।
17453 कृतित्व ना. कृतिमा हुने वा रहने गुण वा विशेषता।
17454 कृति सूची ना. कृतिहरूको नामनामेसी, रचयिता, प्रकाशनमिति आदि लेखिएको विवरण; अनुक्रमणिका।
17455 कृतिस्वाम्य ना. कुनै पुस्तक, लेख, रचना आदि फेरि प्रकाशनमा ल्याउने, बेच्ने आदि अधिकार, स्वत्वाधिकार, कपीराइट।
17456 कृती वि. १. कुनै विशिष्ट वा असल र उम्दा काम गर्ने; कृति रच्ने वा बनाउने।
17457 कृती वि. २. कुशल, निपुण।
17458 कृती वि. ३. पुण्यात्मा।
17459 कृती वि. ४. साधु।
17460 कृती वि. ५. कृतकार्य।
17461 कृती वि. ६. कृतार्।
17462 कृती वि. ७. विद्वान्।
17463 कृत्ति ना. १. हरिण, हात्ती आदिको छाला, मृगचर्म।
17464 कृत्ति ना. २. छाला, चर्म।
17465 कृत्तिका ना. १. सत्ताइस नक्षत्रमध्ये तेस्रो नक्षत्र।
17466 कृत्तिका ना. २. आकाशमा देखिने अग्निको शिखाजस्तो आकार भएको छवटा ताराको समूह; किरकिटी।
17467 कृत्तिवास ना. १. हात्ती र मृगचर्म परिधान भएका शिव; महादेव।
17468 कृत्तिवास ना. २. बङ्गला भाषामा रामायणका प्रणेता प्रसिद्ध व्यक्ति।
17469 कृत्परसर्ग ना. शब्दका पछाडि गाँसिने प्रत्ययको एक भेद, कृदन्त प्रत्यय।
17470 कृत्य ना. १. धार्मिक दृष्टि वा सदिच्छाले गरिने शास्त्रविहित आवश्यक कर्म।
17471 कृत्य ना. २. कुनै अधिकारीले आफ्नो पदअनुसार गर्नुपर्ने काम।
17472 कृत्य ना. ३. कर्तव्य कार्य; काम।
17473 कृत्य ना. वि. ४. गर्नुपर्ने; गर्न योग्य।
17474 कृत्या ना. १. आफ्नो कार्यसिद्धिका निम्ति वा अरूमाथि अनिष्ट कार्य गराउन उत्पन्न गरिने भागवत पुराणमा चर्चित एक राक्षसी।
17475 कृत्या ना. २. तन्त्रमन्त्रबाट उत्पादित शक्तिद्वारा गरिने घातक काम।
17476 कृत्या ना. ३. दुष्टा र कर्कशा स्त्री।
17477 कृत्याकृत्य वि. गर्न हुने र नहुने वा उचित र अनुचित (काम); कर्तव्याकर्तव्य।
17478 कृत्रिम वि. १. प्राकृतिक वा स्वाभाविक नभएको; बनावटी।
17479 कृत्रिम वि. २. नकली।
17480 कृत्रिम वि. ३. जाली; किर्ते।
17481 कृत्रिम अभाव ना. कुनै वस्तु वा माल हुँदाहुँदै पनि व्यापारी वर्गद्वारा सीमित स्वार्थका नम्ति नभएजस्तो पारी हराउने वा बिलाउने गरिने बनावटी स्थिति।
17482 कृत्रिम अभाव ना. (उदा.- बजारमा व्यापारीहरूद्वारा सिर्जिएको कृत्रिम अभावले खाद्यान्न वस्तुमा जनतालाई निकै मर्का परेको छ।
17483 कृत्रिम गर्भाधान ना. पिचकारीजस्तो यन्त्रको मदतले गर्भाशयमा वीर्य पुऱ्याएर पेट बोकाउने काम, कृत्रिम रूपमा गर्भधारण गराउने काम।
17484 कृत्रिम श्वास ना. फोक्साले काम गर्न छोडेको अवस्थामा रोगी, बिरामीलाई बचाउन नली वा पाइपद्वारा कृत्रिम रूपमा हालिने श्वास।
17485 कृदन्त ना. धातुमा 'कृत्' प्रत्यय गाँसिएर बनेका वा व्युत्पन्न भएका नाम, विशेषण, अव्यय आदि शब्द ( लेख् + आइ = लेखाइ, चल्+उवा = चलुवा, बस्+एर = बसेर इ.)।
17486 कृपण वि. साह्रै छुच्चो; कन्जुस, किरन्टोकी; चुइयाँ।
17487 कृपणता ना. छुच्चोपन; कन्जुस्याइँ।
17488 कृपणी वि. १. कन्जुस, कृपण।
17489 कृपणी वि. २. दुःखी, दीन।
17490 कृपया यो. कृपापूर्वक; कृपा गरेर, मेहरबानी गरी।
17491 कृपा ना. करुणापूर्वक कसैमाथि गरिने दयामाया, अनुग्रह; निगाह।
17492 कृपाकर वि. कृपा गर्ने; दयामाया गर्ने; कृपालु।
17493 कृपाकाङ्क्षी वि. नम्र स्वभावले कुनै आकाङ्क्षा गर्ने; कृपा चाहने।
17494 कृपाङ्क ना. परीक्षामा उत्तीर्णाङ्क योग पुगेर पनि एक वा दुई विषयसम्म थोरै अङ्कले अनुत्तीर्ण हुने विद्यार्थीलाई सम्बन्धित परीक्षानिकायले निर्णय गरेअनुसार थप्ने वा जोडिदिने अङ्क, थप प्राप्ताङ्क।
17495 कृपाण ना. तरबार, खड्ग; कटार।
17496 कृपाणिका ना. सानो तरबार सानो हतियार।
17497 कृपापात्र वि. १. कृपा गर्न योग्य, दयामायाको अधिकारी।
17498 कृपापात्र वि. २. कृपा पाएको; ममता गरिएको।
17499 कृपालु वि. कृपा गर्ने स्वभाव वा बानी भएको, दयामाया राख्ने कृपायुक्।
17500 कृपालुता ना. कृपालु हुनाको भाव वा अवस्था; दयालु वा मायालुपन।