Dictionary

All Word

17351 कुहेत्रो ना. १. शरीरका अङ्गहरू कुहिने एक रोग।
17352 कुहेत्रो ना. २. कुहेको चिज वा वस्तु।
17353 कुह्यान वि. १. कुहिएको; सडेको।
17354 कुह्यान वि. २. ना. कुहिएर सडेको वस्तु।
17355 कूँच ना. हे. कुँच।
17356 कुँजो वि. हे. कुँजो।
17357 कूच ना. [तु.] है. कुच।
17358 कूची ना. हे. कुची।
17359 कूचीकार ना. हे. कुचीकार।
17360 कूचो ना. हे. कुचो।
17361 कूज ना. पक्षीहरूको मिठो बोली, कूजन।
17362 कूजन ना. पक्षीहरूको मधुर स्वरको बोली, चराचुरुङ्गी एक शब्द।
17363 कूजित वि. १. बोलिएको वा भनिएको, ध्वनि।
17364 कूजित वि. २. ध्वनिपूर्ण गुँजेको।
17365 कूजित वि. ३. पक्षीहरूको मधुर स्वरले युक्।
17366 कूजित वि. ना. ४. पक्षीहरूको बोली; कूज।
17367 कूट ना. १. रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना।
17368 कूट ना. २. पहेली ; प्रहेलिका।
17369 कूट ना. ३ अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न।
17370 कूट ना. ४. पर्वतको शिखर, टाकुरो।
17371 कूट ना. ५. मन्दिर, दरबार आदिका शिखरको गजुर।
17372 कूट ना. ६. थुप्रो, रास।
17373 कूट ना. ७. लिही।
17374 कूट ना. ८ माया, छल, कपट।
17375 कूट ना. वि. . दुर्गम वा दुर्बोध।
17376 कूट ना. १० निश्चल, अडिलो।
17377 कूट ना. ११. झुटो बोल्ने, मिथ्यावादी।
17378 कूटकविता ना. व्यक्त गर्न खोजिएको अर्थलाई लुकाएर बुझ्न गाह्रो नाइएको कविता, अड्को थाप्ने कविता प्रहेलिका।
17379 कूटनीति ना. १ राष्ट्र राष्ट्रका बिचको राजनीतिक सम्बन्ध वा त्यस्तो सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति।
17380 कूटनीति ना. २. व्यक्ति व्यक्ति वा राष्ट्र राष्ट्रका बिच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति।
17381 कूटनीति ना. ३. रहस्य बुझ्न गाह्रो पर्ने र अरूलाई अलमल्याउने तथा आफू सधैँ ओबानु रहन सक्ने राजनीतिको बाठो चाल; गुप्त चाल।
17382 कूटनीति ना. ४. जसरी पनि आफ्नै अनुकूल अर्थ लाउन सकिने वचन वा शैली।
17383 कूटनीतिक वि. कूटनीतिसम्बन्धी; कूटनीति जान्ने; कूटनीतिज्ञ।
17384 कूटनीतिज्ञ कूटनीति जान्ने; कूटनीतिक।
17385 कूटपाश ना. पशुपक्षीहरूलाई अल्झाउने पासो, जाल।
17386 कूट प्रमाणपत्र ना. बनावटी प्रमाणपत्र नक्कली प्रमाणपत्र।
17387 कूट प्रश्न ना. पहेली; प्रहेलिका।
17388 कूटमान ना. घटीबढी पारिएको र कपटी नापो वा तौल भएको मानु, पाथी, ढक आदि, खोटो मानु, पाथी वा ढक।
17389 कूटमुद्रा ना. प्रचलितबाहेक बाहिरबाट अवैध रूपमा निकालिएको मुद्रा; खोटो टक; नचल्ने सिक्का।
17390 कूटयुद्ध ना. १. शत्रुलाई झुक्कलमा पारी गरिने लडाइँ; छलकपटपूर्वकको युद्ध।
17391 कूटयुद्ध ना. २. नकली युद्ध, झुटो लडाइँ।
17392 कूटयोजना ना. नराम्रो विचारले वा छलकपटपूर्वक गरिने कुनै "कामको योजना, षड्यन्त्र।
17393 कूटसाक्षी जसले साक्षी राखेको छ उसैको नहुँदो ढङ्गले बकपत्र गर्ने साक्षी झुटो साक्षी वा गवाह।
17394 कूटस्थ वि. १. माथिल्लो।
17395 कूटस्थ वि. २. नटाँसिएको, निर्लिप्।
17396 कूटस्थ वि. ३. अचल, गुप्।
17397 कूत ना. हे. कु।
17398 कूत तिरो ना. हे. कुत तिरो।
17399 कूप ना. १. कुवा, वापी।
17400 कूप ना. २. प्वाल, खाल्टो।