Dictionary

All Word

17151 क्रमश: अव्य. १. पालैपालो गरेर; क्रमैसित; रोलैसँग।
17152 क्रमश: अव्य. २. बिस्तारै बिस्तारै; अलि अलि गरेर।
17153 क्रमसङ्ख्या ना. नाम, विषय आदिको क्रम देखाउन एकपछि अर्को पालैसित राखिएको अङ्क वा सङ्ख्या; सिलसिलेवार नम्बर।
17154 क्रमागत वि. १. क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको।
17155 क्रमागत वि. २. पितापुर्खाका पालादेखि चलिआएको; परम्परागत।
17156 क्रमाङ्क ना. १. क्रमसङ्ख्या; सिलसिलेवार नम्बर।
17157 क्रमाङ्क ना. २. परीक्षार्थीहरूको रजिस्टरमा दर्ता भएको नम्बर; रोल नम्बर।
17158 क्रमाङ्कन ना. १. कुनै विषयलाई क्रम वा सिलसिलाअनुसार सङ्ख्यामा बाँध्ने काम।
17159 क्रमाङ्कन ना. २. कार्यालय आदिको रजिस्टरमा अकारादि क्रम मिलाई वा नमिलाई कुनै विषय वा कुरो सङ्ख्या दिएर लेख्ने काम।
17160 क्रमानुसार अव्य. क्रममुताबिक; रोलबमोजिम; क्रमशः।
17161 क्रमिक वि. १. क्रमैसँग वा पालैसित आएको; क्रमागत।
17162 क्रमिक वि. २. सिलसिला मिलेको; क्रम भएको।
17163 क्रमिक वि. ३. बिस्तार बिस्तार; अलि अलि।
17164 क्रय ना. नगद व्यवहार गरी कुनै मालसामान लिएर आफ्नो अधिकारमा पार्ने काम; किन्ने काम; खरिद।
17165 क्रयविक्रय ना. १. खरिदबिक्री; किनबेच।
17166 क्रयविक्रय ना. २. हानिनोक्सानी; मर्का।
17167 क्रयशक्ति ना. १. अत्यावश्यक उपभोग्य पदार्थ किन्ने क्षमता वा सामर्थ्य।
17168 क्रयशक्ति ना. २. अर्थशास्त्रमा जनताको आर्थिक स्तरको मापन गर्दा प्रयोग हुने शब्द।
17169 क्राइस्ट ना. इसाई धर्मका प्रवर्तक एक प्रसिद्ध महात्मा; इसा।
17170 क्राउन ना. बिस इन्च लामो र पन्ध्र इन्च चौडा भएको कागतको नापो।
17171 क्रान्त वि. १. आफ्नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको।
17172 क्रान्त वि. २. आक्रमण गरिएको; थिचिएको।
17173 क्रान्तदर्शी वि. १. विलक्षण बुद्धि भएको; सर्वज्ञ।
17174 क्रान्तदर्शी वि. २. युगानुकूल व्यवहार गर्ने; परिवर्तनका गतिमा कुशल।
17175 क्रान्ति ना. १. कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप; विद्रोह।
17176 क्रान्ति ना. २. त्यसरी भएको ठुलो परिवर्तन वा उल्टापाल्टी; हेरफेर; अदलाबदली।
17177 क्रान्ति ना. ३. अगाडि लम्कने वा विजय पाउने क्रिया, गति वा चाल।
17178 क्रान्तिकारिता ना. क्रान्तिको भाव वा क्रिया; परिवर्तन ल्याइने कामकुराको गतिमयता।
17179 क्रान्तिकारी वि. प्रचलित शासनव्यवस्था, परम्परा, सामाजिक स्थिति आदिमा परिवर्तन ल्याउन चाहने; त्यस प्रकार फेरबदल गर्ने; विद्रोही।
17180 क्रान्तिमण्डल ना. पृथ्वीबाट देखिने सूर्यको गतिपथ; क्रान्तिवृत्त।
17181 क्रान्तिवाद ना. भइरहेको स्थितिमा क्रान्ति वा आमूल परिवर्तन गर्ने राजनीतिक सिद्धान्त।
17182 क्रान्तिवादी वि. क्रान्ति वा आमूल परिवर्तनको सिद्धान्तलाई मान्ने वा त्यसको अनुयायी।
17183 क्रान्तिवृत्त ना. क्रान्तिमण्डल।
17184 क्रिकेट ना. दाबिलाका छाँटको लट्ठीले सानो बललाई हानेर रन बनाउन प्रतिस्पर्धा गरिने एक खेल।
17185 क्रिम ना. १. अनुहारको छाला मुलायम पार्ने वा मुख सिँगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान।
17186 क्रिम ना. २. दुध वा दहीबाट झिकिने तागतिलो सारभूत वस्तु; मखन; नौनी।
17187 क्रिया ना. १. कुनै पनि काम भइरहनाको अवस्था वा भाव।
17188 क्रिया ना. २. तनमन र वचनले गरिने वा नित्य हुने कुनै पनि कार्य वा कर्म (दैनिक क्रिया, प्रातः क्रिया इ.)।
17189 क्रिया ना. ३. कुनै पनि काम गर्ने चेष्टा, ढङ्ग वा विधि (लेखनक्रिया, शोधनक्रिया इ.); प्रयत्न।
17190 क्रिया ना. ४. कुनै पनि क्षेत्रका रूप अथवा तीसित सम्बन्धित नियमअनुसार हुने काम ( व्यावहारिक क्रिया, शल्यक्रिया इ.)।
17191 क्रिया ना. ५. व्याकरणमा कार्यव्यापार जनाउने वा कुनै कार्य, घटना आदि हुनु-गरिनुको वाचक शब्द।
17192 क्रिया ना. ६. मृतकको अन्त्येष्टि कर्म; किरिया।
17193 क्रियाकर्म ना. मृतकको अन्त्येष्टि कर्म; काज-किरिया।
17194 क्रियाकलाप ना. कुनै क्षेत्र वा समयमा हुने कामको गतिविधि।
17195 क्रियाखर्च ना. काजकिरियामा लागेको खर्च; काज-किरियाका लागि सरकारी तह वा अन्यत्र कतैबाट दिइने त्यस्तो खर्च।
17196 क्रियाचतुर ना. १. शृङ्गार रसको आलम्बन बनेको, अनेक कौशल वा छलछामबाटै काम पट्याउने नायक। वि.
17197 क्रियाचतुर ना. २. काममा सिपालु; कार्यदक्ष।
17198 क्रियात्मक वि. १. कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको; कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक।
17199 क्रियात्मक वि. २. क्रिया वा कार्यका रूपमा आएको वा गरिएको।
17200 क्रियात्मकता ना. क्रियात्मक हुनाको भाव वा स्थिति।