Dictionary

All Word

17251 कुश ना. ४. पुराणअनुसार एक द्वीपको नाउँ।
17252 कुशकण्डिका कुशद्वारा यज्ञवेदीको संस्कार गर्ने वेदमन्त्र, अग्निस्थापना गर्ने प्रारम्भिक काम।
17253 कुशग्रन्थि ना. १. कुशको ग्रन्थि।
17254 कुशग्रन्थि ना. २. कुनै कुनै कुशको जरामा पाइने विशेष प्रकारको गाँठो।
17255 कुशबिर्ता ना. राजामहाराजाहरूबाट हातमा तिलकुश लिई सबै तिरोको रकम माफ गरेर ब्राह्मणलाई दानका रूपमा बकस दिएको बिर्ता (जग्गा)।
17256 कुशल वि. १. कुश नामको हतियार चलाउन सिपालु।
17257 कुशल वि. २. कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने, निपुण, प्रवीण, दक्ष।
17258 कुशल वि. ३. चलाख, चतुरो।
17259 कुशल वि. ना. ४. सन्चो, आराम।
17260 कुशल वि. ५. शुभ, मङ्गल, भलो।
17261 कुशलक्षेम ना. कुशल, सम्पन्न तथा स्वस्थ स्थिति; सन्चोसुबिस्ता।
17262 कुशलता ना. कुशल हुनुको भाव वा अवस्था।
17263 कुशाग्र वि. कुशको टुप्पोजस्तो तिखो; अति तीक्ष्ण; साह्रै चनाखो।
17264 कुशलबुद्धि वि. अत्यन्त तीक्ष्ण बुद्धि भएको; बुद्धिमान्।
17265 कुशासन ना. १. पूजापाठ तथा शुभ कार्यहरू गर्दा बस्नका निम्ति बनाइएको कुशको आसन।
17266 कुशासन ना. २. खराब किसिमले चलाइएको वा देशमा अव्यवस्था फैलिने शासन, दुःशासन।
17267 कुशिक ना. १. विश्वामित्र ऋषिका बाजेको नाम।
17268 कुशिक ना. २. त्यसै नाममा चलेको एक प्राचीन आर्यवंश वा उक्त वंशको व्यक्ति।
17269 कुशे वि. हे. कुसे।
17270 कुशे औंसी ना. हे. कुसे औंसी।
17271 कुशेश्वर ना. नेपालको जनकपुर अञ्चलमा पर्ने दुम्जामा स्थित प्रसिद्ध एक शिवलिङ्ग।
17272 कुष्ठ ना. शरीरमा रक्तविकारबाट उत्पन्न हुने तथा छाला, नसा आदि गल्दै र सड्दै जाने एक कडा रोग; महारोग; कोर।
17273 कुष्ठी वि. कुष्ठरोग लागेको; महारोगी; कोरी।
17274 कुष्माण्ड ना. १. छिप्पिँदा फुस्रो पात हुने, तरकारी वा अचार खाइने एक लहरे फल, कुभिन्डो।
17275 कुष्माण्ड ना. २. शिवको एक गण।
17276 कुष्माण्ड नवमी ना. कात्तिक शुक्ल नवमी; त्रेतायुगादि नवमी, कुभिन्डो दान गर्ने महत्त्व बताइएको उक्त तिथिको दिन।
17277 कुसङ्ग ना. खराब वा नजाती मानिसहरूसँगको बसउठ नराम्रो सङ्ग।
17278 कुसङ्गत ना. कुसङ्ग।
17279 कुसङ्गति ना. नराम्रो सङ्गति; नजाती मानिससितको बसाउठी।
17280 कुसन ना. बस्नका निम्ति ओछ्याइने मोटो गद्दा।
17281 कुसनदार वि. त्यस्तो गद्दा भएको, कुसनका ढाँचाको।
17282 कुसमय ना. १. उपयुक्त नभएको, स्थिति बिग्रेको वा नराम्रो समय, कुबेला।
17283 कुसमय ना. २. अनुकूल नभएको समय, बेमौका।
17284 कुसमय ना. ३. कुनै शुभ कार्यका निम्ति निषेध गरिएको समय; कुसाइ।
17285 कुसमय ना. ४. दुःखकष्टको बेला।
17286 कुसरक्पा ना. १. च्याब्रुङ नाचमा गाइने मङ्गलाचरण र त्यस्तो गीतसहितको नाच।
17287 कुसरक्पा ना. २. वीर रसयुक्त गी।
17288 कुसाइत ना. लच्छिन नभएको वा नराम्रो साइत, कुसमय।
17289 कुसाउरो ना. मास, मस्याङ, भटमास आदि चुटेर गेडा छुट्याई बचेका खोस्टे कोसा, पात, फिक्रा आदि वस्तु, कुसौरो।
17290 कुसाकठी ना. चिउरा कुट्ता घान लाउने काठ, बाँस आदिको दाबिलो जस्तै साधन।
17291 कुसाख वि. १. असल साख नभएको।
17292 कुसाख वि. २. बिरानो, नातासाइनु राम्रो नपर्ने।
17293 कुसाख वि. (उदा.- सुग्रीव् हो कति साख् म हूँ कति कुसाख हा दैव क्या मन् दियौ ! - भानुभक्त)।
17294 कुसुन्डो ना. १. काठमाडौँको पश्चिम-दक्षिणको जङ्गली भेगमा बस्ने अचेल खिइँदै गएको घुमन्ता एक जाति।
17295 कुसुन्डो ना. वि. २. असभ्य।
17296 कुसुन्डो ना. ३. धुस्रोफुस्रो र नाङ्गो - भुतुङ्गो।
17297 कुसुन्डो ना. स्त्री. कुसुन्डी।
17298 कुसुम ना. १. फूल, पुष्प।
17299 कुसुम ना. २. रजस्वला हुँदा निस्कने स्त्रीको रज।
17300 कुसुम ना. ३. ससानो वाक्यमा लेखिएको गद्य।