Dictionary

All Word

17051 कौल २ ना. घोडाका काठीको अघिल्लो भागमा दायाँबायाँ दुवैतिर पर्ने गरी अड्याइने ब्यागजस्तो वस्तु।
17052 कौल ३ ना. वाममार्गी समुदायको शाक्त मतमा विश्वास गर्ने व्यक्ति वा त्यस्तो सम्प्रदाय।
17053 कौल करार ना. कुनै विषयमा कबुल गरिने वा पुऱ्याइने करार; सर्तनामा।
17054 कौलटेय ना. व्यावसायिक रूपमा वेश्यावृत्ति गर्ने नारीको छोरो; वेश्यापुत्र; कुलटाको सन्तान।
17055 कौलतड ना. घोडाको काठीमा कौल कस्ने छालाको पेटी।
17056 कौलास्नु स. क्रि. १. कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु। अ.क्रि.
17057 कौलास्नु स. क्रि. २. आत्तिएर कराउनु; चिच्च्याउनु।
17058 कौलासाइ ना. कौलास्ने काम वा प्रक्रिया।
17059 कौलासिनु क.क्रि. कौलास्ने काम गरिनु।
17060 कौलासो ना. आपद्को समयमा गुहार माग्दा वा टाढैबाट कसैलाई पुकार्दा ठुलो स्वरले कराउने काम; ठुलो स्वरको हकाराइ, बोलाइ वा चिच्च्याहट।
17061 कौली ना. उज्यालो राम्रो नहुँदैको समय; सबेर; बिहान; सखारै।
17062 कौलो ना. खेतको सानो गरो; गोरु नलाग्ने फगटो।
17063 कौवा ना. १. समाचार कहन्छ भन्ने लोकधारणा भएको एक चरो; काग।
17064 कौवा ठोरी ना. कागका चुच्चाजस्तो सेता र निला रङका फूल फुल्ने एक जातको बनैयाँ लहरो।
17065 कौवा फल ना. भुइँझारमा हुने र काफलका जस्ता दाना लाग्ने फल; भुइँकाफल।
17066 कौवाली ना. १. मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गीत।
17067 कौवाली ना. २. त्यस्ता गीतका धुन वा ती धुनमा गाइने गीत।
17068 कौवाली ना. ३. उपर्युक्त प्रकारका गीत गाउनेको पेसा।
17069 कौवे ना. खोलामा पाइने एक जातको माछो।
17070 कौशल ना. कुनै पनि विषय वा काममा हुने योग्यता वा युक्तिपूर्वकको शिल्पदक्षता; कुशल वा सिपालु हुनाको भाव वा स्थिति; सिप; चातुर्य; प्रवीणता; कुशलता।
17071 कौशिक ना. १. कुशिक ऋषिको वंशपरम्परा वा गोत्र।
17072 कौशिक ना. २. विश्वामित्र।।
17073 कौशिक ना. ३. इन्द्र; देवराज।
17074 कौशिक ना. ४. लाटोकोसेरो।
17075 कौशिक गोत्र ना. कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम; कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुङ्गाना, तिवारी, लुइँटेल, पुडासैनी, रघुवंशी, भँडारी, खप्तरी विष्ट, खप्तरी बुढाथोकी, खप्तरी खड्का, रायमाझी, खप्तरी बस्नेत र बानियाँहरूको गोत्र।
17076 कौशिकी ना. कोशी नदी; सप्तकोसी।
17077 कौशेय वि. १. रेसमको धागोबाट बनेको; रेसमी। ना.
17078 कौशेय वि. २. रेसम नामको किराबाट बनेको एक प्रकारको तन्तु; रेसम।
17079 कौस १ वि. रेसमको धागोबाट बनेको; रेसमी।
17080 कौस २ वि. कुशबाट निर्मित; कुशसम्बन्धी; कुशको।
17081 कौसल ना. १. नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुऱ्याई निर्णयमा पुग्न खडा गरिएको सभा वा शासकलाई शासनसम्बन्धी सरसल्लाह पुऱ्याउने त्यस्तो अड्डा।
17082 कौसल ना. २. कानुनविद्हरूको सभा; कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा।
17083 कौसल्या ना. दक्षिण कोसलकी राजकुमारी तथा उत्तर कोसलका राजा दशरथकी जेठी रानी; रामचन्द्रकी आमा।
17084 कौसी १ ना. घरका तलाहरूमा खास गरी बुइँगल तलामा घाम ताप्न वा गर्मी छल्न छाना नहाली बनाइएको खुला ठाउँ; अटाली वा बुजविशेष।
17085 कौसी २ ना. सरकारी आम्दानीखर्चको फाँटवारी हिसाबसमेत राख्ने नेपालको पुरानो सरकारिया ढुकुटी।
17086 कौसी तोसाखाना ना. एकतन्त्री जहानियाँ शासनकालसम्म कायम रहेको र विभिन्न प्रकारका व्यावसायिक ब्याङ्कहरू चल्तीमा आउनुभन्दा पहिले नै नेपालको चल धनसम्पत्ति राख्ने जिल्ला जिल्लाको र सदरको ढुकुटी अड्डा।
17087 कौस्तुभ ना. समुद्रमन्थनमा निस्केको, विष्णुको वक्षस्थलमा लाइने एक प्रसिद्ध मणि वा रत्न।
17088 क्या निपा. उदेक, खुसी, झर्को, सम्भावना, शङ्का आदि जनाउने वा कुनै कुरामा जोड दिन प्रयुक्त हुने अव्यय; के; कस्तो; कत्तिको; खुप। (उदा.- बिनसित्ति पनि क्या झमेला आइलाग्यो बा ! आज फुटबल हेर्दा क्या मजा भयो ! मैले अस्ति नै भनेको कुरो क्या, बिस् र्यौ कि कसो ? )।
17089 क्याँक्नु स. क्रि. अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु; घोक्रो समाउनु; उँधो मुन्टो पारी पिठ्यूँबाट ङ्याक्नु।
17090 क्याँकक्याँक ना. हाँस, मुजुर, सुगा आदि चरा कराउँदा निस्कने शब्द वा बोली।
17091 क्याँकिनु क.क्रि. क्याँक्ने काम गरिनु।
17092 क्याँकी ना. १. मानिस वा पशुको गलो; घोक्रो; घाँटी।
17093 क्याँकी ना. २. एक जातको चरो। वि.
17094 क्याँकी ना. ३. निम्नस्तरीय; सामान्य सुझबुझ पनि नभएको।
17095 क्याँट ना. १. कागजी मुद्रा वा नोटको बिटो; गड्डागड्डा पारिएको कागजी मुद्रा।
17096 क्याँट ना. २. मोटो रकम; पुँजी; जेथा।
17097 क्याँटवाल वि. धनी; पैसावाल।
17098 क्याउँक्याउँ ना. १. नचाहिँदो वा नहुने कुरामा पनि झर्कोलाग्दो गरी कराउने काम; कचकच।
17099 क्याउँक्याउँ ना. २. सामान्य कुरामा पनि हल्ला हुने गरी भएको खलबल; ख्याउँख्याउँ।
17100 क्याकक्याक क्रि.वि. घाँटी अँठ्‌याउँदा सास रोकिएर एकनासले शब्द निस्कने किसिमले।